ad

जर्मनीमा धेरै सन्तान जन्माउने अभिभावकको संख्या न्यून : जनगणना

Nepal Live

बर्लिन– जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ। 

सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा ९ हजार मात्र अर्थात् ०.१ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले बिहीबार जनाएको छ। 

पछिल्लो जनगणनामा जर्मन परिवारमा तीनदेखि चार जनासम्म बालबालिका जन्माउने प्रचलन १२ प्रतिशत परिवारमा रहेको पाइएको छ भने करिब १४ प्रतिशत परिवारमा तीन बालबालिका रहेको पाइएको छ। 

युवायुवतीले विवाह नगर्ने तर सँगसँगै बस्ने (लिभिङ टुगेदर)को प्रचलन सामान्य रहेपनि विवाह गरी तीन वा चार बालबालिका जन्माउने परिवार नै धेरै रहेको पाइएको छ। पछिल्लो समय यूरोपेली मुलुकका साथसाथै विश्वमा लिभिङ टुगेदरको प्रचलन बढेको बताइए पनि जनगणनामा यसको प्रभाव अझै न्यून नै देखिएको उक्त सरकारी तथ्याङ्कले देखाएको छ। 

सन् १९९३ मा संयुक्त राष्ट्रसंघ महासभाले घोषणा गरेको परिवारहरूको अन्तर्राष्ट्रिय दिवसमा विश्व समुदायलाई परिवारमा रहँदाको महत्वबारे प्रकाश पारिएको थियो। रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार