• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

क्यानभासमा कला-प्राण

64x64
नेपाल लाइभ शनिबार, जेठ ४, २०७६  १५:५५
1140x725

काठमाडौं– बबरमहलस्थित नेपाल कला परिषद्‌भित्र मानिसको घुइँचो छ। 

कसैका आँखा अनौठो किसिमले भित्तामा अल्झिएका छन्। भित्तातर्फ तेर्सिएका कसैका हात स्पर्शका निम्ति आतुर छन्। कोही क्यामेराले भित्तालाई तस्बिरमा कैद गर्न खोजिरहेका छन्। 

वर्गाकार साइजको भित्तामा किन सबैको आकर्षण छ? 

गेटबाट भित्र पसेलगत्तै यो जिज्ञासाको जवाफ सहजै मिल्नेछ। 

त्यहाँका भित्तामा सजिएका पेन्टिङहरू छन्। पेन्टिङमा सजीव जस्ता लाग्ने मानिसका आकृति। भवनका सम्पूर्ण कोठा चित्रकला, हस्तकला र मूर्तिकलाले सजिएका छन्। कोही परम्परागत वा पौराणिक छन् त कोही आधुनिक जस्ता। 

वास्तुकलासँगै अन्य सिर्जनात्मक कलाले पनि सौन्दर्य थपेका छन्।

भनिन्छ, कला अभिव्यक्तिको माध्यम हो। उसो त मानिसहरू अभिव्यक्तिका लागि मञ्च खोज्दै हिँड्छन्। राज्यको व्यवस्थाप्रति असन्तुष्ट भएका सर्वसाधारण पम्प्लेट र पोस्टर बोक्दै र्‍याली वा आन्दोलनमा होमिने गर्छन्। उनीहरू त्यही विद्रोहमार्फत आफूभित्रको रोष प्रकट गर्न चाहन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

लेखकहरू पुस्तक वा अखबारी लेखनमार्फत आफ्ना अभिव्यक्ति प्रकट गर्छन्। 

शान्त र शालीन भएर चित्र बनाउने कलाकार भने चित्रमार्फत आफ्ना खुसी पोख्छन्। मानिसका पीडालाई रङमार्फत क्यानभासमा पोत्छन्। सामाजिक र सांस्कृतिक अवस्थाबारे सचेत गराउँछन्। 

कलाकारको अभिव्यक्ति वा आन्दोलन नै कला हो, जो सदैव रचनात्मक हुन्छ। 

नवौं ललितकला प्रदर्शनीमा यतिबेला परिषद्‌को हलमा प्रदर्शनी चलिरहेको छ। यहाँ राखिएका चित्र वा मूर्तिहरू पनि तिनै अभिव्यक्तिका बलिया माध्यम बनेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूले बाँचिआएको समय, भोगेका पीडा, आँखाले देखेका दृश्य र परिकल्पनालाई उनीहरूले सिर्जनाका आधार मानेका छन्। 

प्राकृतिक सौन्दर्य, देशको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थालाई आफ्नो कलामार्फत उनीहरुले व्यक्त गरेका छन्। झट्ट हेर्दा आकर्षक लाग्ने मात्र होइन, गहिरिँदै जाँदा भित्रैबाट अनुभूत गर्न सकिन्छ। मूर्ति तथा चित्रले मानिसको मनोविज्ञानमा छुट्टै खालको तरंग ल्याइरहेछ।

‘कला त प्रेमभन्दा पनि माथि हुन्छ,’ ग्यालरीका आर्टमा ध्यान खिचिरहेका फोटोग्राफर आरके अदिप्त गिरीले सुनाए, ‘यी कलाहरू यस्ता छन्, जुन जन्मजात उपहार पाए जस्तो।’ 

कलाकारले अनेक तरिकाले सिर्जनाको आविष्कार गर्न सक्छ। अनुभूति साट्दै गिरीले भने, ‘हरेक व्यक्तिले त्यसलाई आफ्नै ढंगले हेर्न र बुझ्न सक्छ। कलामा विभिन्न भावना पाउन सक्छ। मलाई लाग्छ, यसरी नयाँ भावना जन्माउनु र त्यसबाट खुसी प्राप्त गर्नु नै प्रेम हो।’ 

मानिसहरू मनमा नयाँ कौशल उमार्नका निम्ति पनि पेन्टिङ सामुन्ने बस्न चाहन्छन्। ‘म त आफूलाई ऐनामा हैन, अमूर्त पेन्टिङमा पो स्पष्ट पाउँछु,’ प्रदर्शनी नियाल्न आएका एक कलाप्रेमीले मुस्कुराउँदै भने। 

चित्रहरूले मनमा पारेको प्रभाव र कलाप्रेमीहरूको अभिप्राय बुझेपछि लाग्यो– कला यस्तो आधार हो, जहाँ मानिसले खोजेका र चाहेका कुराहरू प्राप्त गर्न सक्छन्। र, कल्पनाशक्तिलाई यथार्थमा परिणत गर्न सक्छन्। 

ग्यालरीमा अल्झिरहँदा मलाई विश्वप्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्ची (१४५२-१५१९) को सम्झना आयो। भिन्चीले १५औं शताब्दीतिर एउटा उडान मेसिनको परिकल्पना गरे। र, चित्रसमेत कोरे। जसको प्रसिद्धिको आजपर्यन्त पनि भइरहेकै छ।

उनैले आविष्कार गरेका चित्रको आधारबाट २०औं शताब्दीतिर राइट ब्रदरले हवाइजहाजको निर्माण गरे। चरा जस्तै आकाशमा उड्ने कल्पना गर्ने मानिस यथार्थमै उड्न लागे।  

ग्यालरीका चित्रहरूमा घरी आँखा अल्झन्थे, घरी मन। कल्पनाशक्तिको कुनै सीमा नहुने अनुभूति कलाकृतिले गराए। 

आफैंभित्र बेस्सरी परेको प्रभाव थियो त्यो। 

मजस्तै आउजाउ गरिरहने कलाप्रेमीहरू उस्तै प्रभावित थिए, जो चित्रमार्फत जीवन पढिरहेका छन्।

केही चित्र प्रकृतिसँग संवाद गरेझैं लाग्ने, कुनै प्रेमालापमा मुग्ध भएझैं। केही अमूर्त चित्रहरूले जीवनको रहस्य र संघर्ष बुझाइरहेझैं लाग्ने। 

विभिन्न कलाकृति हेर्दा यस्ता लाग्थे, चित्रकारहरूले चित्रमा प्राण भरिदिएका छन्। 

मूर्तिकला, हस्तकला, चित्रकला, छविचित्र र व्यंग्यसहित ५ सय १५ कलाकृतिले प्रदर्शनी भरिभराउ छन्। व्यंग्यमार्फत रवि मिश्र, हरिशरण ढुंगाना, सानुराज ढुंगेल लगायतका कार्टुनिस्टले सरकारलाई खरो व्यंग्य गरेका छन्। 

प्रदर्शनीमा ५ सय ९२ कलाकर्मीहरूले कलाकृति पठाएका थिए। त्यसबाट छनोट भई ४ सय ५३ कलाकर्मी सहभागी भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव विपीनकुमार घिमिरेले बताए। 

कलाकृति अमूल्य त छन् नै। यहाँ बिक्रीका लागि राखिएका कलाकृति ४० हजारदेखि २० लाख रुपैयाँसम्म मूल्यका छन्।  तर, केही कलाकृति भने बिक्रीका लागि छैनन्। वरिष्ठ चित्रकार उत्तम नेपालीका अमूर्त चित्रहरू, एब्स्ट्र्याक र सुन्दर क्यानभासमा सजिएका वरिष्ठ चित्रकार शशी विक्रम शाह, किरण मानन्धर,  कृष्ण मानन्धर, प्रेममान चित्रकार, उमाशंकर शाह, रमेश खनाल र श्यामलाल श्रेष्ठ लगायतका चित्र बिक्रीमा छैनन्।

०००

बिहीबारबाट सुरु भएको प्रदर्शनीको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए। कार्यक्रममा छनोटमा परेका मध्ये उत्कृष्ट कलाकारहरू सम्मानितसमेत भए।  

अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मानबाट २ वरिष्ठ कलाकारसँगै राष्ट्रिय ललितकला पुरस्कारबाट ७, विशेष पुरस्कारबाट १७, प्रदेश विशेष पुरस्कारबाट ७ तथा राष्ट्रिय ललितकला लेखन पुरस्कारबाट १ र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारबाट १ जना स्रस्टाहरू सम्मानित भए। 

प्रदर्शनी २० दिनसम्म जारी रहनेछ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्