दक्षिण कोरिया- गायिका जलजला परियारको उपचारका निम्ति अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले १ लाख १३ हजार ३ सय ५० रुपैयाँ हस्तान्तरण गरेको छ।
कोरियामा कार्यरत नेपालीहरुबाट संकलित रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिए।
गायिका परियारलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव परेको खबर पाएपछि मञ्चले नेपालीहरुबाट रकम संकलन गरेको थियो। संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलवासेमार्फत हस्तान्तरण गरिएको हो।
अर्घाखाँचीमा जन्मिएकी परियार नेपाली तारा सिजन ३ की प्रतिस्पर्धी हुन् भने 'बाटोमुनिको फुल २' फिल्मको ‘केही कदम तिमीसँग हिँड्न मन छ’ गीतकी गायिका हुन्।
दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी हाल त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।