काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापीठ कैलालीमा खाद्य तथा पोषाक वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह कार्यक्रम अन्तर्गत खाद्य तथा पोषाक वित्तरण गरेको हो।
विद्यापीठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंकको धनगढी शाखाले कुर्ता, धोती र टिसर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको हो।
बैंकले आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर तथा १४ शाखारहित बैंकिङ सेवा गरी ८० स्थानबाट सेवा प्रदान गर्दै आएको छ। बैंकको देशभर ८६ वटा एटिएम सञ्चालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।