राजविराज– चोरीको जिपसहित सिन्धुपाल्चोक र दोलखाका दुई व्यक्तिलाई सप्तरीमा प्रहरीले पक्राउ गरेको छ।
ना४च ४८२९ नम्बरको टाटा सुमोसहित सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका–७ का लाक्पा डुल शेर्पा र दोलखाको भिमेश्वर नगरपालिका–६ का २८ वर्षीय राजेश लामा पक्राउ परेका हुन्।
सवारी चेकजाँचका क्रममा जिपको नम्वर तथा कागजपत्र मेल नखाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–८ बाट जिप र संलग्न व्यक्तिलाई पक्राउ गरिएको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
पक्राउ परेको जिपसहित दुवै जनालाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।