• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
संसदमा होइन, पार्टी संगठन बलियो बनाउन म्यान्डेट पाएँ : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  २२:०९
1140x725

प्रखर भाषणकला भएका नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा झापा- १ बाट पराजित हुँदा धेरैले उनलाई मतले हारे पनि मनले नहारेका नेता माने। उनले विजयी उम्मेदवार माओवादी केन्द्रका सुरेन्द्र कार्कीलाई खुलेर बधाई दिएको फोटो सामाजिक सञ्जालमा भाइरल नै भयो। 

हामीले सम्पर्क गर्दा नेता शर्मा मतदातालाई धन्यवाद दिन झापामै घरदैलोमा व्यस्त थिए। उनलाई संसदमा देश्न चाहने प्रशंसक र शुभेच्छुक यो पराजयसँगै खिन्न छन्। पार्टीभित्र मात्र नभई संगठन बाहिर समेत प्रभाव राख्न सफल कांग्रेस केन्द्रीय सदस्य शर्माले चुनावमा कांग्रेसको पराजयलाई कसरी लिएका छन्? अबको राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कस्तो रहन्छ? यिनै विषयमा नेपाल लाइभका हिम विक्रमले शर्मासँग गरेको कुराकानीः 

प्रदेश र प्रतिनिधिसभाको समग्र चुनावी परिणामप्रति तपाईंको के धारणा छ?

निर्वाचनको मुखमा आकस्मिक रुपमा दुई ठूला कम्युनिस्ट पार्टी एकताबद्व भइसकेपछि यस किसिमको परिणाम आउनु स्वाभाविक बन्न पुग्यो। यसका पछाडि मुख्य दुई कारण छन्। एक, चुनाव अगाडि वाम गठबन्धन पैदा हुनु। दोस्रो, पार्टीले आफूले गरेका राम्रा काम जनतामा लैजान नसक्नु। पार्टी प्रतिरक्षात्मक बन्ने मुद्दा समाजमा बढी फैलिनु वा वाम गठबन्धनले त्यसलाई लिएर जानु पराजयका प्रमुख कारण हुन् भन्ने लाग्छ। 

चुनावी नतिजापछि कांग्रेसले आफूलाई कसरी समीक्षा गर्नुपर्छ?

६५ वर्षदेखि नेपाली कांग्रेस सञ्चालनको जुन पद्धति छ, अब त्यसलाई सम्पूर्ण रुपमा पुनर्संरचना गर्नुपर्छ। हामीले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। एकताबद्व भएर हामी बदलिन्छौं, कांग्रेसलाई बदल्छौ, देश बदल्छौं भनेर जनतामा सराकारात्मक सन्देश सम्प्रेषण गर्न आवश्यक छ। त्यसका लागि तत्काल कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ। त्यही बैठकबाट अस्पतालको इमर्जेन्सीमा पुगेको कांग्रेसको डाइग्नोसिस गरेर सामान्य सिटामोल वा एन्टिबायोटिक अथवा सामान्य अपरेशन वा मेजर अपरेशन के गर्नुपर्ने? त्यो विषयमा गम्भीर पहलकदमी गर्नु जरुरी छ। हामी त्यो गर्नेछौं, गर्न सक्नेछौं। नेपाली कांग्रेसलाई एउटा आधुनिक दलका रुपमा रुपान्तरण गरेर राष्ट्रिय राजनीतिमा पुरानै शक्तिका रुपमा फर्काउन सक्नेछौं भन्ने विश्वास छ। 

कांग्रेसकै धेरै नेताले स्वीकार गरे अनुसार गल्ती सबै पार्टीले गरे पनि कांग्रेसले अलि बढी गर्‍यो। यसमा तपाईंको कुनै टिप्पणी?

