धादिङ– नेपालबाट भारतमा तस्करी हुन लागेको ७ हजार केजी मरिच प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गजुरीले भारतीय नम्बरप्लेटको कन्टेनरमा लुकाएर लैजान लागिएको मरिच बरामद गरेको हो।
बेनिघाटको मझिमटारबाट सुराकीको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो। कन्टेनरमा २५ किलो दरका २ सय ८० बोरा मरिच बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले चालक मोहम्मद अन्जारलाई समेत पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको छ।
विगतमा सुपारीजस्तै अहिले नेपालबाट भारतमा मरिचको तस्करी हुन थालेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।