नयाँ दिल्ली– भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टिल कारखानामा विस्फोट हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
_x000D__x000D_
‘प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टिल प्राधिकरण अन्तर्गतको भिलाई स्टिल उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको घटनामा ९ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्’, भारतीय प्रहरी महानिरिक्षक जिपी सिंहले बताए।
_x000D__x000D_
विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चार माध्यमले बताएका छन्।
_x000D__x000D_
स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानबिन समिति बनाएको छ। अनुसन्धान पहिले विष्फोटबारे धेरै कुरा गर्नु र कुनै निर्णयमा पुगिहाल्नु छिटो हुने भएकोले यसबारे विस्तृत कुरा छानबिन पछि आउने सिंहले बताए।
_x000D__x000D_
उक्त उद्योगमा ४ बर्ष पहिले पनि विस्फोट भएको थियो। सो घटनामा ४ श्रमिकको मृत्यु भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।