• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'काण्डैकाण्डमा फस्नु कांग्रेसको दुर्भाग्य'

64x64
नेपाल लाइभ सोमबार, मंसिर २५, २०७४  १९:१८
1140x725

पार्टीभित्रकै केही प्रभावशाली नेताको 'आँखाको कसिंगर' बनेका धनराज गुरुङ कांग्रेस केन्द्रीय सदस्य हुन्। चुनावमा टिकट नपाएका उनी समानुपातिकको सूचीमा समेत अटेनन्। कारण, भ्रष्टले समेत चुनाव लड्न पाउनुपर्छ भनेर कांग्रेसका केही नेताले हालेको संशोधन प्रस्तावको नेता गुरुङले चर्को विरोध गरेका थिए। तर चुनावमा लड्न नपाए पनि उनी निर्वाचनका बेला विभिन्न जिल्लामा पुगे र प्रचारप्रसारमा व्यस्त रहे। 

प्रदेश र प्रतिनिधिसभाको मतगणना अब अन्तिम चरणमा पुगेको छ। कांग्रेसले देशैभर प्रत्यक्षतर्फ लज्जास्पद हार बेहोरेको छ। काठमाडौं बसेर निर्वाचनको परिणामलाई नियालिरहेका गुरुङले कांग्रेसले हारलाई कसरी लिएका छन्? नेपाल लाइभका हिम विक्रमले कांग्रेसको चुनावी परिणाम र भावी रणनीतिका विषयमा कुराकानी गरेका छन्। 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको खराब नतिजाप्रति तपाईंको धारणा के हो?
नतिजा जुन आएको छ, त्यसबाट कांग्रेसले पाठ सिक्नुपर्छ। खासगरी कांग्रेसको मूल नेतृत्ववर्गले पाठ सिक्न आवश्यक छ। हामीले सत्ता आफ्ना लागि होइन, जनताका लागि प्रयोग गर्नुपर्छ। सत्ताप्राप्ति गर्न मरिहत्ते गर्ने तर सत्तामा पुगेपछि उपलब्धिमूलक काम गर्न नसक्ने चरित्र देखिएको छ। हामीले राम्रा काम नगरेको त होइन तर जनताका लागि लोकप्रिय कार्यक्रम पनि सँगै ल्याउनुपर्छ। कांग्रेसले लोकप्रिय कार्यक्रम कहिल्यै ल्याउन नजान्ने भयो। सत्तामा पुगेपछि कांग्रेसमा सत्ताको दम्भ पनि देखियो। राष्ट्रिय एजेन्डामा पार्टीले ठिक ढंगले निर्णय समेत गर्न सकेन भन्ने लाग्छ। 

निर्वाचनको सन्दर्भमा कहाँनेर गल्ती गरियो भन्ने लाग्छ? समग्रमा कांग्रेसको खराबी नतिजामा पार्टीका कमजोरी केके रह्यो?
सबै पार्टी एक्लाएक्लै लडेको भए कांग्रेसको यो अवस्था आउने थिएन। पहिलो कारण, वामपन्थी शक्तिहरु एकापसमा मिल्नु हो। तर त्यो भनेर कांग्रेस नेतृत्वले गल्तीबाट उम्किन मिल्दैन। कांग्रेसका आफ्नै गल्तीहरु पनि छन्। अनाहकमा काण्डैकाण्डै किन घटाइयो? जनताले हेरेर बसेका छन्, अहिलेका जनता सचेत छन्। कहिले आइजिपी काण्ड, कहिले राजदूत काण्ड त कहिले महाअभियोग काण्ड! यस्ता काण्ड घटाउनु हुँदैन भन्ने लाग्छ। यसअघि समेत म यसविरुद्ध उत्रिएको थिएँ, त्यसैले यस विषयमा भन्न मलाई कुनै समस्या छैन। नेतृत्व यस्ता बिषयमा गम्भीर हुनुपर्छ।

राष्ट्रिय मुद्दामा समेत ठिक समयमा ठिक ठाउँमा उभिन सक्नुपर्छ। जस्तै, लोकमानसिंह कार्कीविरुद्धको प्रकरण त म स्वयं, गगन थापा र श्याम श्रेष्ठले सुरु गरेका हौं। अन्य दुई पार्टीले निर्णय गर्दासमेत हाम्रो पार्टीले औपचारिक धारणा सार्वजनिक नगरेर गल्ती गर्‍यो। व्यक्तिगत रुपमा हामी लोकमानविरुद्व उभियौं तर पार्टी उभिन सकेन, चुक्यो। 

सत्तामा पुगेपछि लोककल्याणकारी काम गर्न सक्नुपर्छ। एक-दुई मन्त्री भएर गर्नु र सिंगो पार्टीले गर्नु फरक हो। 

