काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई संयुक्त निर्देशन दिने तयारी गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई बैठकमा बोलाएर संयुक्त निर्देशन दिन लागेका हुन्। बैठकमा सबै मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई उपस्थित हुन निर्देशन जारी गरिएको छ।
नयाँ सरकारप्रति जनतामा धेरै अपेक्षा रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई सोही अनुसार कार्यसम्पादन गर्न निर्देशन दिन लागेका हुन्।
मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्रीले चुनावको समय गरिएको घोषणाहरुलाई कार्यान्वयनमा लैजाने तयारी थालेको बालुवाटार स्रोतले बतायो।
वर्तमान मन्त्रिपरिषद् २२ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।