• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यान्सर जित्ने कोपिलाहरू : एक खुट्टाले नाच्छिन् सरिता, चित्र कोर्छिन् इशु

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  ११:५९
1140x725

काठमाडौं- गोरो वर्ण अनि हँसिलो अनुहार। निधारमा कालो टिकी, पुक्क परेका गाला, 'थाइकट' कालो कपाल। कपाल बाटेर सानो क्लिप लगाएकी ७ वर्षीया इशु गौतम गुलाबी रंगको टिसर्ट र पाइन्टमा सजिएकी छन्। 

उनको यो रुप रंगले उनी कुनै बेला क्यान्सरको शिकार भएकी थिइन् भनेर हत्तपत्त कसैले पत्याउँदैन। 

नयाँ मान्छेसँग नडराउने, हाँसिराख्ने इशुलाई नाच्न खुब मनपर्छ। ‘मलाई नेपाली गीतमा नाच्न मन लाग्छ तर म जुनसुकै गीतमा नाच्न पनि सक्छु,' उनले सुनाइन्। 

चित्र कोर्न उनको रुचि अधिक छ। त्यति मात्र होइन, उनलाई पोज-पोजमा फोटो खिचाउन कसैले सिकाइरहनु पर्दैन। 

मर्सी स्कुल पोखरामा कक्षा १ मा पढ्दैछिन् उनी। 

आमा सरिना गौतमका अनुसार उनलाई एलकेजी पढ्दा ५ वर्षको उमेरमा क्यान्सर पत्ता लागेको थियो। रक्त क्यान्सर लागेकी इशु १८ केजीबाट एक्कासी घटेर १० किलोमा झरिन्। 

खुट्टा दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखापरेपछि उनलाई पोखराको फिस्टेल अस्पताल लगियो। त्यहाँ ब्लड कल्चर गर्दा रगतमा समस्या देखिएपछि कान्ति बाल अस्पताल पुर्‍याइयो। अस्पतालमा भेटिएकी आमा सरिनाले भनिन्, 'अस्पतालमा सबैकी प्यारी छे। अब दुई महिना मात्र औषधि बाँकी छ। रोग निको भइसकेको डाक्टरले बताएका छन्।'

'अहिले ६–७ महिना भयो, २६ केजी भइसकेकी छ,' छोरीतर्फ हेर्दै आमा सरिताले बोलीमा मातृत्व झल्काइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

000

इशुजस्तै रक्त क्यान्सरलाई जित्न सफल बालिका हुन् ५ वर्षीया मेरिना गुरुङ। उनीसँग कुराकानी गर्न खोज्दा उनी 'कलर बुक'का चित्रहरुमा 'कलर' लगाउन व्यस्त थिइन्।

गएको कात्तिकमा एक्कासि ज्वरो आउने, शरीरमा नीलो नीलो दागसमेत देखिएपछि उनकी आमा धनमायाले मेरिनालाई पोखराका विभिन्न अस्पताल पुर्‍याएकी थिइन्। अन्तिममा एक अस्पतालले 'क्यान्सर पनि हुन सक्छ है' भनेपछि उनी आत्तिदै कान्ति बाल अस्तपाल आइपुगेकी थिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अहिले रोग निको भएको छ, श्रीपञ्चमीको साइत पारेर स्कुल हालिदिएका छौँ,' धनमायाले भनिन्, ‘सानो बालख, पछाडि ढाडबाट सेतो मासी निकाल्ने बेला उसलाई एकदम गाह्रो हुन्थ्यो। ढाड दुखेर बस्नै मान्दिनथी। उसको पीडा देखेर म आफैं रुन्थेँ। निको भएको भएपनि उसको खानेकुराको ध्यान राख्छु। फलोअपमा ल्याइराखेकी छु।’ 

000

च्यामासिंह भक्तपुरका सुशान्त प्रजापति अहिले २० वर्ष पुगे। उनी बि-फार्म तेस्रो वर्षमा अध्ययनरत छन्। नाच्न र अभिनय गर्न मन पराउने उनलाई १० वर्षको उमेरमा क्यान्सर देखिएको थियो। 

घाँटी तथा काखीमा गिर्खा आउने, टाउको दुख्ने, बेलुका मात्र ज्वरो आउने भएपछि चेक जाँचका लागि जाँदा उनलाई दोस्रो स्टेजको रक्त क्यान्सर भएको थाहा भयो। 'केमो' दिँदा उनको बोनम्यारोमा इन्फेक्सन देखियो। सर्जरी गर्नुपर्‍यो। 

तीन महिना कोमामा गए उनी। विगत सम्झिँदै भन्छन्, ‘मलाई बेडमा महिनौंसम्म सुतिरहनु पर्दा उठेर अरु सरह कहिले हिँड्न पाउँछु भन्ने हुटहुटी लाग्थ्यो। निराश हुन्थेँ तर आत्मबल दरो बनाउनुपर्ने रहेछ। पुर्नजन्म पाएको छु। निराश हुनुहुँदैन। समयमा उपचार गरे क्यान्सर निको हुने रोग रहेछ।’

