नयाँदिल्ली- भारतका विभिन्न ठाउँमा अत्यधिक वर्षाका कारण विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।
'भारी वर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ', राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा बताए।
उनले आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिए।
घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई चार लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गरे।
भारी वर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन्।
भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत साता २७ जनाको मृत्यु भएको बताइएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।