लमजुङ– सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दसैं खर्च वितरण गरिएको छ। बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्न वितरण गरिएको हो।
_x000D__x000D_
रोटरी क्लब पोखरा न्यूरोड, रोटरी क्लब लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ र बालबालिका र वातावरणको क्षेत्रमा काम गर्ने बाबा फाउन्डेशन पोखराले संयुक्त रूपमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको हो।
_x000D__x000D_
आज बिहान चेपाङ बस्तीमै पुगी चेपाङका लागि दसैं खर्च स्वरुप खाद्यान्न तथा बच्चाका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। १४ परिवार चेपाङका लागि प्रतिपरिवार ७ हजार २ सय गरी १ लाखको खाद्यान्न वितरण गरिएको रोटरी क्लब लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।
_x000D__x000D_
उनका अनुसार चेपाङका लागि दुई लिटर खाद्य तेल, दुई पोका नुन, दुई केजी रातो दाल, एक किलो चिनी, एक किलो मसला, एक बोइलर कुखुरा र एक बोरा चामल वितरण गरिएको छ। चेपाङका २४ बालबच्चाका लागि स्कूल ब्याग, कापी र कलम गरी ३५ हजारको शैक्षिक सामग्री वितरण गरिएको छ।
_x000D__x000D_
ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका चेपाङ समुदायमा खाद्यान्न सहयोग पुगेपछि खुशी भएका छन्। बेँसीसहर नगरपालिका–११ चिती बरबोटमा १० घरपरिवार र दोर्दी गाउँपालिका–९ भीरकुनाम चार गरी लमजुङमा १४ परिवार चेपाङ बसोबास गर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।