काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल बैंकले एकैदिन ६ वटा शाखा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापाती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) राजनसिंह भण्डारीले गरेका हुन्।
बैंकले निकट भविष्यमा नै प्यूठान, रुकुम, हुम्ला, अछाम, कैलाली र काठमाडौंमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकको सिइओ भण्डारीले जानकारी दिए।
सिटिजन्सको हाल ७४ वटा शाखा, ६९ वटा एटिएम काउन्टर, ९७ वटा शाखारहित बैंकिङ सञ्चालनमा छन्। यसले तीन लाख ३५ ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।