• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

संसदमा होइन, पार्टी संगठन बलियो बनाउन म्यान्डेट पाएँ : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  २२:०९
1140x725

प्रखर भाषणकला भएका नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा झापा- १ बाट पराजित हुँदा धेरैले उनलाई मतले हारे पनि मनले नहारेका नेता माने। उनले विजयी उम्मेदवार माओवादी केन्द्रका सुरेन्द्र कार्कीलाई खुलेर बधाई दिएको फोटो सामाजिक सञ्जालमा भाइरल नै भयो। 

हामीले सम्पर्क गर्दा नेता शर्मा मतदातालाई धन्यवाद दिन झापामै घरदैलोमा व्यस्त थिए। उनलाई संसदमा देश्न चाहने प्रशंसक र शुभेच्छुक यो पराजयसँगै खिन्न छन्। पार्टीभित्र मात्र नभई संगठन बाहिर समेत प्रभाव राख्न सफल कांग्रेस केन्द्रीय सदस्य शर्माले चुनावमा कांग्रेसको पराजयलाई कसरी लिएका छन्? अबको राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कस्तो रहन्छ? यिनै विषयमा नेपाल लाइभका हिम विक्रमले शर्मासँग गरेको कुराकानीः 

प्रदेश र प्रतिनिधिसभाको समग्र चुनावी परिणामप्रति तपाईंको के धारणा छ?

निर्वाचनको मुखमा आकस्मिक रुपमा दुई ठूला कम्युनिस्ट पार्टी एकताबद्व भइसकेपछि यस किसिमको परिणाम आउनु स्वाभाविक बन्न पुग्यो। यसका पछाडि मुख्य दुई कारण छन्। एक, चुनाव अगाडि वाम गठबन्धन पैदा हुनु। दोस्रो, पार्टीले आफूले गरेका राम्रा काम जनतामा लैजान नसक्नु। पार्टी प्रतिरक्षात्मक बन्ने मुद्दा समाजमा बढी फैलिनु वा वाम गठबन्धनले त्यसलाई लिएर जानु पराजयका प्रमुख कारण हुन् भन्ने लाग्छ। 

चुनावी नतिजापछि कांग्रेसले आफूलाई कसरी समीक्षा गर्नुपर्छ?

६५ वर्षदेखि नेपाली कांग्रेस सञ्चालनको जुन पद्धति छ, अब त्यसलाई सम्पूर्ण रुपमा पुनर्संरचना गर्नुपर्छ। हामीले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। एकताबद्व भएर हामी बदलिन्छौं, कांग्रेसलाई बदल्छौ, देश बदल्छौं भनेर जनतामा सराकारात्मक सन्देश सम्प्रेषण गर्न आवश्यक छ। त्यसका लागि तत्काल कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ। त्यही बैठकबाट अस्पतालको इमर्जेन्सीमा पुगेको कांग्रेसको डाइग्नोसिस गरेर सामान्य सिटामोल वा एन्टिबायोटिक अथवा सामान्य अपरेशन वा मेजर अपरेशन के गर्नुपर्ने? त्यो विषयमा गम्भीर पहलकदमी गर्नु जरुरी छ। हामी त्यो गर्नेछौं, गर्न सक्नेछौं। नेपाली कांग्रेसलाई एउटा आधुनिक दलका रुपमा रुपान्तरण गरेर राष्ट्रिय राजनीतिमा पुरानै शक्तिका रुपमा फर्काउन सक्नेछौं भन्ने विश्वास छ। 

कांग्रेसकै धेरै नेताले स्वीकार गरे अनुसार गल्ती सबै पार्टीले गरे पनि कांग्रेसले अलि बढी गर्‍यो। यसमा तपाईंको कुनै टिप्पणी?

बिल्कुल होइन। एउटा राजनीतिक दलले काम गरिरहँदा कमजोरी हुने वा राम्रो हुने दुवै पाटो हुन्छ। कांग्रेसको सरकार भएको बेला महाअभियोग अथवा आइजिपी प्रकरण भयो, निश्चित रुपमा त्यो कमीकमजोरीले हामीलाई गम्भरी असर गर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

