• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'साम-दाम-दण्ड-भेद प्रयोग गर्न नसक्दा चुनावमा महिला पछि पर्छन्'

64x64
नेपाल लाइभ मंगलबार, पुस ४, २०७४  १३:३०
1140x725

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले कांग्रेस नेता तथा वर्तमान उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन्। प्रतिनिधिसभाका लागि स्याङ्जा २ मा भएको प्रतिस्पर्धामा अर्यालले ३५ हजार १ सय ४२ मत पाइन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मत पाए। 

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी अर्याल ०७० सालमा समानुपातिक सभासद बनेकी थिइन्। एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अर्यालसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

प्रतिनिधिसभा निर्वाचनमा निकै थोरै महिला उम्मेदवारले जित्दा तपाईंको जित कसरी सम्भव भयो?

जनताले विश्वास गरेका कारण नै जित सम्भव भयो।

जनताले तपाईंलाई नै बढी विश्वास गर्नुपर्ने कारण के थियो त?

म जनताको बीचमा रहेर लामो समयदेखि काम गरिरहेकी छु। मेरो जीवनलाई जनताले ऐना जस्तो छर्लंग देख्नुभएको छ। मेरा दुःख, त्याग, तपस्या र समर्पण देख्नुभएको छ। मैले निस्वार्थ ढंगले काम गरेको देखेरै जनताले मलाई विश्वास गर्नुभएको हो।

जनताको बीचमा रहेर तपाईंले गरेका कामहरु के-के हुन्?

राज्य व्यवस्था परिवर्तनको आन्दोलनमा म अग्रपंक्तिमा थिएँ। जनताको हक-अधिकार स्थापित गर्ने लडाइँमा पनि म अग्रपंक्तिमै छु। जनताका दैनिक समस्या र विकासको चाहनामा पनि मैले सकेको पहल गरेकी छु।

nimb
nimb
Ncell 2
Ncell 2

महिला उम्मेदवारलाई पुरुष उम्मेदवारभन्दा केके कठिनाइ पर्दोरहेछ?

हरेक क्षेत्रमा पुरुषभन्दा महिलाले समान हैसियत र क्षमताकै भए पनि बढी मिहिनेत गर्नुपरिरहेको छ। पुरुषले भन्दा महिलाले आधा बढी काम गर्नुपरिरहेको छ। यो निर्वाचनमा पनि समग्रतामै नभए पनि केही-केही बेला कठिनाइ भयो। केही मानिसले महिलाले के गर्न सक्छ र भनेर टिप्पणी गरे। कतिपय उम्मेदवारहरुको मानसिकतामा पनि त्यही थियो। त्यसले मलाई फाइदा नै गर्योी भन्ने लाग्छ।

तर तपाईं जस्तै गरी उम्मेदवार भएका धेरै महिलाले जित निकाल्न सकेनन्। त्यसको कारण के हुन सक्छ?

मैले ती ठाउँको वस्तुस्थिति नबुझीकन ठ्याक्कै यही कारण र सूत्रले पराजित हुनुभयो भन्न सक्दिनँ। परिस्थिति कस्ता थिए भनेर मैले सबै निर्वाचन क्षेत्रको आकलन गरेकी छैन। तर, महिलाको निम्ति यो चुनाव त्यति सजिलो होइन। साम दाम दण्ड भेद प्रयोग गर्नुपर्ने चुनावमा महिलाका निम्ति थप चुनौती छन्। धनवाद र उम्मेदवारलाई नभई दललाई नै सर्वेसर्वा मान्ने दलवाद फस्टाएको छ। यो प्रवृत्तिसँग जुध्नुपर्ने मेरो पनि परिस्थिति थियो। अन्यत्र पनि त्यस्तो थिएन भन्ने मलाई लाग्दैन। सबैथोक प्रयोग गर्नुपर्ने चुनावमा त्यसो गर्न नसकेकै कारण महिलाहरु पछि पर्ने हो। त्यस्ता चुनौतीसँग जुध्न नसकेकै कारण महिलाहरु पछि पर्नुभयो भन्ने समग्र बुझाइको कुरा हो।

तपाईंले धनवादको कुरा गर्दा पछिल्लो समयमा पैसा खर्च नगरी चुनाव लड्नै नसक्ने अवस्था छ। तपाईंले चुनावी खर्च कसरी व्यवस्थापन गर्नुभयो?

