काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड प्रयोग गरी नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्ण रुपमा बन्द हुने उल्लेख गर्दै भ्रामक सूचना सामाजिक सञ्जालमा आएको प्रति उक्त मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका पूर्वमन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक सञ्जालमा यसखाले सूचना सम्प्रेषण भएको भन्दै तत्काल हटाउन पनि मन्त्रालयले भनेको छ।
मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानुनी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुरोध गरिसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सामाजिक सञ्जामा आएको भ्रामक सूचना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।