काठमाडौं- लकडाउन उल्लंघन गरेर सवारी चलाउनेहरुलाई प्रहरीले धमाधम नियन्त्रण लिन थालेको छ। केही क्षेत्रमा प्रहरी कठोर बन्दै लाठीले समेत कुटेका छन्। विश्वभर माहामारीको रुपमा फैलिएको कारोना भाइरस नेपालमा अहिलेसम्म तीन जनामा संक्रमण भइसकेको छ भने एक जना निको भएका छन्।
दुई जनाको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ। विश्वमा अहिलेसम्म यस भाइरसबाट १८ हजार ९ सय १८ जनाको मृत्य भएको छ। ४२ लाख ३ हजार १ सय २१ ज्ना संक्रमित भएका छन् भने १० लाख ८ हजार १ सय ५५ जना निको भइसकेका छन्।
संक्रमणको जोखिम बढेपछि सरकारले मंगलबारबाट एक साताका लागि लकडाउनको घोषणा गरेको थियो। अतिआवश्यक काम बाहेकको अवस्थामा घरमै बस्न भने पनि केही विना काम घरबाट बाहिर हिड्न थालेपछि उर्लाबारीमा प्रहरीले लाठी कार्वाही गरेको थियो :