म निरन्तर जनताको बीचमै छु। कमाउने नियत एकदिन पनि राखेकी छैन। त्यो जनतालाई पनि थाहा छ। त्यसैले चुनावमा भड्किलो खर्चको अपेक्षा मसँग गरिँदैन। तर, एउटा पक्ष खर्चकै बलमा चुनाव जित्छु भनेर लागेपछि मैले खर्च गर्दै गर्दिनँ भन्ने स्थिति नै थिएन। त्यो अवस्थामा कार्यकर्ता साथी र शुभचिन्तकहरु सबैले महसुस गरेर आआफ्नो ठाउँमा निर्वाचन अभियान परिचालन गर्नुभयो। कार्यकर्ताबाट उठाइएको पैसाबाटै मैले चुनाव खर्च पुर्‍याएँ र जितेँ पनि।

अब तपाईंले प्राथमिकतामा राखेका कामहरु के-के हुन्?

यसमा अलि बौद्धिक मान्छेहरुको पनि बुझाइ फरक छ भन्ने लाग्छ। संसद् भनेको विशेष गरेर नीति निर्माण गर्ने थलो हो। एउटा तुलसीको मठ बनाउने काम पनि सांसदबाटै होस् भन्ने हाम्रो मानसिकता छ। जनताको अपेक्षा यस्तो छ। त्यो हामीले बुझाउन नसकेका कारणले भएको हो भन्ने ठान्छु। तर, जनताले अहिले केही अपेक्षा गर्नुभएको छ। मैले पनि केही प्रतिबद्धता व्यक्त गरेकी छु। 

मुख्यगरी नीति बनाउने कुरामा मेरो एक खालको भूमिका रहन्छ। अर्कोतिर, समृद्धिको कुरा छ, त्यसलाई सघाउने सम्भावनाको खोजी हुन्छ। हिजोदेखि नै सुरु भएका तर अधुरा रहेका योजनालाई मूर्त रुप दिने र नयाँ योजना सुरु गर्नमा पनि मेरो पहल रहन्छ। त्यस्तै स्याङ्जालाई चीन र भारतसँग जोड्न सक्ने परिस्थिति छ। त्यसका लागि केही कामको थालनी पनि भएको छ। यसलाई मैले बडो महत्त्वका साथ लिएकी छु। नयाँ बस्ती बसाउन र सहरीकरण गर्न सकिन्छ भन्ने बुझाइ छ। स्याङ्जाका धेरै ठाउँ रमणीय छन्, त्यहाँ पर्यटन उद्योगको पनि विकास गर्न सकिन्छ। जलस्रोतको हिसाबले पनि यो धेरै सम्भावना भएको ठाउँ हो। आँधीखोला हाइड्याम निकै चर्चित छ, त्यसलाई मैले मेरो सांसदकै कार्यकालमा पूरा गर्ने अठोट लिएको छु। साथै गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थलबाट कालीगण्डकी बी परियोजना सुरु गर्न सकिन्छ। त्यसमा आफ्नो तर्फबाट पहल गर्नेछु। त्यसैले समृद्धि, नीति निर्माण र भौतिक निर्माणको पाटो गरी तीन वटा पाटा छन्। त्यसैका लागि मैले सक्दो प्रयत्न गर्नेछु।

प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु विद्यार्थीहरुलाई देश नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्देश्य सहितको यो शिक्षाप्रतिको एउटा स्पष्ट दृष्टिकोण हो... सोमबार, साउन १८, २०८३
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ ।  यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्... सोमबार, साउन ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्