विराटनगर– कोशिटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी आज उदयपुरको बेलका नगरपालिका–३ मा एक व्यक्तिको मृत्यु भएको छ।
२÷३ वटाको समुहमा आएका हात्तीको आक्रमणमा घरमै सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको हो। हात्तीले सार्कीलार्इ उठाएर ५० मिटर पर लगी च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले बताए।
बिहान करिब ४ बजे घरमै सुतिरहेका सार्कीमाथि हात्तीले आक्रमण गरेका प्रहरी निरीक्षक सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।