• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अनि 'बोल माया'को छोरो बन्यो 'गलबन्दी'

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १७, २०७६  १३:१०
1140x725

काठमाडौं- प्रकाश सपुतको गीत ‘बोल माया’ धेरैले हेरेको हुनुपर्छ। उक्त गीतमा महिला पात्र (मोडेल अञ्जली अधिकारी) दुई जिउकी छिन्। रोजीरोटीका लागि विदेशिनुपर्ने कथासँग बहेको गीतले धेरैको मथिंगल हल्लायो। गीतलाई गहिरिएर हेर्नेले सपुतलाई एउटा कमेन्ट गरिरहे– ‘बोल माया’को छोरो भयो कि छोरी? एउटा म्युजिक भिडियोका लागि कथा बुनेका प्रकाश दर्शकस्रोताको उक्त प्रतिक्रियापछि सोच्न बाध्य भए। 

आफ्नो पहिलो चर्चित गीत ‘दोहोरी ब्याटल’को दोस्रो भागबाट मिश्रित प्रतिक्रिया बेहोरेका उनले ‘बोल माया’को सिक्वेल सोचेकै थिएनन्। तर, ‘छोरा भयो कि छोरी’ भन्नुको अर्थ दर्शकले त्यसको अर्को भागको अपेक्षा गरेको उनले बुझे। तैपनि उनले सिक्वेल बनाउने आँट गरेनन्। 

गाउँमा रोदी बस्दा गाइने गीत र जम्ने माहोलमाथि उनले गीत बनाए, ‘गलबन्दी’। गीत बन्दासम्म पनि यो सिक्वेलका लागि थिएन। अर्थात् ‘बोल माया’कै टिम (सपुत, गायिका शान्ति श्री र मोडेल अञ्जली) को अर्को प्रस्तुति थियो। म्युजिक भिडियो बनाउनुअघि उनले दर्शकहरुले निरन्तर सोधिरहेको ‘‘बोल माया’को छोरो भयो कि छोरी?’ भन्ने प्रतिक्रिया सम्झिए। त्यसपछि ‘बोल माया’को छोरो बन्यो ‘गलबन्दी’। सपुत भन्छन्, 'सिक्वेल होइन, 'बाेल माया'को छोरा हो यो।'

‘बोल माया’ एउटा विम्ब बनेको छ। अहिले विदेश जानेहरु ठट्टामा भन्न थालेका छन्, ‘बाँचे कमाइन्छ, नत्र ‘बोल माया’ भइन्छ। विदेश त जाने हो।’ 

भावुक गीतको रोमान्टिक ‘छोरा’ दर्शक स्रोतामाझ उत्तिकै जँचेको छ। गीत सार्वजनिक भएको एक हप्तामै ४० लाखको हाराहारीमा हेरिएको छ। ‘टिकटक’ धेरै बन्ने गीतमा परेको छ। गाडी र एफएममा धेरै बज्ने गीत भएको छ। नेपाली लोकगीतमा प्रयोग हुने ठेट बिम्ब, मेलोडी मिश्रित भाका र सरल शब्द रहेको गीत कर्णप्रिय छ। सुरिलो स्वरकी शान्तिश्री परियारले ‘बोल माया’मा जस्तै यो गीतलाई श्रवणीय बनाइदिएकी छिन्। मोडेल अञ्जली र उनको स्वभाविक लाग्ने अभिनयले दर्शनीय समेत बनाएको छ।

अघिल्लो गीतमा विदेशमै ज्यान गुमाएर ‘बाकसमा फर्किने’ व्यक्तिको सन्तानले बुवाको बारेमा सोध्दा आमाले सम्झिएको प्रसंग यो गीतको म्युजिक भिडियोमा छ। तर, गीतको सिक्वेल होइन, सिक्वेल आउने संकेत भने यही गीतमार्फत दिइएको छ। बुवाको ‘हिरो’ बन्ने सपना रहेको सुनेपछि छोरो गाउँबाट भागेको छ। आमालाई चिठी लेखेको छ– बुवाको सपना पूरा गरेर फर्किन्छु है आमा।

Ncell 2
Ncell 2
nimb
nimb

सपुतले म्युजिक भिडियोमा कहीँकतै आफ्नै कथालाई घुसाउँदै आइरहेका छन्। म्युजिक भिडियोमा उक्त पात्रको ‘हिरो’ बन्ने जुन उत्कट चाहना छ, त्यो प्रकाश आफ्नै हो। 

यही चाहना पूरा गर्न आफ्ना गीतमा गीतमा आफैंले अभिनय गर्ने गरेका छन्। धेरै अरुका गीतमा समेत नाचेका छन्। अहिले गायकका रुपमा स्थापित भए पनि सानोमा उनलाई हिरो बन्ने रहर थियो। फिल्म हेर्न सानैदेखि मरिहत्ते गर्थे। हिरो बन्ने भित्री रहर उनी आफ्नो घरभन्दा केही माथि रहेको आले परिवारको घरमा रहेको टिभी हेर्न ढोका र झ्यालका कापबाट चियाउने गरेको प्रसंग उनी साथी सर्कलमा अहिले पनि बेलाबखत सुनाइरहन्छन्। उनीसँग ती सम्झनाहरु छन्, ‘फिल्ममा यति धेरै रुचि थियो कि खुट्टा निदाएको या दुखेको केही मतलब हुँदैनथ्यो। पछि रिक्वेस्ट गरेर झ्यालबाट देखिने ठाउँमा राखिदिन अनुरोध गरियो।’ हिरो नै बन्न रहरले बागलुङबाट उनी काठमाडौंमा भएको ‘को बन्छ कलाकार?’को अडिसनसम्म दिन आएका थिए। 