000

रौटहटका श्लोक थापा ५ वर्ष पुग्न लागेका छन्। बालबालिकामा मात्र हुने रेटिनोब्लास्टोबाट मुक्त हुन सफल भएका छन् उनी। यो बालबालिकालाई मात्र देखिने क्यान्सर हो। ३ वर्षको उमेरमा यो क्यान्सरबाट पीडित बनेका श्लोककी आमा शिलुले आँखा सुन्निएको, हेर्न नसक्ने, आँसु आइराख्ने भएपछि नजिकै क्लिनिकमा देखाइन्। तर रोग सञ्चो भएन। 

श्लोकको उपचारका लागि शिलुले काठमाडौं लिएर आइन्। 'कान्ति बाल अस्पतालमा आएपछि मात्र आँखाको क्यान्सर भएको थाहा भयो,' उनले थपिन्, 'बायाँ आँखा अहिले फालिएको छ। दाँया आँखाले मात्र देख्न सक्छ।'

000

राजधानीको ट्रिनिटी कलेज विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय नोबेलकुमार अर्याल क्यान्सर जित्न सफल अर्का उदाहरण हुन्। अहिले पूर्ण रुपमा निको भइसकेका उनलाई ७ वर्षको उमेरमा रक्त क्यान्सर देखा परेको थियो। औषधि उपचारपछि उनले १० वर्षको उमेरमा नै रोगबाट छुटकारा पाए। इन्जिनियर बन्ने सपना पालेका नोबेल भन्छन्, ‘वी सुड नेभर गिभ अप आवर करेज' अर्थात् हामीले कहिल्यै पनि हिम्मत हार्नु हुँदैन।'

000

एउटा मात्र खुट्टाले छमछमी नाचेर सबैलाई चकित पार्ने १८ वर्षीया धादिङकी सरिता मगरलाई १० वर्षको उमेरमा खुट्टामा क्यान्सर भयो। 

उनी छिट्टै निको त भइन् तर दुर्भाग्यवश बायाँ खुट्टा नै काट्नुपर्‍यो। सानैदेखि कलाकार बन्ने सपना देखेकी उनको खुट्टा नभएपनि प्रोफेसनल डान्सरसरह राम्ररी नाच्छिन्। उनको सिपलाई एउटा खुट्टा मात्र छ भनेर कहिल्यै पनि रोकेन। 

'मलाई नाच्न खुब रहर लाग्छ,' सरिता भन्छिन्, 'एउटा खुट्टाले नाच्न गाह्रो भएतापनि मेरो आत्मविश्वासले जितिदिएको छ।' चाबहिलस्थित सुप्रिम इन्टरनेसनल स्कुलमा कक्षा ८ मा होस्टल बसेर उनी पढ्दैछिन्। 'स्टेज सो'मा निमन्त्रणा आएपछि नाच्न पुगिहाल्छिन् उनी। 

000

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिले बुधबार गरेको 'सुदिप्ता क्यान्सर सर्भाइभर्स मिट'मा लगभग २० जना क्यान्सर उपचार गराइरहेका र क्यान्सर विजेता बालबालिकाहरुको उपस्थिति थियो।

कार्यक्रमकी संयोजक तथा हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले समयमा उपचार पाए बालबालिकामा हुने क्यान्सर निको भएर जाने जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेको बताइन्। 

'सरकारले बिस्तारै क्यान्सरमा लगानी बढाउँदै लगेको छ,' वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा हस्पिटलका संस्थापक तथा कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठ भन्छन्, 'बच्चाहरुको क्यान्सर रोगका विषयमा भने राज्यले अझ थुप्रै लगानी गर्न बाँकी छ।' 

क्यान्सर रोगको राम्रो उपचार विदेशमा मात्र सम्भव छ भनेर भ्रममा नपर्न उनले आग्रह गरे। उनले भने, 'नेपालमै सस्तो र राम्रो उपचार पाइन्छ।’

पेडियाट्रिक अन्कोलोजिस्ट डा प्रकाशनिधि तिवारीका अनुसार ८० प्रतिशतभन्दा बढी बालबालिकाको औषधिले नै क्यान्सर निको हुने गर्दछ। जति छिटो उपचारमा ल्याउन सकियो, त्यति नै छिटो निको क्यान्सर ठिक हुने बताउँदै उनी भन्छन्, ‘बालबालिकामा चौंथो स्टेजमा पनि निको भएका उदाहरण छन्।' 

क्यान्सर रोग निको भएपनि चिकित्सकको निगरानीमा हुनुपर्ने उनको सुझाव रहेको छ।

विभिन्न समयमा विभिन्न संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले नेपालमा १३ लाख बालबालिकाको जनसंख्या रहेकोमा हरेक वर्ष १३ देखि १४ सय क्यान्सरका नयाँ बिरामीहरू देखा पर्ने गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्