तर, कांग्रेसले नै हिंसाबाट शान्ति स्थापना गर्न नायकत्व प्रदान गरेको थियो, त्यो कुरालाई सार्वजनिक रुपमा पार्टीले बेच्न सकेन। संविधानविहीनताको मुलुकलाई संविधान दिएर नेतृत्व गर्‍यो, त्यो कुरालाई लिएर जान सकिएन। आगो लागिरहेको मधेसलाई विश्वासमा लिएर एउटा पनि गोली चल्ने अवस्था नबनाई स्थानीय निर्वाचन मधेसमा सम्पन्न भयो, त्यसलाई समेत जनतामा स्थापित गर्न सकिएन। 

कांग्रेसका राम्रा कामहरु नहेरेर खराब पाटोको मात्र चर्चा गरियो र गराइयो। जस्तो प्रतिकूल अवस्थाका बीच प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय निर्वाचन सम्पन्न भएको छ। विपक्षीले धन्यवाद समेत दिन कन्जुस्याइँ गरेका छन्। 

कार्यकर्ताले समेत पार्टी नेतृत्वको काम नदेख्ने हो भने समस्या उत्पन्न हुन्छ। कमजोरी भएका विषयमा गम्भीर ढंगले प्रहार गरौं, तर पार्टीले गरेका राम्रो कामलाई जनतामा लैजाऔं। त्यहीँबाट कांग्रेसलाई नयाँ ढंगले आधुनिक राजनीतिक दल बनाउन सकिन्छ। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ क्षेत्रीय भनिएका दल राजपा र संघीय समाजवादीको गठबन्धनकै हाराहारी मात्र देखियो कांग्रेस। कस्तो लागिरहेको छ?

नेपाली कांग्रेसले सांगठनिक स्थिति सुदृढ बनाउनु अहिलेको कत्र्तव्य हो। त्यही समस्याले मधेससहित देशैभर कांग्रेसको अवस्था नाजुक देखियो। जसले गर्दा विपक्षीको प्रहार, कमजोर संगठन भएका कारणले रोक्न सकिएन। अब पार्टी संगठनलाई बलियो बनाउन सकियो भने कांग्रेसलाई सुदृढ बनाएर लैजान सकिन्छ।

चुनावमा बेहोरेको क्षतिबाट कांग्रेस सम्हालिन सक्छ ? यसका प्राथमिक उपचार के–के हुन सक्छन्?

यसको एउटै समाधान भनेको केन्द्रीय समितिको बैठक तत्काल बोलाउनुपर्छ। सोही बैठकले क्षतिको वास्तविक विवरण, उपलब्धिको रक्षा, संगठन सुदृढीकरण, वाम गठबन्धनको सरकारसँग पार्टीको सम्बन्ध लगायत विषयमा गम्भीर समीक्षा र छलफल हुन आवश्यक छ। 

देशभर निराशामा बदलिएका कार्यकर्तामा कसरी उत्साह भर्ने, आधुनिक कांग्रेस बन्ने यात्रा कसरी प्रारम्भ गर्ने? त्यस विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक तत्काल बस्नुपर्छ। 

कांग्रेसभित्र समेत चुनावपछि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेका छन् नि!

अस्पतालको इमर्जेन्सीमा राखिएको बिरामीलाई के उपचार गर्ने भन्ने कुरा हस्पिटलको आँगनमा बसेर डक्टरले बोल्न थालेपछि त्यसले समाधान दिँदैन। त्यसले त बिरामीको ज्यान अझ जोखिममा पर्छ। इमर्जेन्सीमा राखिएको बिरामीको पूर्णरुपमा ‘डाइग्नोसिस’ गरिसकेपछि मात्र समाधानको विषयमा छलफल गर्न सकिन्छ। आवेगमा आउँदैमा त्यसले समाधान दिँदैन। 

निर्वाचनमा यस किसिमको परिणाम आउनुमा को बढी जिम्मेवार छ?
यसमा सम्पूर्ण रुपमा नेपाली कांग्रेस पार्टी जिम्मेवार छ। 

तपाईं निर्वाचनमा पराजित भएपछि जनताको घरदैलोमा जानुभएको छ। मतदाताको प्रतिक्रिया के पाउनुभयो?