संघर्षबाट उठेको प्रतिभा कसरी फैलिँदै जान्छ? यसको उत्तर हुन्, उनी हुन्। दुनियाँमाझ आफूलाई चिनाउन उनलाई लामो समय लाग्यो। तर, जब चिनिए, त्यसपछि निरन्तर आफ्नो स्तर उकासिरहेका छन्। सपुत मूलतः गायक हुन्। तर, गायकभन्दा बढी उनी सर्जक हुन्छन्। हाल उनको गायकीलाई सिर्जनशीलताले माथ दिइरहेको छ। धेरैले उनलाई ‘दोहोरी ब्याटल’बाट चिने। उनलाई लाग्छ, ‘दोहोरी ब्याटल ल्याउनुअघि पनि म गीत लेख्थेँ, संगीत गर्थें र गाउँथे। लोकदोहोरी सुन्ने  दर्शक/श्रोताले मलाई सुन्थे। तर ब्याटल ल्याएपछि मैले मेरा नयाँ प्रशंसकहरु कमाएँ।’

लोकदोहोरीमा फरकपन प्रस्तुत गर्ने क्रममा उनले यसबाट  केही प्रशंसा र केही आलोचना खेपे। तर, उनलाई बेफाइदा भने भएन। लामो समयदेखि लोकसंगीतमा संघर्ष गरिरहेका उनलाई ‘लोक क्षेत्र’ बाहिर यसैले पहिचान बनाइदिएको हो। गीत हिट भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो गीतबाट बनेका आलोचकलाई उनले केही महिनामै ‘बोल माया’ गीतमार्फत प्रस्तुत गरेर प्रशंसक बनाइदिए। आफ्नो खास प्रतिभा प्रस्तुत गरेको खाडी मुलुकमा पसिना बगाउनुपर्ने नेपाली युवाहरुको दुःखान्त प्रस्तुत गरिएको गीत ‘भाइरल’ भयो। संगीत उद्यमी सुवास रेग्मी त यो गीतले नेपाली लोकसंगीतको ट्रेन्ड नै परिवर्तन गरेको बताउँछन्। उनले एक कार्यक्रममा भनेका थिए, ‘त्यसपछि त्यही शैली पछ्याइएका गीतहरु निकै बजारमा आए र आउने क्रम जारी छ।’

उक्त गीत सिर्जनमा उनले दुःख गरे पनि यतिविधि चर्चित होला भन्ने अपेक्षा गरेका थिएनन्। ‘मैले ब्याटल गाउँदा लोक गीत गाउने मान्छेले किन यस्तो गीत गायो होला भनेर जसले चित्त दुखाएका थिए उनीहरुका लागि यो गीत बनाएको थिएँ। तर, यो सबैका निम्ति भइदियो,’ प्रकाश भन्छन्। 

भावुक स्वभावका सपुत समाजको यथार्थसँग जोडिएका गीतहरु मनको भित्री तह छुनेगरी प्रस्तुत गर्न सक्छन्। यी गीत बजारमा आउनु दुई वर्षअघि दसैंको छेकमा उनले सार्वजनिक गरेको ‘चरर, बरर, धरर’ नामक गीतमा उनले आफूलाई प्रस्तुत गरेका थिए। शब्दमा सिर्जनशीलता, संगीतमा फरकपन र अभिनयमा समेत निखारता दर्शाएका थिए। अहिले जति दर्शक कमाइनसेकका उनको उक्त गीत एउटा घेरामा मात्रै चर्चित भयो। 

त्यसअघि उनले सार्वजनिक गरेका गीतहरुले पनि घेरा नाघ्न सकेनन्। संगीत क्षेत्रमा आफूलाई प्रमाणित गर्ने कोसिस उनले कहिल्यै छाडेनन्। बागलुङको औसतभन्दा पनि गरिब परिवारमा जन्मिएको बताउने सपुत काठमाडौंमा चर्चित गायकसम्म पुग्ने बाटो सिधा हुने कुरै हुँदैन। जात र वर्गप्रति अझै असहिष्णु नेपाली समाजले दिएका पीडाको फहेरिस्त छन्।

उनले एसएलसी सकिनासाथ संघर्ष सुरु गरेका हुन्। आफ्नै कमाइमा आफू र परिवारलाई भरथेग थालेका हुन्। यसका लागि कहिले फर्निचरमा काम गरे, कहिले कम्प्युटर सिकाए, कहिले एनजिओमा काम गरे। यी विगतहरुले अहिले उनलाई ऊर्जा दिन्छ। 

काठमाडौंमा जीविकोपार्जन गरेर सिर्जनशीलता जोगाइराख्न उनलाई कम्ता मुस्किल परेन। जीविकोपार्जनका लागि उनी होटेलमा हेल्परसम्मको काम गरेको सुनाउँछन्। दोहोरी साँझमा लामै समय गीत गाए। उनलाई आफ्नो क्षमताप्रति आत्मविश्वास भने सदा उस्तै थियो। त्यसैले एकदिनको पर्खाइमा थिए। त्यो दिन अहिले उनले महसुस गरिरहेका छन्। 

लोकसंगीतमा उनी दिनप्रतिदिन उचाइ थपिरहेका छन्। तर, मनको भित्री कुनामा अझै फिल्ममा काम गर्ने आशा जीवित छ। स्वभावतः निराशावादी लाग्ने प्रकाशले हरेक कुरामा यस्तै आशा पाल्नु अझै उत्तम हुन सक्छ। आशाले प्रतिभाको उज्यालो प्रकाश फैलाउन थप सघाउन सक्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्