• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'पार्टीले अवसर नदिँदा महिलाको जित कम भयो'

64x64
नेपाल लाइभ शनिबार, पुस १, २०७४  १६:०३
1140x725

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी पवित्रा निरौला खरेल हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी उनी ०७० सालको संविधानसभा निर्वाचनमा पनि झापा २ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन्। यस पटक भने उनले नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरेकी छिन्।

पछिल्लो जित र आगामी योजनाबारे खरेलसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी: 

के कारणले चुनाव जितेँ जस्तो लाग्छ?

झापाको क्षेत्र नम्बर २ वामपन्थीहरुको गढ हो। पहिलादेखि नै धेरै सहिदले सहादत प्राप्त गरेका छन्। यो नेकपा एमालेको बलियो पंक्ति भएको ठाउँ पनि हो। ०२८ सालदेखिको संघर्षमा सक्रिय सहभागी हुने जनताको बसोबास भएको ठाउँ पनि हो, झापा। राज्यको पुनर्संरचनापछि पनि यो ठाउँ हाम्रो लागि अनुकूल भएको छ। त्यस्तै, लामो समयसम्म कांग्रेसले सरकारको नेतृत्व गरे पनि जनताको अवस्थामा परिवर्तन ल्याउन नसकेको र विकास तथा समृद्धिको पक्षमा खास काम गर्न नसकेको कारण पनि जनताले परिवर्तन खोजिरहेका थिए। जनताले नयाँपन खोजिरहेको अवस्था र विकासको चाहनाले पनि मलाई विजयी गरायो। अर्कोतर्फ, आधा धर्ती ढाक्ने महिलाको संख्या पनि यहाँ उच्च छ। पुरुषहरु वैदेशिक रोजगारीमा गएका कारण यहाँ महिलाको संख्या बढी भएको हो। उनीहरुले महिलालाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। पुरुषहरुले पनि अत्यन्तै इज्जत र सम्मानका साथ मत दिए। जनतामा परिवर्तन र समृद्धि हुनुपर्ने माग भएको र मैले त्यसमा भूमिका खेल्न सक्छु भन्ने विश्वास गरेका कारण पनि विजयी भएँ।

तपाईंले विगतमा झापामा खेलेका भूमिकाले पनि सफलता दिलायो होला नि?

त्यो पनि कारण हो। म ०३५/३६ सालदेखि राजनीतिक गतिविधिमा भाग लिइरहेको मान्छे हुँ। विद्यार्थी कालदेखि नै राजनीति गरेकी हुँ। लामो समयदेखि मैले महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरेँ। पार्टीका अन्य जिम्मेवार पदमा रहेर काम गरेँ। जिल्ला कमिटीको सचिव भएर काम गरेँ। राष्ट्रिय परिषद् सदस्य बनेर काम गरेँ। त्यस्तै, प्रदेश १ को प्रदेश कमिटी सदस्य रहेर पनि काम गरेको छु। त्यसैले यहाँका जनतासँग मेरो परिचय स्थापित भएको छ। पाँच वर्षसम्म जिल्ला विकासमा जनप्रतिनिधि भएर काम गरेँ। त्यसले पनि जनताले मलाई रुचाउनुभएको छ। यहाँका सामाजिक कामहरुमा पनि मैले सक्रिय भएर काम गरेकी छु। 

महिला उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा उत्रिँदा पुरुष उम्मेदवारको तुलनामा केके कठिनाइ बेहोर्नुपर्दोरहेछ?

मुख्यत: आर्थिक रुपमा सबल छैनन्। त्यस्तै, महिलाहरु सामाजिक रुपमा पनि स्थापित हुन गाह्रो छ। सामाजिक परिचय पाउन महिलालाई निकै गाह्रो छ। मैले लामो समयदेखि यहाँ काम गरेको हुनाले धेरै हदसम्म सामाजिक परिचय पाएकी छु। तर, सबै उम्मेदवारहरुको अवस्था उस्तै छैन। विकास-निर्माणका कामहरु कहाँ के र कसरी गर्ने, आम मानिसका तत्कालीन र दीर्घकालीन समस्या के हुन् भन्ने मलाई जानकारी छ। यस्ता जानकारीले नै महिलालाई सामाजिक रुपमा स्थापित गर्दै लैजान्छ। यस्तो भएन भने महिलालाई चुनावमा प्रतिस्पर्धा गर्न र जित निकाल्न कठिन छ। त्यसैले आर्थिक रुपमा बलियो हुनुपर्ने, सामाजिक रुपमा चिनिएको हुनुपर्ने, राजनीतिक रुपमा अब्बल हुनुपर्ने हुन्छ। राजनीतिक दलहरुले महिलालाई नेतृत्व दिन र उनीहरुको क्षमता स्थापित गराउन भूमिका खेल्नुपर्ने हो, तर ती प्रयास गरेको पाइँदैन। त्यसैले पनि महिलालाई चुनाव जित्न कठिन छ। ०७० सालमा उम्मेदवार भएर म थोरै मतले पराजित भएँ, तर यसपटक भने मलाई त्यति धेरै कठिनाइ भएन। आर्थिक रुपमा चुनाव खर्चिलो भएकाले त्यतातिर भने केही कठिनाइ बेहोर्नुपर्‍यो। अर्को कठिनाइ भनेको पुरुष उम्मेदवारहरुले महिला उम्मेदवारप्रति गर्ने प्रचारबाजीले पनि पारेको थियो। महिलाले के नै गर्न सक्छे र भनेर उनीहरुले प्रचार गरिदिए। यस्ता प्रचारबाजी चिर्न जनताले नै सहयोग गरेकाले सहयोग पनि भयो।

