काठमाडौं- कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर फिनाकल प्रविधिको पछिल्लो संस्करण ‘कोर बैंकिङ सफ्टवेयर’ (सिबीएस) सुरुवात गरेको छ।
नेपालमा फिनाकल प्रविधिको पछिल्लो संस्करणको प्रयोग गर्ने पहिलो बैंक कुमारी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले बताए। उनले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेयर खरिद गरेको जानकारी दिए।
बैंकले छिटो समयमा नै नेपालमा यस प्रविधि भित्र्याउन सफल भएको पहिलो बैंक भएको दाबी गरेको छ।
हाल फिनाकल प्रविधि सफ्टवेयर विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ। नेपालमा यो सफ्टवेयरको प्रयोग नेपालमा सन् १९९६ देखि हुँदै आएको छ। नेपालका ११ वाणिज्य बैंकले यो सफ्टवेयरको प्रयोग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।