पोखरा – पोखराको सृजना चोकमा रहेको एक सहकारी संस्थामा चोरी भएको छ। जनएकता सहकारीबाट ९ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
सटरको चाबी फोडेर चोरी भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र गुरुङले जानकारी दिए। ‘आइतबार बैंकमा पैसा जम्मा गर्न ढिलो भएर सहकारीमै राखिएको रहेछ, राति त्यही रकम नै चोरी भयो,’ उनले भने। अफिसमा सुरक्षा गार्ड र सीसी क्यामेरा दुबै नभएको मौकामा चोरी भएको उनले जनाए।
सहकारी नजिकै रहेको होटलका कर्मचारीले सोमबार बिहान चाबी फोडिएको देखेपछि सहकारी कर्मचारीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको नायब उपरीक्षक गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।