एजेन्सी– अमेरिकी कलाकार तथा लेखक स्टिभ डिट्कोको ९० वर्षको उमेरमा निधन भएको छ।
डिट्कोलाई उनको अपार्टमेन्टमा न्युयोर्क प्रहरीले गत जून २९ मा मृत अवस्थामा भेटेको पुष्टि गरेको हलिउड रिपोर्टर डटकमले जनाएको छ।
डिट्को चर्चित कमिक बुक 'स्पाइडर म्यान' र 'डाक्टर स्ट्रेन्ज' का सह-लेखक हुन्। ती पुस्तक उनले मार्भेल कमिक्सका प्रधानसम्पादक स्टान लीसँग मिलेर लेखेका थिए।
सन् १९६१ मा प्रकाशित 'स्पाइडर म्यान' निकै चर्चित भएको थियो। त्यसको दुई वर्षपछि 'डाक्टर स्ट्रेन्ज' आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।