मतदाताको मिश्रित प्रतिक्रिया छ। निराश पनि हुनुहुन्छ। हामीले मत दियौं, हाम्रो मतको काम भएन, जिताउन सकिएन भन्ने निराशा पनि देखिन्छ। आफूले भोट हालेको उम्मेदवार पराजित हुँदा स्वाभाविक रुपमा मतदातामा त्यो पर्न जान्छ। 

यस्ता पनि मतदाता छन्, अन्य ठाउँमा कांग्रेसले ठूलो अन्तरले पराजित हुँदा समेत हामी थोरैले चुक्यौं भनेर सहानुभूति राख्नेहरु पनि छन्। त्यसैले हाम्रो जित भएको छ भन्ने मतदाता पनि छन्। देशव्यापी रुपमा जुन किसिमको गठबन्धन बनेको थियो, त्यसलाई चिर्न सकेनौं, संगठन सुदृढ नभएर हार्‍यौं, अब सुधारका लागि भिड्नुपर्छ भन्ने जनताले मलाई म्यान्डेड दिएका छन्।

तपाईंले आफ्नो पराजयलाई कसरी लिनुभएको छ?

मैले स्वाभाविक रुपमा लिएँ। स्थानीय निर्वाचनको पहिलो र तेस्रो दल चुनावको मुखमा एक हुने अवस्थामा आएपछि त्यसले कांग्रेसलाई गुमाउने अवस्थामा पुर्‍याउने नै थियो। कांग्रेसले आफ्ना राम्रो कुरा जनतामा लैजान सकेन, कमजोर रुपमा प्रहार खेप्नुपरेकाले समेत परिणामलाई मैले स्वाभाविक रुपमा लिएँ। तर, कम मतान्तरले उपविजेता हुँदा मतदाताको धेरै माया पाएँ भन्ने लाग्छ। गठबन्धनसँग धेरै मत हुँदा पनि थोरै मतको अन्तरले हारियो। त्यस हिसाबले मतदाताले धेरै माया गरे भन्ने लाग्छ। मन जित्न सकियो, मतले चाहिँ जित्न सकिएन।

निरन्तरको पराजयले एउटा आशा गरिएको नेतृत्वमा कत्तिको दबाब महसुस हुँदो रहेछ?

निश्चय नै एक ढंगको दबाब त उम्मेदवार, केन्द्रीय सदस्यको रुपमा पारेको छ। 

बारम्बार निर्वाचनमा चुक्दा राष्ट्रिय राजनीतिमा आफ्नो क्षमता परीक्षण गर्न पाउनुभएन नि!

संसदमा भनेको सन्दर्भमा तपाईंले भनेको सही हो। देशभरका साथीहरुको चाहना विश्वप्रकाश शर्मालाई संसदमा भूमिकासहित देख्न पाऊँ भन्ने थियो, त्यो पूरा भएन। मलाई मेरो क्षेत्रका मतदाताले संसदमा गएर भूमिका निर्वाह गर्न तिमीसँग भोलि पनि समय छ, तर संगठनलाई सुदृढ बनाउनमा ध्यान केन्द्रित गर भन्ने सन्देश दिए जस्तो लाग्छ। कांग्रेसलाई सुदृढ र आधुनिक बनाउन लाग्नु भन्ने म्यान्डेट दिए भन्ने मेरो बुझाइ हो। 

यदि कांग्रेसलाई सुदृढ बनाउनतिर लागिएन भने मेरो मात्र होइन, समग्र लोकतान्त्रिक संस्कारमा विश्वास गर्नेको भविष्य कमजोर बन्छ भन्ने सन्देश आम मतदाताबाट पाएको छु भन्ने लाग्छ।

वैचारिक नेतृत्वका हिसाबले विश्वप्रकाश शर्मा जति सशक्त छन्, चुनावी नतिजाले संगठन निर्माण कमजोर रहेको देखाउँछ भनेर टिप्पणी गर्न मिल्छ?

मेची अञ्चलको परिणाम हेर्ने हो भने सबैभन्दा कम मतान्तरको साथ उपविजेता हुने मै हो। एक्लाएक्लै लडेको अवस्था हुन्थ्यो भने नतिजा भिन्न हुन्थ्यो। संगठन वा राष्ट्रिय रुपमा कुनै भूमिका वा जिम्मेवारीमा बसेर काम गरेको भए, त्यसको प्रभाव छाड्न सकेको भए फरक खालको परिणाम हुन्थ्यो। 

