काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
_x000D__x000D_
राष्ट्रियसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल (थापा)ले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराएकी हुन्। उनले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गरिन्।
_x000D__x000D_
सांसद रावलले दसैंमा राजधानीबाट घर जाने यात्रुहरुको यात्रालाई सहज हुनेगरी आवातजावतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन्।
_x000D__x000D_
सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुलाई तत्काल परिचय पत्र दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरे। उनले शारिरीक रुपमा अशक्त नागरिकहलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरु राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन पुगेकोतर्फ सरकारलाई सचेत गराए।
_x000D__x000D_
अर्की सांसद नैनकला ओझाले मोरङस्थित उर्लाबारी, कानेपोखरी, पथरी, शनिश्चरे, बेलबारीलगायतका स्थान रहेका सुकुम्बासीहरुलाई तत्काल जग्गाधनी लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।