विराटनगर– सोलुखुम्बुमा खोलाले बगाएर बुधबार एक जनाको मृत्यु भएको छ।
दुधकुण्ड नगरपालिका–९ को सिसा खोलाले बगाएर वडा नम्बर १०, कोदोबारीका २६ वर्षीय रोशन मगरको मृत्यु भएको हो। सिसाबजारबाट घर फर्कने क्रममा काठको साँगुबाट चिप्लिएर मगर खोलामा खसेका थिए।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।