काठमाडाैं- सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको पनि स्पष्ट पारे। बिहिबार लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन गर्दै उनले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौती रहेको बताए।
समाजमा विद्यमान चुनौतीलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुट्न पनि युवालाई आह्वान गरे। अध्यक्ष दाहालले राजनीतिमा जति सन्तुष्टि अन्य क्षेत्रमा नभएको भन्दै त्यसमा समर्पित भएर लागि पर्न पनि पार्टीका युवा नेतालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।