• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
'साम-दाम-दण्ड-भेद प्रयोग गर्न नसक्दा चुनावमा महिला पछि पर्छन्'
64x64
नेपाल लाइभ मंगलबार, पुस ४, २०७४  १३:३०
1140x725

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले कांग्रेस नेता तथा वर्तमान उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन्। प्रतिनिधिसभाका लागि स्याङ्जा २ मा भएको प्रतिस्पर्धामा अर्यालले ३५ हजार १ सय ४२ मत पाइन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मत पाए। 

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी अर्याल ०७० सालमा समानुपातिक सभासद बनेकी थिइन्। एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अर्यालसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

प्रतिनिधिसभा निर्वाचनमा निकै थोरै महिला उम्मेदवारले जित्दा तपाईंको जित कसरी सम्भव भयो?

जनताले विश्वास गरेका कारण नै जित सम्भव भयो।

जनताले तपाईंलाई नै बढी विश्वास गर्नुपर्ने कारण के थियो त?

म जनताको बीचमा रहेर लामो समयदेखि काम गरिरहेकी छु। मेरो जीवनलाई जनताले ऐना जस्तो छर्लंग देख्नुभएको छ। मेरा दुःख, त्याग, तपस्या र समर्पण देख्नुभएको छ। मैले निस्वार्थ ढंगले काम गरेको देखेरै जनताले मलाई विश्वास गर्नुभएको हो।

जनताको बीचमा रहेर तपाईंले गरेका कामहरु के-के हुन्?

राज्य व्यवस्था परिवर्तनको आन्दोलनमा म अग्रपंक्तिमा थिएँ। जनताको हक-अधिकार स्थापित गर्ने लडाइँमा पनि म अग्रपंक्तिमै छु। जनताका दैनिक समस्या र विकासको चाहनामा पनि मैले सकेको पहल गरेकी छु।

Ncell 2
Ncell 2

महिला उम्मेदवारलाई पुरुष उम्मेदवारभन्दा केके कठिनाइ पर्दोरहेछ?

हरेक क्षेत्रमा पुरुषभन्दा महिलाले समान हैसियत र क्षमताकै भए पनि बढी मिहिनेत गर्नुपरिरहेको छ। पुरुषले भन्दा महिलाले आधा बढी काम गर्नुपरिरहेको छ। यो निर्वाचनमा पनि समग्रतामै नभए पनि केही-केही बेला कठिनाइ भयो। केही मानिसले महिलाले के गर्न सक्छ र भनेर टिप्पणी गरे। कतिपय उम्मेदवारहरुको मानसिकतामा पनि त्यही थियो। त्यसले मलाई फाइदा नै गर्योी भन्ने लाग्छ।

तर तपाईं जस्तै गरी उम्मेदवार भएका धेरै महिलाले जित निकाल्न सकेनन्। त्यसको कारण के हुन सक्छ?

मैले ती ठाउँको वस्तुस्थिति नबुझीकन ठ्याक्कै यही कारण र सूत्रले पराजित हुनुभयो भन्न सक्दिनँ। परिस्थिति कस्ता थिए भनेर मैले सबै निर्वाचन क्षेत्रको आकलन गरेकी छैन। तर, महिलाको निम्ति यो चुनाव त्यति सजिलो होइन। साम दाम दण्ड भेद प्रयोग गर्नुपर्ने चुनावमा महिलाका निम्ति थप चुनौती छन्। धनवाद र उम्मेदवारलाई नभई दललाई नै सर्वेसर्वा मान्ने दलवाद फस्टाएको छ। यो प्रवृत्तिसँग जुध्नुपर्ने मेरो पनि परिस्थिति थियो। अन्यत्र पनि त्यस्तो थिएन भन्ने मलाई लाग्दैन। सबैथोक प्रयोग गर्नुपर्ने चुनावमा त्यसो गर्न नसकेकै कारण महिलाहरु पछि पर्ने हो। त्यस्ता चुनौतीसँग जुध्न नसकेकै कारण महिलाहरु पछि पर्नुभयो भन्ने समग्र बुझाइको कुरा हो।

तपाईंले धनवादको कुरा गर्दा पछिल्लो समयमा पैसा खर्च नगरी चुनाव लड्नै नसक्ने अवस्था छ। तपाईंले चुनावी खर्च कसरी व्यवस्थापन गर्नुभयो?

