नेपालगन्ज– तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बाँकेको खजुरामा सोमबार सुरु भएको छ।
डि–गाँउस्थित आदर्श आधारभुत विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा घरेलु टिमले नेपालगन्ज ११ ले एपिएफलाई २–० गोलको हराएको छ। जितसँगै नेपालगञ्ज–११ सेमिफाइनलमा पुगेको छ।
नेपालगन्जका लागि विक्रमसिंह ठकुरीले ४ मिनेटमा गोल गरेका थिए। ४४ मिनेटमा बिमल रानाले अग्रता दोब्बर पारे। विक्रम खेलको म्यान अफ दि म्याच भए।
प्रतियोगितामा नेपालगन्ज–११, सशस्त्र प्रहरी, रुपन्देही–११, सरस्वती क्लब, संकटा क्लब र सुदूरपश्चिम–११ सहित ६ टीमको सहभागि छन। मंगलबार सुदूरपश्चिम–११ र सरस्वती क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।