• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
'पार्टीले अवसर नदिँदा महिलाको जित कम भयो'
64x64
नेपाल लाइभ शनिबार, पुस १, २०७४  १६:०३
1140x725

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी पवित्रा निरौला खरेल हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी उनी ०७० सालको संविधानसभा निर्वाचनमा पनि झापा २ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन्। यस पटक भने उनले नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरेकी छिन्।

पछिल्लो जित र आगामी योजनाबारे खरेलसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी: 

के कारणले चुनाव जितेँ जस्तो लाग्छ?

झापाको क्षेत्र नम्बर २ वामपन्थीहरुको गढ हो। पहिलादेखि नै धेरै सहिदले सहादत प्राप्त गरेका छन्। यो नेकपा एमालेको बलियो पंक्ति भएको ठाउँ पनि हो। ०२८ सालदेखिको संघर्षमा सक्रिय सहभागी हुने जनताको बसोबास भएको ठाउँ पनि हो, झापा। राज्यको पुनर्संरचनापछि पनि यो ठाउँ हाम्रो लागि अनुकूल भएको छ। त्यस्तै, लामो समयसम्म कांग्रेसले सरकारको नेतृत्व गरे पनि जनताको अवस्थामा परिवर्तन ल्याउन नसकेको र विकास तथा समृद्धिको पक्षमा खास काम गर्न नसकेको कारण पनि जनताले परिवर्तन खोजिरहेका थिए। जनताले नयाँपन खोजिरहेको अवस्था र विकासको चाहनाले पनि मलाई विजयी गरायो। अर्कोतर्फ, आधा धर्ती ढाक्ने महिलाको संख्या पनि यहाँ उच्च छ। पुरुषहरु वैदेशिक रोजगारीमा गएका कारण यहाँ महिलाको संख्या बढी भएको हो। उनीहरुले महिलालाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। पुरुषहरुले पनि अत्यन्तै इज्जत र सम्मानका साथ मत दिए। जनतामा परिवर्तन र समृद्धि हुनुपर्ने माग भएको र मैले त्यसमा भूमिका खेल्न सक्छु भन्ने विश्वास गरेका कारण पनि विजयी भएँ।

तपाईंले विगतमा झापामा खेलेका भूमिकाले पनि सफलता दिलायो होला नि?

त्यो पनि कारण हो। म ०३५/३६ सालदेखि राजनीतिक गतिविधिमा भाग लिइरहेको मान्छे हुँ। विद्यार्थी कालदेखि नै राजनीति गरेकी हुँ। लामो समयदेखि मैले महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरेँ। पार्टीका अन्य जिम्मेवार पदमा रहेर काम गरेँ। जिल्ला कमिटीको सचिव भएर काम गरेँ। राष्ट्रिय परिषद् सदस्य बनेर काम गरेँ। त्यस्तै, प्रदेश १ को प्रदेश कमिटी सदस्य रहेर पनि काम गरेको छु। त्यसैले यहाँका जनतासँग मेरो परिचय स्थापित भएको छ। पाँच वर्षसम्म जिल्ला विकासमा जनप्रतिनिधि भएर काम गरेँ। त्यसले पनि जनताले मलाई रुचाउनुभएको छ। यहाँका सामाजिक कामहरुमा पनि मैले सक्रिय भएर काम गरेकी छु। 

महिला उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा उत्रिँदा पुरुष उम्मेदवारको तुलनामा केके कठिनाइ बेहोर्नुपर्दोरहेछ?

मुख्यत: आर्थिक रुपमा सबल छैनन्। त्यस्तै, महिलाहरु सामाजिक रुपमा पनि स्थापित हुन गाह्रो छ। सामाजिक परिचय पाउन महिलालाई निकै गाह्रो छ। मैले लामो समयदेखि यहाँ काम गरेको हुनाले धेरै हदसम्म सामाजिक परिचय पाएकी छु। तर, सबै उम्मेदवारहरुको अवस्था उस्तै छैन। विकास-निर्माणका कामहरु कहाँ के र कसरी गर्ने, आम मानिसका तत्कालीन र दीर्घकालीन समस्या के हुन् भन्ने मलाई जानकारी छ। यस्ता जानकारीले नै महिलालाई सामाजिक रुपमा स्थापित गर्दै लैजान्छ। यस्तो भएन भने महिलालाई चुनावमा प्रतिस्पर्धा गर्न र जित निकाल्न कठिन छ। त्यसैले आर्थिक रुपमा बलियो हुनुपर्ने, सामाजिक रुपमा चिनिएको हुनुपर्ने, राजनीतिक रुपमा अब्बल हुनुपर्ने हुन्छ। राजनीतिक दलहरुले महिलालाई नेतृत्व दिन र उनीहरुको क्षमता स्थापित गराउन भूमिका खेल्नुपर्ने हो, तर ती प्रयास गरेको पाइँदैन। त्यसैले पनि महिलालाई चुनाव जित्न कठिन छ। ०७० सालमा उम्मेदवार भएर म थोरै मतले पराजित भएँ, तर यसपटक भने मलाई त्यति धेरै कठिनाइ भएन। आर्थिक रुपमा चुनाव खर्चिलो भएकाले त्यतातिर भने केही कठिनाइ बेहोर्नुपर्‍यो। अर्को कठिनाइ भनेको पुरुष उम्मेदवारहरुले महिला उम्मेदवारप्रति गर्ने प्रचारबाजीले पनि पारेको थियो। महिलाले के नै गर्न सक्छे र भनेर उनीहरुले प्रचार गरिदिए। यस्ता प्रचारबाजी चिर्न जनताले नै सहयोग गरेकाले सहयोग पनि भयो।

