काठमाडौं- त्रिशुली-३ बी आयोजना निर्माणको काममा जग्गाको विषयलाई लिएर स्थानियले अवरोध गर्न खोजेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आक्रोशित बनेका छन्। 
सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत अगाडि बढाउन खोजेको यो आयोजना निर्माणको काम गत माघबाट सुरु भएको थियो। विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीसमेत रहेको आयोजनाको उत्पादन क्षमता ३७ मेगावाट छ।
त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहीबार काम रोकेको भन्दै केही स्थानीय बासिन्दासँग कड्किए।
कुलमानले नुवाकोटको पैरबेँसीमा निर्माणाधीन त्रिशूली ‘बी’ सबहब स्टेशनको निर्माण स्थानीयले नियतबस रोकेको सूचना पाएका थिए। सबस्टेशनको निर्माण रोकिन नहुने भन्दै घिसिङ निर्माणस्थलमा पुगेका थिए।
कुलमानसमक्ष काम रोक्नुको कारण बताउन खोजेका स्थानीयका विरोधी कुरा सुनेपछि कुलमान यसरी कड्किएका थिए। 
भिडियो
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।