काठमाडौं- आउँदो कात्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘दैलो’को आइटम गीत सार्वजनिक भएको छ। फिल्मको ‘लाग्यो मलाई कुतु कुतु...’ बोलको गीत सार्वजनिक भएको हो। विमल भट्टराईको शब्द तथा प्रकाश मल्लको संगीत रहेको गीतमा दुर्गा साउदले स्वर दिएका छन्।
सार्वजनिक आइटम गीतमा मोडल पवन पाठकको 'हट' नृत्य देख्न सकिन्छ। जमुनादेवी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन छ।
विमल भट्टराईको छायांकन, तारा थापाको सम्पादन रहेको फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।