काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) काठमाडौंमा ४ जनासहित थप २ सय ८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ९९ पुग्यो, २ सय ६६ जना उपचारपछि निको । (कोरोना संक्रमित २०९९ पुगे)
२) हायातको नाममा रहेको १५० रोपनी जग्गा फिर्ता गराउन तारागाउँको पत्र पर्यटन मन्त्रालयमा, भाडाको एक सय ४८ रोपनी जग्गाको उपयोग नभएकाले लिज सम्झौता खारेजीको माग । (हायातको जग्गा फिर्ता गराउन पत्र)
३) विदेशबाट आउनेहरुका लागि ‘होल्डिङ सेन्टर’ पार्टी प्यालेसलाई बनाउने सरकारको तयारी, विदेशबाट नेपाली फर्काइने प्राथमिकताका आधारहरु पनि तय, क्वारेन्टाइनको सञ्चालन, नियन्त्रण र निर्देशन सेनाले गर्ने । (‘होल्डिङ सेन्टर’ पार्टी प्यालेस)
४) इंग्लिस क्लब लिभरपुलका खेलाडीहरुद्वारा अभ्यासको दौरान रंगभेदविरुद्ध प्रदर्शन, प्रहरी हिरासतमा मृत्यु भएका अफ्रिकन–अमेरिकन नागरिक जर्ज फ्लोयडको समर्थनमा बल पु¥याउन खेजिएको सन्देश । (रंगभेदविरुद्ध खेलाडी)
५) र, हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, रचनात्मक हुन नसक्ने भए मुख बन्द राख्न ट्रम्पलाई हाउसटन प्रहरी प्रमुखको आग्रह । (ट्रम्पद्वारा सेना परिचालनको चेतावनी)