धनगढी- चार वर्षअघि यातायात मन्त्रालयले निर्णय गर्यो– लामो दुरीका सार्वजनिक यातायातका साधनमा दुई जना चालक अनिवार्य रुपमा व्यवस्था गर। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सरकारले दुई चालक राख्नेसम्बन्धी निर्देशन दिए पनि त्यो निर्णय कागजमै सीमित भएको छ।
_x000D__x000D_
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले केही दिनअघि दसैंतिहार लक्षित सवारी योजना बनाउँदै ‘प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दुरीका यात्रुबाहक रात्रिबसमा अनिवार्य रुपमा दुई जना चालकको व्यवस्था गर्ने’ निर्णय गरेको थियो। मन्त्रालयले दुई सय किलोमिटरभन्दा लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरुप काम गर्न यातायात व्यवसायीलाई आग्रह गरेको थियो।
_x000D__x000D_
तर, यातायात व्यवसायीहरु भने प्रदेश मन्त्रालयले गरेको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न चुनौती रहेको बताउँछन्।
_x000D__x000D_
सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले भने, 'गाडीको अनुपातमा सवारी चालकको संख्या कम छ। यातायात व्यवस्था कार्यालयले हेभी सवारी चालक अनुमतिपत्रको फाराम नखोलेका कारण सवारी चालक पाउने गाह्रो छ।'
_x000D__x000D_
अध्यक्ष सापकोटाका अनुसार मन्त्रालयले गरेको निर्णय सवारी सुरक्षाका लागि उपयुक्त भए पनि सरकारले सोही अनुपातमा जनशक्ति (चालक) को व्यवस्था गर्न कुनै ध्यान दिएको छैन। ‘कतिपय सवारी चालक विदेश पलायन भइसकेका छन्। नयाँ उत्पादन हुन सकेका छैन,’ अध्यक्ष सापकोटाले सरकारले यातायात व्यवसायीमाथि कमजोरी मात्रै औल्याउने, तर आफ्ना गल्तीप्रति ध्यान नदिएको गुनासो गरे।
_x000D__x000D_
सुदूरपश्चिम बस व्यवसायी समितिले धनगढीदेखि नारायणघाट, बुटवल लगायतका स्थानमा चल्ने सवारी साधनमा दुई जना चालक राखेको भए पनि सुदूरपश्चिम प्रदेशकै बझाङ, बाजुरा, दार्चुला लगायतका जिल्लामा जाने गाडीमा भने दुई जना चालक राख्न सकेको छैन।
_x000D__x000D_
कर्णाली रिभर साइड यातायात व्यवसायी समितिका अध्यक्ष धीरज शाही भने आफूहरुले लामो दुरीमा चल्ने सवारी साधनमा अनिवार्य रुपमा दुई जना चालकको व्यवस्था गरेको बताउँछन्।
_x000D__x000D_
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी श्याम खड्काले दसैंतिहारमा विद्यालयका सवारी चालक फ्रि हुने भएकाले सो समयमा उनीहरुको प्रयोग गरेर भए पनि लामो दुरीमा दुई चालक अनिवार्य राख्न निर्देशन दिइसकेको बताए। मन्त्रालयले सोही अनुसार ट्राफिकको पनि व्यवस्थापन गरिसकेको उनको भनाइ छ।
_x000D__x000D_
त्यस्तै, मन्त्रालयले गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरेको छ।
_x000D__x000D_
दसैंतिहार लक्षित गाडी थपिँदै
_x000D_यातायात समितिहरुले दसैंतिहारलाई लक्षित गरेर लामो दुरीमा चल्ने बस थप्न थालेका छन्। समितिहरुले सुदूरपश्चिम प्रदेशको धनगढीदेखि पहाडी सात जिल्ला तथा काठमाडौंदेखि धनगढी आउने यात्रुहरुको चाप अनुसार यातायात व्यवसायीहरुले गाडी थपिरहेको जनाएका छन्।
_x000D__x000D_
सुदूरपश्चिमाञ्चल बस व्यवसायी समितिका अध्यक्ष सापकोटाले दसैंतिहारका लागि काठमाडौंदेखि धनगढी आउने यात्रुहरुका लागि गाडी थप गरेका बताए। धनगढीदेखि पहाडी जिल्लामा जाने यात्रुको चाप विस्तारै बढ्ने क्रममा रहेको र सोही अनुसार गाडी थप्ने उनको भनाइ छ। उनका अनुसार बझाङमा तीन, बाजुरामा पाँच र दार्चुलाका लागि थप एक गाडी चलाइएको छ।
_x000D__x000D_
कर्णाली यातायात बस व्यवसायी समितिका अध्यक्ष शाही भने अहिले क्युमा रहेका गाडीलाई काठमाडौंबाट धनगढीसम्म चलाउने बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।