काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्ताक आलमको शुक्रबार निधन भएको छ। उपचारको क्रममा बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा उनको निधन भएको हो।
२०७० सालको निर्वाचनमा तत्कालिन एमाले पार्टीका उम्मेदवारका रुपमा उनले रौतहट–२ बाट चुनाव जितेका थिए। २०२२ सालमा जन्मिएका आलम प्रभावशाली मुस्लिम नेता थिए।
नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आलमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव धुम्बाराहीस्थित पार्टी कार्यालयमा शनिबार बिहान ८ देखि १० बजेसम्म राखिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।