बिल्कुल होइन। एउटा राजनीतिक दलले काम गरिरहँदा कमजोरी हुने वा राम्रो हुने दुवै पाटो हुन्छ। कांग्रेसको सरकार भएको बेला महाअभियोग अथवा आइजिपी प्रकरण भयो, निश्चित रुपमा त्यो कमीकमजोरीले हामीलाई गम्भरी असर गर्‍यो।

Ncell 2
Ncell 2

तर, कांग्रेसले नै हिंसाबाट शान्ति स्थापना गर्न नायकत्व प्रदान गरेको थियो, त्यो कुरालाई सार्वजनिक रुपमा पार्टीले बेच्न सकेन। संविधानविहीनताको मुलुकलाई संविधान दिएर नेतृत्व गर्‍यो, त्यो कुरालाई लिएर जान सकिएन। आगो लागिरहेको मधेसलाई विश्वासमा लिएर एउटा पनि गोली चल्ने अवस्था नबनाई स्थानीय निर्वाचन मधेसमा सम्पन्न भयो, त्यसलाई समेत जनतामा स्थापित गर्न सकिएन। 

कांग्रेसका राम्रा कामहरु नहेरेर खराब पाटोको मात्र चर्चा गरियो र गराइयो। जस्तो प्रतिकूल अवस्थाका बीच प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय निर्वाचन सम्पन्न भएको छ। विपक्षीले धन्यवाद समेत दिन कन्जुस्याइँ गरेका छन्। 

कार्यकर्ताले समेत पार्टी नेतृत्वको काम नदेख्ने हो भने समस्या उत्पन्न हुन्छ। कमजोरी भएका विषयमा गम्भीर ढंगले प्रहार गरौं, तर पार्टीले गरेका राम्रो कामलाई जनतामा लैजाऔं। त्यहीँबाट कांग्रेसलाई नयाँ ढंगले आधुनिक राजनीतिक दल बनाउन सकिन्छ। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ क्षेत्रीय भनिएका दल राजपा र संघीय समाजवादीको गठबन्धनकै हाराहारी मात्र देखियो कांग्रेस। कस्तो लागिरहेको छ?

नेपाली कांग्रेसले सांगठनिक स्थिति सुदृढ बनाउनु अहिलेको कत्र्तव्य हो। त्यही समस्याले मधेससहित देशैभर कांग्रेसको अवस्था नाजुक देखियो। जसले गर्दा विपक्षीको प्रहार, कमजोर संगठन भएका कारणले रोक्न सकिएन। अब पार्टी संगठनलाई बलियो बनाउन सकियो भने कांग्रेसलाई सुदृढ बनाएर लैजान सकिन्छ।

चुनावमा बेहोरेको क्षतिबाट कांग्रेस सम्हालिन सक्छ ? यसका प्राथमिक उपचार के–के हुन सक्छन्?

यसको एउटै समाधान भनेको केन्द्रीय समितिको बैठक तत्काल बोलाउनुपर्छ। सोही बैठकले क्षतिको वास्तविक विवरण, उपलब्धिको रक्षा, संगठन सुदृढीकरण, वाम गठबन्धनको सरकारसँग पार्टीको सम्बन्ध लगायत विषयमा गम्भीर समीक्षा र छलफल हुन आवश्यक छ। 

देशभर निराशामा बदलिएका कार्यकर्तामा कसरी उत्साह भर्ने, आधुनिक कांग्रेस बन्ने यात्रा कसरी प्रारम्भ गर्ने? त्यस विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक तत्काल बस्नुपर्छ। 

कांग्रेसभित्र समेत चुनावपछि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेका छन् नि!

अस्पतालको इमर्जेन्सीमा राखिएको बिरामीलाई के उपचार गर्ने भन्ने कुरा हस्पिटलको आँगनमा बसेर डक्टरले बोल्न थालेपछि त्यसले समाधान दिँदैन। त्यसले त बिरामीको ज्यान अझ जोखिममा पर्छ। इमर्जेन्सीमा राखिएको बिरामीको पूर्णरुपमा ‘डाइग्नोसिस’ गरिसकेपछि मात्र समाधानको विषयमा छलफल गर्न सकिन्छ। आवेगमा आउँदैमा त्यसले समाधान दिँदैन। 

निर्वाचनमा यस किसिमको परिणाम आउनुमा को बढी जिम्मेवार छ?
यसमा सम्पूर्ण रुपमा नेपाली कांग्रेस पार्टी जिम्मेवार छ। 

तपाईं निर्वाचनमा पराजित भएपछि जनताको घरदैलोमा जानुभएको छ। मतदाताको प्रतिक्रिया के पाउनुभयो?

मतदाताको मिश्रित प्रतिक्रिया छ। निराश पनि हुनुहुन्छ। हामीले मत दियौं, हाम्रो मतको काम भएन, जिताउन सकिएन भन्ने निराशा पनि देखिन्छ। आफूले भोट हालेको उम्मेदवार पराजित हुँदा स्वाभाविक रुपमा मतदातामा त्यो पर्न जान्छ। 

यस्ता पनि मतदाता छन्, अन्य ठाउँमा कांग्रेसले ठूलो अन्तरले पराजित हुँदा समेत हामी थोरैले चुक्यौं भनेर सहानुभूति राख्नेहरु पनि छन्। त्यसैले हाम्रो जित भएको छ भन्ने मतदाता पनि छन्। देशव्यापी रुपमा जुन किसिमको गठबन्धन बनेको थियो, त्यसलाई चिर्न सकेनौं, संगठन सुदृढ नभएर हार्‍यौं, अब सुधारका लागि भिड्नुपर्छ भन्ने जनताले मलाई म्यान्डेड दिएका छन्।

तपाईंले आफ्नो पराजयलाई कसरी लिनुभएको छ?

मैले स्वाभाविक रुपमा लिएँ। स्थानीय निर्वाचनको पहिलो र तेस्रो दल चुनावको मुखमा एक हुने अवस्थामा आएपछि त्यसले कांग्रेसलाई गुमाउने अवस्थामा पुर्‍याउने नै थियो। कांग्रेसले आफ्ना राम्रो कुरा जनतामा लैजान सकेन, कमजोर रुपमा प्रहार खेप्नुपरेकाले समेत परिणामलाई मैले स्वाभाविक रुपमा लिएँ। तर, कम मतान्तरले उपविजेता हुँदा मतदाताको धेरै माया पाएँ भन्ने लाग्छ। गठबन्धनसँग धेरै मत हुँदा पनि थोरै मतको अन्तरले हारियो। त्यस हिसाबले मतदाताले धेरै माया गरे भन्ने लाग्छ। मन जित्न सकियो, मतले चाहिँ जित्न सकिएन।

निरन्तरको पराजयले एउटा आशा गरिएको नेतृत्वमा कत्तिको दबाब महसुस हुँदो रहेछ?

निश्चय नै एक ढंगको दबाब त उम्मेदवार, केन्द्रीय सदस्यको रुपमा पारेको छ। 

बारम्बार निर्वाचनमा चुक्दा राष्ट्रिय राजनीतिमा आफ्नो क्षमता परीक्षण गर्न पाउनुभएन नि!

संसदमा भनेको सन्दर्भमा तपाईंले भनेको सही हो। देशभरका साथीहरुको चाहना विश्वप्रकाश शर्मालाई संसदमा भूमिकासहित देख्न पाऊँ भन्ने थियो, त्यो पूरा भएन। मलाई मेरो क्षेत्रका मतदाताले संसदमा गएर भूमिका निर्वाह गर्न तिमीसँग भोलि पनि समय छ, तर संगठनलाई सुदृढ बनाउनमा ध्यान केन्द्रित गर भन्ने सन्देश दिए जस्तो लाग्छ। कांग्रेसलाई सुदृढ र आधुनिक बनाउन लाग्नु भन्ने म्यान्डेट दिए भन्ने मेरो बुझाइ हो। 

यदि कांग्रेसलाई सुदृढ बनाउनतिर लागिएन भने मेरो मात्र होइन, समग्र लोकतान्त्रिक संस्कारमा विश्वास गर्नेको भविष्य कमजोर बन्छ भन्ने सन्देश आम मतदाताबाट पाएको छु भन्ने लाग्छ।

वैचारिक नेतृत्वका हिसाबले विश्वप्रकाश शर्मा जति सशक्त छन्, चुनावी नतिजाले संगठन निर्माण कमजोर रहेको देखाउँछ भनेर टिप्पणी गर्न मिल्छ?

मेची अञ्चलको परिणाम हेर्ने हो भने सबैभन्दा कम मतान्तरको साथ उपविजेता हुने मै हो। एक्लाएक्लै लडेको अवस्था हुन्थ्यो भने नतिजा भिन्न हुन्थ्यो। संगठन वा राष्ट्रिय रुपमा कुनै भूमिका वा जिम्मेवारीमा बसेर काम गरेको भए, त्यसको प्रभाव छाड्न सकेको भए फरक खालको परिणाम हुन्थ्यो। 

