म्याड्रिड– स्पेनिस ला लिगाको साविक विजेता रियल म्याड्रिड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। म्याड्रिडले आतबार अवेर राति सकिएको खेलमा मालागालाई २–१ ले पराजित गरेर तेस्रो स्थानमा उक्लिएको हो। रियलका लागि इक्कोले २९ र कासेमिरोले ६३ मिनेटमा गोल गरेका थिए। मालागाका रोनालले दोस्रो हाफको तेस्रो मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
गए राति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले लेभान्टेलाई ३–० गोलले हरायो। खेलमा कोरिआले ३३, ग्रिजम्यानले ४८ र फर्नान्डो टोरेशले ७१ मिनेटमा गोल गरेका थिए। टोरेशको गोल ला लिगामा एक सयौं गोल हो।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको ८२, दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७१ र तेस्रो स्थानको रियलको ६७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।