यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का घाइते

Nepal Live

राजविराज– सप्तरीको खडक नगरपालिका ६ स्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट वीरगन्ज जाँदै गरेको मे१ख २२८२ नम्बरको बसले स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपनी गाउँपालिका ३ का २१ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनले उपचारका लागि लहान अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका ३ का २१ वर्षीय वैजनाथ साहको विराटनरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको एसपी मुकेशकुमार सिंहले जानकारी दिए। बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार