• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'म देश छोडेर भाग्ने मान्छे होइन, संसदमा आउँछु' (अडियो वार्ता)

64x64
नेपाल लाइभ बिहीबार, पुस ६, २०७४  ०६:१४
1140x725

कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित रेशम चौधरीले विजय जुलुुस पनि निकाल्न पाएका छैनन्। कारण हो, दुई वर्षअघि ७ प्रहरी र एक बालकको ज्यान जानेगरी टीकापुरमा भएको हत्याकाण्ड। प्रहरीले उनलाई घटनाको मुख्य अभियुक्त बनाएर खोजिरहेको छ। हाल भारतमा रहेका उनीसँग सरोजराज अधिकारीले गरेको टेलिफोन कुराकानीः  

तपाईंलाई टीकापुर घटनाको मुख्य आरोपीको रुपमा राज्यले चित्रण गर्दै आएको छ। यसबारे के भन्नुहुन्छ?

टीकापुर घटनाको सन्दर्भमा जुन आरोप हामीलाई लगाइयो, मलाई लगाइयो, त्यो के कति कारणले, कसरी लगाइयो भन्ने कुरा चाहिँ बुझिएन। तर, यसप्रति राज्य एकदमै गैरजिम्मेवार भयो जस्तो लाग्छ। किनभने टीकापुरमा घटना घटिरहँदा लक्ष्मण थारुजी दाङमा हुनुहुन्थ्यो। म बर्दियामा थिएँ। नाहुरामजी सिडियो सापसँग हुनुहुन्थ्यो। प्रेम जिल्ला प्रशासन कार्यालयमा, धनीराम काठमाडौं हुनुहुन्थ्यो। हचुवाको भरमा उदाइरहेको र एउटा स्थानीय नेतृत्व गरिरहेको मान्छेलाई के–कति कारणले मुद्दा लगाइयो भन्ने कुरा चाहिँ बुझ्न सकेको छैन। मलाई थाहासम्म भयो। 

म त्यसै देश छोडिहाल्ने मान्छे होइन। त्यो बेलामा खेतखेतमा, टोलटोलमा जहाँ भेट्टायो त्यहाँ गोली ठोकिदिने, जसले मारिदिए पनि पुरस्कार दिने भन्ने हल्लाहरु फिँजाइयो। हामी स्थानीय स्तरमा पनि र राष्ट्रिय स्तरमा पनि चर्चित भएको नाताले मलाई तपाईं जानुपर्छ, जोगिनुपर्छ भन्ने निकै ठूलो दबाब आइसकेपछि मैले पनि ठीकै छ, म बसेर सामाजिक सद्भाव खलबलिन्छ र म बाहिर गएर सामाजिक सद्भाव बन्ने वातावरण बन्छ भने म बाहिर जानु नै ठीक भनेर निर्वासित भएँ। निर्वासित भइसकेपछि एक हप्तामा मिल्ला, दुई हप्तामा मिल्ला, एक महिनामा मिल्ला भन्दाभन्दै आज अढाइ वर्ष भयो। हामीले अढाइ वर्षसम्म निकै प्रतीक्षा गर्‍यौं। देशमा चार–चार वटा सरकार परिवर्तन भए। तीन ठूला दलका शीर्षस्थ नेताहरु प्रधानमन्त्री भए। कांग्रेसका सुशील कोइरालादेखि शेरबहादुरसम्म, एमालेका केपी ओली, माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभयो। तर, टीकापुर घटनालाई राजनीतिक रुपमा सुरक्षित अवतरण गर्नेतर्फ कतै सोचिएन। त्यस कारणले अब जनताको बीचमा जानुपर्छ र जनमतबाट आफू स्थापित हुनुपर्छ, जनतालाई नै निर्णयको अधिकार दिनुपर्छ, जनअदालतले नै फैसला गर्छ भन्ने हेतु सम्झेर निर्वाचनमा भाग लिइयो। 

निर्वाचनकै सन्दर्भमा कुरा गर्दा तपाईं भूमिगत अवस्थामै रहेर पनि चुनाव जित्नुभयो। यसलाई कसरी परिभाषित गर्नुहुन्छ?

एउटा कुरा के बुझ्नुस् भने, टीकापुर घटना त घट्यो। तर, टीकापुर घटना घटिसकेपछि जुन दमन भयो, त्यो दमनलाई मिडियामा बाहिर ल्याइएन। त्यो दमन कस्तो बर्बरतापूर्वक भयो भने, म अफ्रिकातिर पनि घुमेको छु, निकै बर्बरतापूर्वक दमन भयो। घरमा गयो, हरेक गाउँका गाउँ मान्छे छैन। तपाईं अनुमान गर्नुहुन्छ, लगभग ५०÷६० हजार मानिस गाउँ छाडेर, घर छाडेर भागेका थिए। मिडिया त्यतिबेला यति नकारात्मक भयो कि यो समाचारलाई बाहिर ल्याउनै चाहेनन्। प्रहरी मरेको समाचार मात्रै, थारुहरु आतंककारी हुन् मात्रै, थारुहरुले प्रहरीलाई जिउँदै जलाए मात्रै, भन्नेखालका समाचारहरु मात्रै आए। भदौ ७ गते पछाडिको जुन दमन थियो, त्यो दमनबाट हरेक मान्छे, मेरो बुवाले पनि जो सामाजिक सेवामा लाग्नुहुन्छ, उहाँहरु समेत डेढ–दुई महिना घरमा जानुभएन। घरमा जाने वातावरण भएन।

तर, जुन घटना भयो। एक जना बालक अनि सात जना सुरक्षाकर्मीहरुको हत्या भयो। त्यो घटना त दुःखद भयो नि, होइन?

Ncell 2
Ncell 2
nimb
nimb

घटना निकै दुःखद हो। हामीले घटना सुखद भनेकै छैनौं। टीकापुरको घटना आफैंमा पनि दुर्भाग्यपूर्ण घटना हो। नघट्नुपर्थ्यो; घट्यो। तर, त्यो घटना कसरी घट्यो भन्ने कुरा पनि राज्यले छानबिनबाट प्रस्ट पारिदिनुपर्छ नि त! एउटा पक्ष नारा लगाउँदै, आफ्ना माग माग्दै बजार परिक्रमा गर्ने पक्षमा थियो भने अर्को पक्ष उनीहरुलाई अवरोध गर्ने पक्षमा थियो। त्यसपछि अचानक गोली चल्यो। गोली चलिसकेपछि एक–आपसका भिडन्त भयो, राजनीतिक भिडन्त त हो त्यो एक किसिमले। एउटाले गोली चलायो, अर्कोलाई गोली लागेपछि आक्रोशपूर्ण तरिकाले त्यो घटना घट्यो। 

तर जुन बालकको कुरा बाहिर ल्याइएको छ, मैले भन्नुपर्दा हामीले अत्यन्त सहन गरेर, कतिपय कुराहरु हामीले बुझेर पनि हामी चुपचाप छौं। ताकि हाम्रो सामाजिक सद्भाव नखलबलियोस्। आन्दोलनकर्मीसँग हतियार थिएन। बन्दुक थिएन। आन्दोलनकर्मीले बच्चालाई गोली ठोकेका पक्कै होइनन्। र प्रहरीकै गोलीबाट बालक मरेका हुन्। तर, त्यसलाई बंग्याएर आन्दोलनकर्मीले नै बच्चालाई मारे भन्ने जुन भ्रमपूर्ण समाचार मिडियामा छायो, यसले एक किसिमको राज्य नै तरंगित भयो। एउटा समाचारले राज्य तरंगित त भयो, उत्तेजित त भयो, केही दिनसम्म त हेपियो। तर, यहाँका जनतामा भित्रभित्र एउटा कुण्ठित आक्रोश जम्मा भइराखेको थियो। त्यसलाई कहाँ पोखौं, कहाँ पोखौं भन्ने वातावरण थियो। अहिलेको निर्वाचनमा यो कुरालाई अभिव्यक्त गरिदिनुभयो। टीकापुरमा सबैले भन्छन्, ओहो यस्तो छ, विभेद छ, द्वेष छ। होइन, टीकापुर वास्तवमै शान्ति चाहन्छ। मैले पाएको यति धेरै मत थारु समुदायको मात्रै होइन। यो मत पहाडी समुदायको पनि हो। अन्य समुदायको मान्छेले टीकापुरमा शान्ति र सद्भाव कायम हुनुपर्छ भन्ने हेतुले मलाई भोट हाल्नुभयो। अर्को पक्षले हाम्रो नेतृत्व गर्न सक्ने, नयाँ नेतृत्वको खोजीमा थियो। बाँकी ती पक्षका नेताहरुले धोका दिइसकेको थियो। यसरी दुवै पक्षबाट मलाई निर्वाचित गराउनुभयो।

आफ्नो जितलाई खासगरी थारु समुदायमाथि राज्यबाट भएको दमनको प्रतिरोध स्वरुप आएको परिणामको रुपमा लिनुहुन्छ तपाईं?

मैले लिनुभन्दा पनि प्रस्टै त्यही छ। दुवै पक्षको त्यही छ। अहिले पनि ठूलाठूला मिडियाहरु टीकापुरमा आएका छैनन्। तर, टीकापुरमा आउँदा हेर्नुस् त, टीकापुर अढाइ वर्षदेखि सुनसान छ। थारुहरुको निकै ठूलो समुदाय जहाँ बसोबास हुन्छ, उनीहरु टीकापुर बजार जानै चाहँदैनन्। बरु नजिकैको भारतीय तिकुनिया बजार जान्छन्। पहाडिया समुदायलाई पनि के भएको छ भने जसले गल्ती गर्‍यो, घर जलायो, भदौ ७ र ८ गते पहाडी समुदायबाट घर जलाइयो, सुरक्षाकर्मीहरुका बीचमा। उनीहरुले के सम्झिए भने गल्ती त उछृङ्खल व्यक्तिले गरे। हाम्रो के दोष थियो र अढाइ वर्षसम्म हामी पीडा भोगिरहेका छौं? अब यसरी चल्दैन। धेरैका खेतहरु बाँझा छन्। धेरैको खेत थारु समुदायले जोतिदिएको छैन। एक किसिमको दुवै समुदायमा तित्तता थियो। यो तित्तता मेट्नुपर्छ। त्यसलाई कायम गराउने व्यक्ति भनेकै रेशम चौधरी हो। किनभने रेशम चौधरीको इतिहास त्यतिमा मात्रै सीमित थिएन। विगतदेखि सामाजिक सेवामा लागिरहने, बाढी आउँदा राहत बाँड्ने, सडक बनाउने, कमैयाहरुलाई लालपुर्जा दिने, कलाकारहरुको वाटिका बनाउने, देशभरका कलाकारहरु एकै ठाउँमा ल्याउने गरेको हुँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं चाहिँ अहिले परिवारमार्फत अदालतमा कानुनी प्रक्रियामा पनि जानुभएको छ। के अपेक्षा गर्नुभएको छ?

न्यायालय सबैको हो र सबैको हुनुपर्छ। न्यायालयमाथि प्रश्नचिह्न खडा भयो भने त्यो दुर्भाग्यपूर्ण कुरा हो। एउटा नागरिकले आफ्नो देशको सर्वोच्च अदालतभन्दा अन्त अपेक्षा कहाँ गर्न सक्छ? मैले पनि न्यायालयलाई भाग्यको परीक्षा अर्थात् न्याय दिने प्रतिमूर्ति ठानेर नै म अदालत गएको हुँ। म प्रत्यक्ष रुपमा जान सक्ने वातावरण नभएपछि मैले आफ्नो श्रीमतीको वारेसनामा मार्फत म सर्वोच्च अदालत गएको हो।

तपाईंले श्रीमतीको वारेसनामा मार्फत उम्मेदवारी दिन पाउनुभयो, तर प्रमाणपत्र लिन पाउनुभएन होइन?