पार्टीको एक केन्द्रीय सदस्यको रुपमा गरेको कामले समेत मतदाताले मलाई विश्वास गरे, त्यसैले पनि सानो मतान्तरले हारेँ। राष्ट्रिय राजनीतिमा जुन प्रतिकूलताको अवस्था सिर्जना भयोे, कांग्रेसलाई त्यसले ठूलो असर गर्‍यो। त्यसमा पनि झापा जिल्ला एमाले पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला हो। उहाँको नामबाट पनि धेरै भोट आउने अवस्था बन्यो। राष्ट्रिय रुपमा हाम्रो नेतृत्वको नामबाट भोट लिन सक्ने अवस्था हामीलाई प्राप्त भएन। जुन रुपमा मत प्राप्त भएको छ, त्यो स्थानीय संगठनको बल र उम्मेदवारको नामबाट मात्र भएको छ। संगठनका हिसाबले झापा १ मा तयार अवस्थामा हामी थियौं। तर, बाहिरबाट जे–जस्ता प्रतिकूल ढंगको हावा बगेर आयो, त्यसलाई छेक्न सकिएन। राष्ट्रिय रुपमै त्यसलाई रोक्न सकिएन। 

यदि केन्द्रबाट सकारात्मक सन्देश प्रवाह गर्न सकिएन भने आगामी दिनमा झापा १ मात्र होइन, अन्य ठाउँबाट समेत त्यो समस्या आउँछ।

अन्त्यमा, चुनावको नतिजापछि कांग्रेसले गर्नुपर्ने तीन काम बुँदागत रुपमा भन्नुपर्दा?

अब सुरुमै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ। त्यही बैठकबाट अहिले संकट पार गर्ने उपायको खोजी हुनुपर्छ। हामी कहाँ चुक्यौं? वाम गठबन्धन बन्ने दृश्यलाई किन टुलुटुलु हेरेर बसियो? त्यसबाट सुरक्षित हुन हामीबाट हुने प्रहार गर्न किन चुक्यौं? राम्रो काम किन जनतामा सार्वजनिक गर्न सकेनौ? हाम्रा संगठन अवयवहरु किन सुदृढ हुन सकेनन्? मुलुक राष्ट्रिय निर्वाचनमा जाँदा तरुण दलको तीन जनाको कमिटि मात्र किन बोकेर हिड्यौं?अन्य भ्रातृ संगठन किन सुदृढ भएका छैनन्? पार्टीका विभागहरु किन बनिरहेको छैन? पार्टी नेतृत्वले गम्भीरतापूर्वक किन आफ्नो विचार सम्प्रेरण गर्न सकेन? यस विषयमा गम्भीर बहस हुन आवश्यक छ। 

दोस्रो, अब संसदमा गर्ने भूमिकालाई कसरी प्रभावकारी बनाउने ? राज्य पुनर्संरचनापछि सीमांकन त भयो, तर अब नामांकन, प्रादेशिक राजधानी बनाउने लगायत विषयमा आउने विवाद र द्वन्द्वलाई प्रतिपक्षका दलले कसरी जिम्मेवारपूर्ण तरिकाले निर्वाह गर्ने भन्ने विषय मुख्य हो। कांग्रेसले सत्ताको कमाण्ड मात्र छाडेको हो, देश त छाडेको होइन। कांग्रेसले जिम्मेवार ढंगले यस्ता प्रश्न र जटिलताको समाधान गर्न प्रखर रुपमा संसदमा उपस्थिति जनाउनुपर्छ। संसदमा सरकारबाट हुने गल्तीको गतिलो ढंगले प्रहार गर्न संसदमा पार्टीलाई सुदृढ रुपमा प्रस्तुत गर्नुपर्छ।

तेस्रो, अब पार्टीका समस्या र समाधानको बुँदागत रुपरेखा तयार गर्नुपर्छ। त्यसपछि आधुनिक दल बन्न आवश्यक पर्ने पहलकदमी लिएर गम्भीरतापूर्वक नयाँ ढंगले अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो। धेरै राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गर्‍यो, अब कांग्रेसले आफूभित्रको परिवर्तनको नेतृत्व गर्ने सामथ्र्य प्रस्तुत गर्नुपर्छ। पार्टीको संगठन मात्र नभएर आत्मामा समेत कांग्रेसको जीवन भर्न सकियो भने काग्रेसको परिवर्तन पुनर्जीवित र पुनर्ताजगी भएर आउनेछ, अनि फेरि देशको नेतृत्व गर्नेछ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास
सम्बन्धित सामग्री
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७ सय रुपैयाँमा कार... आइतबार, जेठ २५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्