सांसदको तलब वृद्वि गर्ने विषयमा मैले विरोध गरेँ, त्यस विषयमा मैले पार्टी सभापतिलाई भेटेर भनेको थिएँ, यस्तो निर्णय गराउनु हुँदैन। जनता च्यातिएको पालमुनि भएको बेला यस्ता विषयको औचित्य हुँदैन भनेर विरोधमा जान प्रस्ताव गरेको थिएँ, तर उहाँले त्यसमा निर्णय गर्न सक्नुभएन। 

अरु पनि दर्जनौं कुरा छन्। फरक-फरक अवस्थामा पार्टीले अडान लिन सक्नुपर्छ। उदाहरणका लागि भ्रष्टले चुनाव लड्न पाउनुपर्छ भनेर संशोधन विधेयकमा मत हाल्ने हो त? यसले गर्दा एउटा गलत सन्देश जनतामा गयो। कांग्रेसका १९ सांसद भ्रष्टले चुनाव लड्न पाउनुपर्छ भन्नेमा थिए। त्यसले त नकारात्मक असर पार्‍यो नि। त्यस विधेयक तुहाउने काममा म आफै अग्रसर भएँ, त्यसको परिणाम म भोगिरहेको छु। 

Ncell 2
Ncell 2
nimb
nimb

तर मलाई कुनै गुनासो छैन। गलत कुराको विरोध गर्नुपर्छ, जनताको पक्षमा उभिनुपर्छ भन्ने लाग्छ। 

अर्को कारण टिकट वितरणमा समेत गल्ती गरियो। टिकट वितरणमा लोकप्रिय मान्छेलाई दिने कि आफ्ना मान्छे रोज्ने? धन र डन आउनेबित्तिकै टिकट दिनुपर्ने कारण के?
चुनाव हार्नुमा धेरै कारण छन्। अरुले गल्ती नगरेका त होइनन् तर कांग्रेसले धेरै गर्‍यो। राजनीति आफ्नो परिवारका लागि होइन, जनताका लागि हो। यसमा नेतृत्ववर्ग अभिशप्त देखियो, परिवारभन्दा माथि उठ्न सकेन। देश कसरी चलाउने भन्ने सोच नै देखिएन। 

परिवारभन्दा माथि उठे क्षेत्रीयतामा जाने जस्तो देखियो, त्यसले देश चल्दैन। देश चलाउन राष्ट्रिय पार्टीको राष्ट्रिय दृष्टिकोण पस्किन सक्नुपर्छ, नत्र क्षेत्रीय पार्टी चलाए भयो। मधेसवादी दलले मधेसका लागि भन्दै क्षेत्रीय पार्टी खोले जस्तै कसैले सुदूरपश्चिम त कसैले पूर्व क्षेत्रीय पार्टी खोले भयो। 

निर्वाचनले कांग्रेसको अवस्था निकै नाजुक देखियो। कांग्रेसलाई चुनावको म्यान्डेट के हो?
यो त सुध्रनुपर्छ भन्ने म्यान्डेट हो। चुनावले अब राम्रोसँग प्रतिपक्षको भूमिका निर्वाह गर भनिसक्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसमा एउटा नेतृत्व मात्र होइन, नेतृत्ववर्गले नै गल्ती गरेको छ। टिकट वितरणमा एक जनाले मात्र टिकट बाँडेको होइन। अवैधानिक ढंगले बोर्ड गठन गर्दा चुइँक्क नबोल्ने पक्ष यसमा जिम्मेवार छन्। ती पक्षबाट पनि कमजोरी मज्जाले भएको छ। 

त्यसो भए नेतृत्ववर्गले यसमा गम्भीर आत्मालोचना गर्नुपर्छ, हो?
आत्मालोचनाले पुग्दैन, पार्टीको पुनर्गठन हुनपर्छ। तलदेखि माथिसम्म पुनर्गठन हुनुपर्छ, नभए पार्टी ध्वस्त हुन्छ। पार्टी र जनताका लागि काम गर्ने नेता स्थापित भएर जाने विकल्प खोज्नुपर्छ, अब त्यो ठाउँबाट सोच्न आवश्यक छ। महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यले अब त्यसतर्फ सोच्न आवश्यक छ। होइन भने समूह विभाजनको नाममा एउटाले अर्कोलाई, अर्कोले एउटालाई समाइराख्ने, त्यही नालायकीपन हामीले गरिरहने हो भने महासमिति, महाधिवेशन प्रतिनिधिले त्यसै गरी हिँडिरहने हो भने पार्टी कहिल्यै सुध्रिँदैन।

