काठमाडौं- चितुवाको र रेडपान्डाको छालासहित काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार प्रहरीले २ जना पक्राउ गरेको छ।
_x000D__x000D_
काठमाडौं महानगरपालिका-२६ म्हैंपी पुल नजिकबाट लम्जुङ बेंशीशहर नगरपालिका घर भएका २४ वर्षीय पमबहादुर तामाङलाई चितुवाको १ थान छालासहित प्रहरीले पक्राउ गरेको हो।
_x000D__x000D_
यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास रोडबाट काठमाडौं नेपालटार शेषमती बस्ने रसुवा बाँसभन्ज्याङका २८ वर्षीय भिमलाल गोलेलाई ३ थान रेडपान्डाको छालासहित पक्राउ गरेको हो।
_x000D__x000D_
उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।