काठमाडौं- राष्ट्रिय बिमा कम्पनी लिमिटेडले लगानीकर्तालाई लाभांश दिने भएको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको १ सय २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।
कम्पनीले निर्जीवन बिमा विभागको अर्थिक वर्ष २०६७/०६८ र २०६८/०६९ को वित्तीय विवरण स्वीकृत गरी अर्थिक वर्ष २०६८/०६९ को वित्तीय विवरणमा हाल कायम भएको चुक्ता पुँजीको उक्त परिणाममा लाभांश प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै निष्काशन गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।