पार्टीको एक केन्द्रीय सदस्यको रुपमा गरेको कामले समेत मतदाताले मलाई विश्वास गरे, त्यसैले पनि सानो मतान्तरले हारेँ। राष्ट्रिय राजनीतिमा जुन प्रतिकूलताको अवस्था सिर्जना भयोे, कांग्रेसलाई त्यसले ठूलो असर गर्‍यो। त्यसमा पनि झापा जिल्ला एमाले पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला हो। उहाँको नामबाट पनि धेरै भोट आउने अवस्था बन्यो। राष्ट्रिय रुपमा हाम्रो नेतृत्वको नामबाट भोट लिन सक्ने अवस्था हामीलाई प्राप्त भएन। जुन रुपमा मत प्राप्त भएको छ, त्यो स्थानीय संगठनको बल र उम्मेदवारको नामबाट मात्र भएको छ। संगठनका हिसाबले झापा १ मा तयार अवस्थामा हामी थियौं। तर, बाहिरबाट जे–जस्ता प्रतिकूल ढंगको हावा बगेर आयो, त्यसलाई छेक्न सकिएन। राष्ट्रिय रुपमै त्यसलाई रोक्न सकिएन। 

यदि केन्द्रबाट सकारात्मक सन्देश प्रवाह गर्न सकिएन भने आगामी दिनमा झापा १ मात्र होइन, अन्य ठाउँबाट समेत त्यो समस्या आउँछ।

अन्त्यमा, चुनावको नतिजापछि कांग्रेसले गर्नुपर्ने तीन काम बुँदागत रुपमा भन्नुपर्दा?

अब सुरुमै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ। त्यही बैठकबाट अहिले संकट पार गर्ने उपायको खोजी हुनुपर्छ। हामी कहाँ चुक्यौं? वाम गठबन्धन बन्ने दृश्यलाई किन टुलुटुलु हेरेर बसियो? त्यसबाट सुरक्षित हुन हामीबाट हुने प्रहार गर्न किन चुक्यौं? राम्रो काम किन जनतामा सार्वजनिक गर्न सकेनौ? हाम्रा संगठन अवयवहरु किन सुदृढ हुन सकेनन्? मुलुक राष्ट्रिय निर्वाचनमा जाँदा तरुण दलको तीन जनाको कमिटि मात्र किन बोकेर हिड्यौं?अन्य भ्रातृ संगठन किन सुदृढ भएका छैनन्? पार्टीका विभागहरु किन बनिरहेको छैन? पार्टी नेतृत्वले गम्भीरतापूर्वक किन आफ्नो विचार सम्प्रेरण गर्न सकेन? यस विषयमा गम्भीर बहस हुन आवश्यक छ। 

दोस्रो, अब संसदमा गर्ने भूमिकालाई कसरी प्रभावकारी बनाउने ? राज्य पुनर्संरचनापछि सीमांकन त भयो, तर अब नामांकन, प्रादेशिक राजधानी बनाउने लगायत विषयमा आउने विवाद र द्वन्द्वलाई प्रतिपक्षका दलले कसरी जिम्मेवारपूर्ण तरिकाले निर्वाह गर्ने भन्ने विषय मुख्य हो। कांग्रेसले सत्ताको कमाण्ड मात्र छाडेको हो, देश त छाडेको होइन। कांग्रेसले जिम्मेवार ढंगले यस्ता प्रश्न र जटिलताको समाधान गर्न प्रखर रुपमा संसदमा उपस्थिति जनाउनुपर्छ। संसदमा सरकारबाट हुने गल्तीको गतिलो ढंगले प्रहार गर्न संसदमा पार्टीलाई सुदृढ रुपमा प्रस्तुत गर्नुपर्छ।

तेस्रो, अब पार्टीका समस्या र समाधानको बुँदागत रुपरेखा तयार गर्नुपर्छ। त्यसपछि आधुनिक दल बन्न आवश्यक पर्ने पहलकदमी लिएर गम्भीरतापूर्वक नयाँ ढंगले अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो। धेरै राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गर्‍यो, अब कांग्रेसले आफूभित्रको परिवर्तनको नेतृत्व गर्ने सामथ्र्य प्रस्तुत गर्नुपर्छ। पार्टीको संगठन मात्र नभएर आत्मामा समेत कांग्रेसको जीवन भर्न सकियो भने काग्रेसको परिवर्तन पुनर्जीवित र पुनर्ताजगी भएर आउनेछ, अनि फेरि देशको नेतृत्व गर्नेछ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु विद्यार्थीहरुलाई देश नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्देश्य सहितको यो शिक्षाप्रतिको एउटा स्पष्ट दृष्टिकोण हो... सोमबार, साउन १८, २०८३
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ ।  यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्... सोमबार, साउन ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्