Ncell 2
Ncell 2
nimb
nimb

महिलालाई चुनावका लागि आर्थिक जोहो गर्न पनि कठिनाइ हुने बताउनुभयो। तपाईंले चाहिँ आर्थिक स्रोतको खोजी र परिचालन कसरी गर्नुभयो?

हामीले खर्चलाई निकै कटौती गर्यौं । यस पटक टोपी, टिसर्ट जस्ता सामग्रीमा खर्च गरेनौं। त्यसले धेरै खर्च कम गरायो। मलाई व्यक्तिगत रुपमा चुनावी खर्चका लागि केही आफन्तहरु, शुभचिन्तकहरुले सहयोग गर्नुभयो। उहाँहरुकै साथ-सहयोगले आर्थिक समस्या समाधान भयो।

प्रत्यक्षतर्फ निकै कम महिलाहरुले मात्रै चुनाव जित्नुभयो। १ सय ६५ जनामा ६ जना महिलाले मात्रै चुनाव जित्नु भनेको निकै कम हो। यसको कारणलाई तपाईले कसरी व्याख्या गर्नुहुन्छ?

सामाजिक संरचना नै खराब छ। लामो समयदेखि सामन्ती सोच बोकेको समाज छ हाम्रो। त्यसले महिलालाई पछाडि धकेलिरहेको छ। महिलाहरुलाई जित्न गाह्रो हुन्छ भन्ने सामाजिक मान्यताले नै महिलाको जितमा असर पारिरहेको छ। आम मानिसमा त्यो मनोभावनाले काम गरेको छ। त्यसले महिलाको मत कम गराउँछ। फेरि हाम्रा धेरै महिला राजनीतिकर्मीमा चुनावमा प्रतिस्पर्धा गर्न सकिन्न कि, जित्न सकिन्न कि भन्ने भावना छ। त्यसले पनि उनीहरुमध्ये कतिपय प्रतिस्पर्धामा खरो उत्रिन सक्दैनन्। तर, सबैभन्दा मुख्य कमजोरी भनेको पार्टीले उम्मेदवारी नदिनु हो। यदि उनीहरुले महिलालाई अवसर दिने हो भने उनीहरु अगाडि बढ्न सक्छन्। अवसर नै नपाएपछि कसरी जित निकाल्नु, कसरी क्षमता देखाउनु? त्यसैले पार्टीले अवसर नदिनु नै महिलाको जित कम हुनुको कारण हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंका भावी योजनाहरु के-के छन्?

विशेषगरी झापा क्षेत्र नम्बर २ जुन मेरो निर्वाचन क्षेत्र पनि हो, यसको विकासको लागि केही योजना बनाएको छु। मेरो प्रतिबद्धतापत्रमा भएका योजनाहरु मैले पाँच वर्षभित्रमा पूरा गर्नेछु। त्यसमा विकास र पूर्वाधारका योजनाहरु छन्। बेरोजगारहरुलाई रोजगारी दिलाउने योजना छ। यस क्षेत्रमा पर्यटनको विकास गर्ने योजना छ। अन्य धेरै प्याकेज प्रोग्रामहरु छन्। राज्यको हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ र ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने मेरो माग रहिआएको छ। त्यसका लागि म संघर्ष गर्नेछु। महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, सामाजिक रुपमा स्थापित गराउने र राजनीतिक रुपमा अब्बल बनाएर लैजाने योजनाका साथ काम गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ।

प्रकाशित मिति: शनिबार, पुस १, २०७४  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्