हो, यहीँनेर विभेद हो। विभेद भनेकै यहीँनेर छ। कुनै व्यक्तिगत ईर्ष्याका कारणले कुनै वर्ग र समुदायमाथि द्वेषको भावना फैलाइदिनुहुन्न। यदि म निर्वाचन लड्न अनुपयुक्त थिएँ भने वारेसनामा मार्फत उम्मेदवारी किन दर्ता गरियो? जब वारेसनामा मार्फत उम्मेदवारी दर्ता गरिसकेपछि वारेसनामा मार्फत उहाँहरुले प्रमाणपत्र दिन सक्नुपथ्र्यो। हेर्नुस्, हामी यति संयमित तरिकाले अगाडि बढिरहेका छौं, करिब–करिब धनगढीमा विजय जुलुस मनाउनका लागि लाखौं मानिसको ओइरो लागिसकेको थियो। तर, सम्भावित दुर्घटना फेरि नभित्रियोस्, अर्को अकल्पनीय घटना फेरि नहोस् भन्ने हेतुले हामीले आफ्ना मानिसलाई सम्झाई–बुझाई फिर्ता गर्‍यौं। अहिले जनताले आफ्नो मतको प्रमाणपत्र माग्दै छ। आफ्नो मताधिकार प्रयोग गरेको प्रमाणपत्र माग्दै छ। यतिबेला सम्मानित न्यायालयले न्याय दिन्छ भन्ने हामीले अपेक्षा गरेका छौं। आखिर हामी द्वेष चाहन्नौं, द्वन्द्व चाहन्नौं। हामीले देश मागेका छैनौं, हामीले आफ्नै बस्ती, आफ्नै समाज, आफ्नै देशमा अधिकार मागेका हौं। लोकतान्त्रिक प्रक्रियामा, लोकतान्त्रिक मुलुकमा, एउटा ठूलो झुन्ड, वर्ग, समुदायले केही अधिकार स्थापित गर्न खोजे त्यसमा के दोष भयो र? यसमा त दोष पक्कै छैन। त्यसकारणले यो कुरालाई सम्मानित सर्वोच्च अदालतले बुझ्नेछ। वास्तवमा अन्यायमा परेका हामी स्वयं भन्छौं, सरकारले छानबिन गर्नुपर्छ। प्रहरीको कुरा आयो, मृत्युको कुरा आयो, सहादतको कुरा आयो। हो, प्रहरी परिवारले पनि राज्यबाट छानबिनको माग गर्नुपर्छ। उहाँहरुको श्रीमानमाथि अन्याय भएको छ।

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको छानबिन आयोगले तपाईंलाई प्रमुख योजनाकार होइनन् भनेर प्रतिवेदनमा उल्लेख गरेको छ। त्यहाँ तपाईंका मान्छेहरुको सहभागिता भए पनि प्रमुख योजनाकार चाहिँ होइनन् भन्ने उल्लेख भएको छ। त्यो पनि तपाईंका लागि एउटा आधार हुन्छ होला नि, होइन?

यो अत्यन्त सकारात्मक पक्ष हो। यो नेपाल सरकारले नै छानबिन आयोग गठन गरेको हो। नेपाल सरकारले गठन गरेको छानबिन आयोगले निर्दोष छन् भनेर पुष्टि गर्छ भने सरकारले तुरुन्त हाम्रा मुद्दाहरु फिर्ता लिनुपर्छ र हामीलाई समाजमा स्थापित गरिदिनुपर्छ। सुरक्षासहित हामीलाई समाजमा स्थापित गर्न सकियो भने शान्ति र सद्भाव कायम हुन सक्छ भन्ने कुराको राम्रो उदाहरण हो। छानबिन आयोगमा हामीले कसैलाई चिन्दैनौं। कसैलाई भनेका पनि थिएनौं। कतिबेला आयोग आयो, कतिबेला आएन, त्यो पनि हामीलाई थाहा भएन। नेपाल सरकार आफैंले बनाएको आयोगको प्रतिवेदन त मानिदिनुप¥यो नि त। हामीले त्यही अपेक्षा चाहन्छौं कि यही आयोगको रिपोर्टबाट नै सरकारले हामीमाथि न्याय गर्छ। 

अब तपाईं कहिले आउनुहुन्छ त काठमाडौं? अब यहाँ संसदमा सहभागी हुन आउनुपर्ला, सपथ ग्रहण गर्न आउनुपर्ला।

