काठमाडौं– कुमारी बैंकले ‘कुमारी महाबचत योजना’ सञ्चालनमा ल्याएको छ। उक्त योजना अन्तर्गत मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई merokirana.com बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक (नगद फिर्ता) मिल्नेछ।
बैंकको यो योजना काठमाडौं उपत्यका भित्र मात्रै लागुहुने जनाएको छ। किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा निशुल्क होम डेलिभरीको व्यवस्था गरेको जनाएको छ। merokirana.com मा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गर्न सकिने बैंकले जनाएको छ।
कुमारी बैंकले हाल ८५ वटा शाखा, ६१ वटा एटिएम तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्वारा देशभर सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।