म निरन्तर जनताको बीचमै छु। कमाउने नियत एकदिन पनि राखेकी छैन। त्यो जनतालाई पनि थाहा छ। त्यसैले चुनावमा भड्किलो खर्चको अपेक्षा मसँग गरिँदैन। तर, एउटा पक्ष खर्चकै बलमा चुनाव जित्छु भनेर लागेपछि मैले खर्च गर्दै गर्दिनँ भन्ने स्थिति नै थिएन। त्यो अवस्थामा कार्यकर्ता साथी र शुभचिन्तकहरु सबैले महसुस गरेर आआफ्नो ठाउँमा निर्वाचन अभियान परिचालन गर्नुभयो। कार्यकर्ताबाट उठाइएको पैसाबाटै मैले चुनाव खर्च पुर्‍याएँ र जितेँ पनि।

अब तपाईंले प्राथमिकतामा राखेका कामहरु के-के हुन्?

यसमा अलि बौद्धिक मान्छेहरुको पनि बुझाइ फरक छ भन्ने लाग्छ। संसद् भनेको विशेष गरेर नीति निर्माण गर्ने थलो हो। एउटा तुलसीको मठ बनाउने काम पनि सांसदबाटै होस् भन्ने हाम्रो मानसिकता छ। जनताको अपेक्षा यस्तो छ। त्यो हामीले बुझाउन नसकेका कारणले भएको हो भन्ने ठान्छु। तर, जनताले अहिले केही अपेक्षा गर्नुभएको छ। मैले पनि केही प्रतिबद्धता व्यक्त गरेकी छु। 

मुख्यगरी नीति बनाउने कुरामा मेरो एक खालको भूमिका रहन्छ। अर्कोतिर, समृद्धिको कुरा छ, त्यसलाई सघाउने सम्भावनाको खोजी हुन्छ। हिजोदेखि नै सुरु भएका तर अधुरा रहेका योजनालाई मूर्त रुप दिने र नयाँ योजना सुरु गर्नमा पनि मेरो पहल रहन्छ। त्यस्तै स्याङ्जालाई चीन र भारतसँग जोड्न सक्ने परिस्थिति छ। त्यसका लागि केही कामको थालनी पनि भएको छ। यसलाई मैले बडो महत्त्वका साथ लिएकी छु। नयाँ बस्ती बसाउन र सहरीकरण गर्न सकिन्छ भन्ने बुझाइ छ। स्याङ्जाका धेरै ठाउँ रमणीय छन्, त्यहाँ पर्यटन उद्योगको पनि विकास गर्न सकिन्छ। जलस्रोतको हिसाबले पनि यो धेरै सम्भावना भएको ठाउँ हो। आँधीखोला हाइड्याम निकै चर्चित छ, त्यसलाई मैले मेरो सांसदकै कार्यकालमा पूरा गर्ने अठोट लिएको छु। साथै गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थलबाट कालीगण्डकी बी परियोजना सुरु गर्न सकिन्छ। त्यसमा आफ्नो तर्फबाट पहल गर्नेछु। त्यसैले समृद्धि, नीति निर्माण र भौतिक निर्माणको पाटो गरी तीन वटा पाटा छन्। त्यसैका लागि मैले सक्दो प्रयत्न गर्नेछु।

प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा दुई लाख नजिक, आज कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कार... शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
सुनको मूल्य तोलामा १६ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार, जेठ २९, २०८२
ताजा समाचारसबै
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै शुक्रबार, जेठ ३०, २०८२
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द शुक्रबार, जेठ ३०, २०८२
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्