काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विदेश भ्रमण स्थगित गरेका छन्। उनले जापान र सिंगापुरका लागि तय गरिएको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका हुन्।
देशमा केही दिनयता विकसित राजनीतिक परिस्थितिले सातदिने भ्रमण स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। डा गोविन्द केसीको अनसन तथा सरकार विरुद्ध पार्टीले गरेको आन्दोलन लगायतका विषयले देउवाले भ्रमण स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।