महिलालाई चुनावका लागि आर्थिक जोहो गर्न पनि कठिनाइ हुने बताउनुभयो। तपाईंले चाहिँ आर्थिक स्रोतको खोजी र परिचालन कसरी गर्नुभयो?

हामीले खर्चलाई निकै कटौती गर्यौं । यस पटक टोपी, टिसर्ट जस्ता सामग्रीमा खर्च गरेनौं। त्यसले धेरै खर्च कम गरायो। मलाई व्यक्तिगत रुपमा चुनावी खर्चका लागि केही आफन्तहरु, शुभचिन्तकहरुले सहयोग गर्नुभयो। उहाँहरुकै साथ-सहयोगले आर्थिक समस्या समाधान भयो।

प्रत्यक्षतर्फ निकै कम महिलाहरुले मात्रै चुनाव जित्नुभयो। १ सय ६५ जनामा ६ जना महिलाले मात्रै चुनाव जित्नु भनेको निकै कम हो। यसको कारणलाई तपाईले कसरी व्याख्या गर्नुहुन्छ?

सामाजिक संरचना नै खराब छ। लामो समयदेखि सामन्ती सोच बोकेको समाज छ हाम्रो। त्यसले महिलालाई पछाडि धकेलिरहेको छ। महिलाहरुलाई जित्न गाह्रो हुन्छ भन्ने सामाजिक मान्यताले नै महिलाको जितमा असर पारिरहेको छ। आम मानिसमा त्यो मनोभावनाले काम गरेको छ। त्यसले महिलाको मत कम गराउँछ। फेरि हाम्रा धेरै महिला राजनीतिकर्मीमा चुनावमा प्रतिस्पर्धा गर्न सकिन्न कि, जित्न सकिन्न कि भन्ने भावना छ। त्यसले पनि उनीहरुमध्ये कतिपय प्रतिस्पर्धामा खरो उत्रिन सक्दैनन्। तर, सबैभन्दा मुख्य कमजोरी भनेको पार्टीले उम्मेदवारी नदिनु हो। यदि उनीहरुले महिलालाई अवसर दिने हो भने उनीहरु अगाडि बढ्न सक्छन्। अवसर नै नपाएपछि कसरी जित निकाल्नु, कसरी क्षमता देखाउनु? त्यसैले पार्टीले अवसर नदिनु नै महिलाको जित कम हुनुको कारण हो। 

तपाईंका भावी योजनाहरु के-के छन्?

विशेषगरी झापा क्षेत्र नम्बर २ जुन मेरो निर्वाचन क्षेत्र पनि हो, यसको विकासको लागि केही योजना बनाएको छु। मेरो प्रतिबद्धतापत्रमा भएका योजनाहरु मैले पाँच वर्षभित्रमा पूरा गर्नेछु। त्यसमा विकास र पूर्वाधारका योजनाहरु छन्। बेरोजगारहरुलाई रोजगारी दिलाउने योजना छ। यस क्षेत्रमा पर्यटनको विकास गर्ने योजना छ। अन्य धेरै प्याकेज प्रोग्रामहरु छन्। राज्यको हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ र ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने मेरो माग रहिआएको छ। त्यसका लागि म संघर्ष गर्नेछु। महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, सामाजिक रुपमा स्थापित गराउने र राजनीतिक रुपमा अब्बल बनाएर लैजाने योजनाका साथ काम गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ।

प्रकाशित मिति: शनिबार, पुस १, २०७४  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
०८४ अघि विप्लव र माधव नेपालसँग एकता गरेर देशकै ठूलो पार्टी बनाउँछौं : प्रचण्ड
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
सम्बन्धित सामग्री
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ... मंगलबार, जेठ २७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र... मंगलबार, जेठ २७, २०८२
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
०८४ अघि विप्लव र माधव नेपालसँग एकता गरेर देशकै ठूलो पार्टी बनाउँछौं : प्रचण्ड मंगलबार, जेठ २७, २०८२
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा मंगलबार, जेठ २७, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मंगलबार, जेठ २७, २०८२
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? मंगलबार, जेठ २७, २०८२
व्यवसायिक चिराइतोखेतीबाट राम्रो आम्दानी लिँदै तीनतलेका किसान मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्