उहाँहरुले समेत अब हेर्नुपर्‍यो, कसले के गरेको छ भन्ने कुरा। सबै कुरा हाम्रो अगाडि फेहरिस्त छँदैछ। पार्टीलाई कुन अवस्थामा पुर्‍याउन सकिन्छ भन्ने थियो। हामी ३–४ नेताले जुन विषयमा कुरा उठाएका थियौं, सिंगो पार्टीले त्यसमा अडान लिएको भए आज यो अवस्था भोग्नुपर्ने थिएन। 

त्यसो भए पार्टी नेतृत्वले राजीनामा दिनुपर्छ भन्न खोज्नुभएको हो? 
विशेष महाधिवेशन बोलाउन आवश्यक छ। समग्र विषयमा छलफल र समीक्षा गर्नुपर्छ। नेतृत्वको सवालमा समेत सोही विशेष महाधिवेशनमा छलफल हुनुपर्छ। महाधिवेशनले पुनर्गठनमै जोड दिनुपर्छ। माथि मात्र परिवर्तन गर्न खोज्ने होइन, तलसम्मै पार्टीभित्र व्यापक सुधारको आवश्यक छ।

यहाँ पनि चाकडीबाजकै बोलबाला हाबी हुन्छ। चाकडीबाजहरुले अहिलेको नतिजामा त २०६४ मा पनि हारेकै थियो सम्म भन्न भ्याए होलान्, तर त्यो होइन। पार्टीभित्र हामीले नैतिकताको राजनीति गर्नुपर्छ, त्यस्तो राजनीति गर्नेले पार्टीभित्रको निर्णयमा समेत विचार गर्नुपर्छ। 

वर्तमान नेतृत्व पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कुनै टिप्पणी?
उहाँप्रति मेरो एउटै टिप्पणी छ, प्रधानमन्त्री प्रधानमन्त्री बन्नका लागि होइन। प्रधानमन्त्री र मन्त्री पटक-पटक बनिरहने कुरा होइन। त्यसको जिम्मेवारी लिएको बेलामा जनतालाई अनुभूत हुनेगरी सत्ता सञ्चालन हुनपर्छ। हामीले सत्तामा जाने तर जनताले त्यसको अनुभूत नगर्ने हो भने कोही पनि मन्त्री वा प्रधानमन्त्री रहँदा कुनै अर्थ रहँदैन। प्रधानमन्त्री हुनु भनेको मुलुकलाई ठिक ढंगले सञ्चालन गरेर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ।

दक्षिण कोरिया एकै जनाले कायापलट बनाएको हो, त्यहाँ पनि धेरै मानिस प्रधानमन्त्री भए। उदाहरण हेर्नुस्: सिंगापुर, मलेसिया, कोरिया, एकै मानिस नेतृत्वमा आउँदा ती मुलुक कायापलट भए। हामीले त्यसलाई सकारात्मक ढंगले सोच्नुपर्छ। भइरहेको छ, चलिरहेको छ; मन्त्री, प्रधानमन्त्री आउँछन्-जान्छन् भनेर मात्र लिने हो र? अहिलेको प्रधानमन्त्रीमा समेत मैले फरक देखिनँ।

चुनावको परिणाम हेर्दा त कांग्रेस आफै पनि निर्वाचन लड्न तयार थिएन भन्ने देखिन्छ नि?
कांग्रेसको सांगठनिक रुपमा भन्दा सैद्धान्तिक कुरामा विचलन आएन होला। प्रजातान्त्रिक समाजवाद भनियो होला, नीतिगत रुपमा हामीले त्यही फेरो समाइरहेका छौं। हाम्रो विचाराधारा, आदर्श र सिद्धान्तलाई सत्तामा पुग्दाखेरी त्यसलाई ठिक ढंगले कार्यान्वयन गर्नुपर्छ कि पर्दैन? त्यो गर्दिएको भए हुन्थ्यो, तर त्यो हुन सकेन। 

संगठनभित्र हामी पनि आफ्नामाथि आसक्त बन्यौं। टिकट आफूले लिने अनि श्रीमती, छोरा, बुहारीलाई टिकट दिने प्रवृत्ति सबै राजनीतिक दलमा हाबी भयो। यो गलत हो। 

हामीले पार्टीलाई एक घर र पार्टीभित्रका सबैलाई सदस्य ठान्नुपर्छ। नेपाल एउटा घर र नेपाली एकै परिवार भन्ने स्थापित गर्न सकेन भने त्यो व्यक्ति राजनेता हुन सक्दैन। मन्त्री, प्रधानमन्त्रीभन्दा राजनेता भनेको छुट्टै कुरा हो।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्