समाजमा सद्भाव कायम होस्। समाजमा द्वेष र द्वन्द्व उत्पन्न हुनुहुन्न भन्नेमा प्रतिबद्ध छु। र मलाई के लागेको छ भने, एकै पटक आउँदा आक्रोशित वर्ग होलान्, चुनावमा हारेका मान्छेका पनि आक्रोश होला। धेरैलाई आश्चर्य पनि लागेको छ। धेरैले कुरा बुझेका छैनन्। टीकापुरको घटनास्थलमा आएका जति मान्छेले कुरा बुझेका छन्, वरिष्ठ पत्रकार किशोर नेपालजीहरु घटनास्थलमा आउनुभयो। उहाँहरुलाई थाहा छ, घटनाको बारेमा। मैले अघि पनि तपाईंलाई भनेँ, हामीले चार–चारवटा प्रधानमन्त्रीलाई कुर्यौं, न्याय भएन। अब छानबिन रिपोर्ट आयो र जनताको अभिमतमा हामी गइसकेपछि जनताले आफ्नो मत दिइसके। जनताले मलाई भारतमा लुक भनेर म्यान्डेट दिएका होइनन्। जनताले अब पनि तिमी भाग्नुपर्छ भनेर म्यान्डेट दिएका होइनन्। जनताले तिमी नेपालमै आऊ, संघर्ष गर भनेर दिएको नाताले म बकाइदा संसद् भवनमा आउँछु। उनीहरुले निर्वाचित गरेको माननीय हुन म तयार छु। 

तपाईंले अदालतमार्फत जुन कानुनी लडाइँ लडिरहनुभएको छ। त्यसमा तपाईंले सोचे अनुरुपको फैसला आएन भने पनि तपाईं सपथ ग्रहणका लागि आउनुहुन्छ?

सम्मानित अदालतको फैसला कस्तो आउँछ, त्यो त सोचनीय कुरा हो। त्यो त सर्वोच्च अदालतले पनि सोचेको होला। जब न्यायालयबाट अन्याय हुन्छ भने त्यसपछिको विकल्प निकै कठिन हुन्छ। दुर्भाग्यपूर्ण हुन्छ, दुःखलाग्दो हुन्छ। जेजस्तो भए पनि सर्वोच्च अदालतले गरेको न्यायलाई मैले शिरोपर गर्छु। र म त्यो न्यायलाई मान्छु। मसँग यदि प्रतिवाद गर्ने ठाउँ रहन्छ, मसँग न्यायको लागि रिट हाल्ने अवस्था रहन्छ भने त्यो पनि हाल्छु। होइन, सम्मानित अदालतले एकदमै हत्यारै प्रमाणित गरिदियो, मैले ज्यान मारेकै, मैले बच्चालाई भाला रोपेकै कुराहरु प्रमाणित गरिदियो भने पनि म आउँछु। किनभने म आउनैपर्छ। म देश छोडेर भाग्ने मान्छे होइन। मैले डेढ–डेढ सय राष्ट्रिय गीतमा संगीत भरेको छु। टीकापुरको मेरो घरमा आगो लगाउँदा ३७ जोर दौरासुरुवाल जलेको छ। मैले थुप्रै राष्ट्रिय गीत गाएको पनि छु। त्यसकारणले म यो भावनाबाट भाग्दिनँ। त्यसबेलामा भाग्नुपर्ने यस्तो अवस्था थियो, जुन बेला मेरो ज्यान नरहन सक्थ्यो। आफूलाई जलाइदिन सक्थे, मारिदिन सक्थे। त्यस्तो हौवाको कारणले मात्रै म निर्वासित भएको हुँ। मारिदिने, जेलमा थुनिदिने धम्कीका कारण विगतका दिनमा बिपी, गणेशमानहरु निर्वासित भएका थिए। त्यस्तै मेरो जीवन पनि एउटा चक्रव्यूहमा परेर म निर्वासित भएको हुँ। अन्यथा कानुनको सम्मान गर्छु म र सम्मान गर्दै आउँछु पनि।

प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्