काठमाडाैं- नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन कार्तिक १६,१७ र १८ मा गर्न प्रस्ताव गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संघ केन्द्रीय समितीकाे बैठकले अधिवेशनको मिति तय गरेको हो।
भाद्र २ मा कार्यकाल सकिएको वर्तमान नेतृत्वले उक्त समयसीमाभित्र महाधिवेशन आयोजना गर्न नसकेपछि मंसिर २ सम्मलाई समय दिइएको थियो।
नेबिसंघको निर्देशक समितिमा पेश गरिएको निर्वाचन कार्यतालिका अनुसार असोज पहिलो सातादेखि तल्लो तहको अधिवेशन हुने जनाइएको छ। संघका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा महाधिवेशन सम्पन्न गर्न १ हजार एक सदस्यीय आयोजक समिति बनाइएको छ।
महाधिवेसनको लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ। नेविसंघको आन्तरिक विवादले महाधिवेशन अनिश्चित बनेको थियो।
नेविसंघको विधानका अधिकांश विषयमा सहमति जुटेको बताइएको छ। उमेर हदकाे विषयमा भने विद्यार्थी नेताहरुले खुला व्यवस्था राखेका छन्। ३२ वर्षे उमेर हदमा विवाद हुँदै आएको थियो।
जिल्ला र क्याम्पस एकाईमा तीन समूहले बाँडफाँड गरी नेतृत्व लिने सहमति गरिएको छ। त्रिवि अन्तर्गतका ठूला क्यापसमा भने सहमति जुट्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।