बट्टार– नुवाकोटमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज हुने चौथो क्वार्टरफाइनल खेलमा बलियो मानिएको नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिष्पर्धा हुँदैछ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा हुने खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ। आजको विजेताले सेमिफाइनलमा पोखरासँगको भेट निश्चित गर्नेछ। यसअघि सोमबार भएको खेलमा थ्रीस्टार क्लबले मदन भण्डारी स्पोट्स एकेडेमीलाई ३—२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगीतामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेले ३ लाख रुपैयाँ नगदसहित ट्रफी पाउने नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए। प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटबल संघले संयुत्तरुपमा आयोजना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।