काठमाडौं- लन्डनमा क्यान्सरको उपचार गराईरहेका अभिनेता इरफान खानको निर्माण रहेको फिल्म ‘दूब् : नो बेड अफ रोजेज’लाई बंगलादेशले अस्कर अवार्ड २०१९ को प्रतिस्पर्धाका लागि छनौट गरेको छ। बंगलादेशले विदेशी भाषी फिल्म विधाका लागि फिल्मलाई छनौट गरेको हो।
_x000D__x000D_
अस्करका लागि छनौट गरिएको फिल्म कनै दिन बंगलादेशमा प्रतिबन्धित थियो। तर केही समय पछि भने फिल्मले प्रदर्शनको मौका पाएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
_x000D__x000D_
उक्त फिल्म स्वर्गीय बंगलादेशी लेखक तथा निर्देशक हुमायून् अहमदको जीवनीमा आधारित फिल्म हो। अहमदले विवाहको २७ वर्षपछि आफ्नी श्रीमतीलाई डिभोर्स दिएका थिए भने ३३ वर्ष कान्छी अभिनेत्रीसँग विवाह गरेका थिए। अहमदको जीवनमा आधारित भनिए पनि यसलाई केही सञ्चारमाध्यमले भने अहमदको जीवनीसँग नमिल्ने विश्लेषण समेत गरेका थिए।
_x000D__x000D_
अमेरिकामा हुन लागेको ९१औं ‘द अस्कर अवार्ड’ आउदो फेब्रुअरी ४ तारिखका दिन सम्पन्न हुने छ। जसका लागि नेपालबाट फिल्म ‘पञ्चायत’ छनौट गरिएको छ भने भारतबाट फिल्म ‘भ्लेज रक-स्टारस्’ले प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।