काठमाडाैं- अपराध महाशाखाको टोलीले पूर्व डिएसपी कृष्ण खड्कालाई पक्राउ गरेकाे छ। साइबर अपराधमा पक्राउ उनलाई नेपालगञ्जबाट पक्राउ गरेको एसेसपी धिरजप्रताप सिंहले बताए।
_x000D__x000D_
अंशका विषयमा भाइबुहारीसँग विवाद परेपछि बुहारीलाइ फेसबूकमा अश्लील गाली गरेकाले उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको हाे।
_x000D__x000D_
बुहारी समुना खड्काले उजुरी दिएपछि खड्का पक्राउ परेका हुन्। उनीहरुबीच विगत ५ वर्षदेखि चलेको अंशमुद्दा समाधान हुन सकेको छैन।
_x000D__x000D_
खड्कालाइ अाजै नेपालगञ्जबाट काठमाडौ ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।