काठमाडौं– फिल्म ‘रोमियो एण्ड मुना’ यही साउन ११ बाट प्रदर्शनको तयारीमा छ। फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा देखिँदै छन्।
फिल्म प्रदर्शनका हिसाबमा सृष्टिको यो दोस्रो फिल्म हो। यसअघि उनको अभिनय रहेको फिल्म ‘गाजलु’ प्रदर्शनमा आइसकेको छ। ‘गाजलु’मा सृष्टिको अभिनयबाट प्रभावित दर्शक तथा फिल्म विश्लेषकहरुले ‘रोमियो एण्ड मुना’बाट थप आशा राखेका छन्।
भिसा गर्ल, हाइवे, मेरो लभ स्टोरी, एक दिन एक रात, फस्ट लभ, सानो संसार लगायतका फिल्ममा अभिनय गरिसकेका विनयलाई अभिनयमा नयाँ स्वाद पस्कनसक्ने अभिनेताका रुपमा लिइन्छ। आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका विनय र दोस्रो फिल्म खेलिरहेकी सृष्टि ‘म्युजिकल लभस्टोरी बेस’को फिल्म ‘रोमियो एन्ड मुना’मा कत्तिको फिट देखिएलान् त?
फिल्ममा सेक्सपियरले जन्माएका पाश्चात्य जगतका प्रतिनिधि पात्र ‘रोमियो’को भूमिकामा देखिएका विनय र महाकवि लक्ष्मीप्रसाद देवकोटाले जन्माएका पुर्वीय नारी पात्र ‘मुना’ बनेकी सृष्टिसँग नेपाल लाईभका मनोज न्यौपानेले गरेको भिडियो अन्तर्वाता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।