• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यान्सर जित्ने कोपिलाहरू : एक खुट्टाले नाच्छिन् सरिता, चित्र कोर्छिन् इशु

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  ११:५९
1140x725

काठमाडौं- गोरो वर्ण अनि हँसिलो अनुहार। निधारमा कालो टिकी, पुक्क परेका गाला, 'थाइकट' कालो कपाल। कपाल बाटेर सानो क्लिप लगाएकी ७ वर्षीया इशु गौतम गुलाबी रंगको टिसर्ट र पाइन्टमा सजिएकी छन्। 

उनको यो रुप रंगले उनी कुनै बेला क्यान्सरको शिकार भएकी थिइन् भनेर हत्तपत्त कसैले पत्याउँदैन। 

नयाँ मान्छेसँग नडराउने, हाँसिराख्ने इशुलाई नाच्न खुब मनपर्छ। ‘मलाई नेपाली गीतमा नाच्न मन लाग्छ तर म जुनसुकै गीतमा नाच्न पनि सक्छु,' उनले सुनाइन्। 

चित्र कोर्न उनको रुचि अधिक छ। त्यति मात्र होइन, उनलाई पोज-पोजमा फोटो खिचाउन कसैले सिकाइरहनु पर्दैन। 

मर्सी स्कुल पोखरामा कक्षा १ मा पढ्दैछिन् उनी। 

आमा सरिना गौतमका अनुसार उनलाई एलकेजी पढ्दा ५ वर्षको उमेरमा क्यान्सर पत्ता लागेको थियो। रक्त क्यान्सर लागेकी इशु १८ केजीबाट एक्कासी घटेर १० किलोमा झरिन्। 

खुट्टा दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखापरेपछि उनलाई पोखराको फिस्टेल अस्पताल लगियो। त्यहाँ ब्लड कल्चर गर्दा रगतमा समस्या देखिएपछि कान्ति बाल अस्पताल पुर्‍याइयो। अस्पतालमा भेटिएकी आमा सरिनाले भनिन्, 'अस्पतालमा सबैकी प्यारी छे। अब दुई महिना मात्र औषधि बाँकी छ। रोग निको भइसकेको डाक्टरले बताएका छन्।'

'अहिले ६–७ महिना भयो, २६ केजी भइसकेकी छ,' छोरीतर्फ हेर्दै आमा सरिताले बोलीमा मातृत्व झल्काइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

000

इशुजस्तै रक्त क्यान्सरलाई जित्न सफल बालिका हुन् ५ वर्षीया मेरिना गुरुङ। उनीसँग कुराकानी गर्न खोज्दा उनी 'कलर बुक'का चित्रहरुमा 'कलर' लगाउन व्यस्त थिइन्।

गएको कात्तिकमा एक्कासि ज्वरो आउने, शरीरमा नीलो नीलो दागसमेत देखिएपछि उनकी आमा धनमायाले मेरिनालाई पोखराका विभिन्न अस्पताल पुर्‍याएकी थिइन्। अन्तिममा एक अस्पतालले 'क्यान्सर पनि हुन सक्छ है' भनेपछि उनी आत्तिदै कान्ति बाल अस्तपाल आइपुगेकी थिइन्। 

'अहिले रोग निको भएको छ, श्रीपञ्चमीको साइत पारेर स्कुल हालिदिएका छौँ,' धनमायाले भनिन्, ‘सानो बालख, पछाडि ढाडबाट सेतो मासी निकाल्ने बेला उसलाई एकदम गाह्रो हुन्थ्यो। ढाड दुखेर बस्नै मान्दिनथी। उसको पीडा देखेर म आफैं रुन्थेँ। निको भएको भएपनि उसको खानेकुराको ध्यान राख्छु। फलोअपमा ल्याइराखेकी छु।’ 

000

च्यामासिंह भक्तपुरका सुशान्त प्रजापति अहिले २० वर्ष पुगे। उनी बि-फार्म तेस्रो वर्षमा अध्ययनरत छन्। नाच्न र अभिनय गर्न मन पराउने उनलाई १० वर्षको उमेरमा क्यान्सर देखिएको थियो। 

घाँटी तथा काखीमा गिर्खा आउने, टाउको दुख्ने, बेलुका मात्र ज्वरो आउने भएपछि चेक जाँचका लागि जाँदा उनलाई दोस्रो स्टेजको रक्त क्यान्सर भएको थाहा भयो। 'केमो' दिँदा उनको बोनम्यारोमा इन्फेक्सन देखियो। सर्जरी गर्नुपर्‍यो। 

तीन महिना कोमामा गए उनी। विगत सम्झिँदै भन्छन्, ‘मलाई बेडमा महिनौंसम्म सुतिरहनु पर्दा उठेर अरु सरह कहिले हिँड्न पाउँछु भन्ने हुटहुटी लाग्थ्यो। निराश हुन्थेँ तर आत्मबल दरो बनाउनुपर्ने रहेछ। पुर्नजन्म पाएको छु। निराश हुनुहुँदैन। समयमा उपचार गरे क्यान्सर निको हुने रोग रहेछ।’

000

रौटहटका श्लोक थापा ५ वर्ष पुग्न लागेका छन्। बालबालिकामा मात्र हुने रेटिनोब्लास्टोबाट मुक्त हुन सफल भएका छन् उनी। यो बालबालिकालाई मात्र देखिने क्यान्सर हो। ३ वर्षको उमेरमा यो क्यान्सरबाट पीडित बनेका श्लोककी आमा शिलुले आँखा सुन्निएको, हेर्न नसक्ने, आँसु आइराख्ने भएपछि नजिकै क्लिनिकमा देखाइन्। तर रोग सञ्चो भएन। 

श्लोकको उपचारका लागि शिलुले काठमाडौं लिएर आइन्। 'कान्ति बाल अस्पतालमा आएपछि मात्र आँखाको क्यान्सर भएको थाहा भयो,' उनले थपिन्, 'बायाँ आँखा अहिले फालिएको छ। दाँया आँखाले मात्र देख्न सक्छ।'

000

राजधानीको ट्रिनिटी कलेज विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय नोबेलकुमार अर्याल क्यान्सर जित्न सफल अर्का उदाहरण हुन्। अहिले पूर्ण रुपमा निको भइसकेका उनलाई ७ वर्षको उमेरमा रक्त क्यान्सर देखा परेको थियो। औषधि उपचारपछि उनले १० वर्षको उमेरमा नै रोगबाट छुटकारा पाए। इन्जिनियर बन्ने सपना पालेका नोबेल भन्छन्, ‘वी सुड नेभर गिभ अप आवर करेज' अर्थात् हामीले कहिल्यै पनि हिम्मत हार्नु हुँदैन।'

000

एउटा मात्र खुट्टाले छमछमी नाचेर सबैलाई चकित पार्ने १८ वर्षीया धादिङकी सरिता मगरलाई १० वर्षको उमेरमा खुट्टामा क्यान्सर भयो। 

उनी छिट्टै निको त भइन् तर दुर्भाग्यवश बायाँ खुट्टा नै काट्नुपर्‍यो। सानैदेखि कलाकार बन्ने सपना देखेकी उनको खुट्टा नभएपनि प्रोफेसनल डान्सरसरह राम्ररी नाच्छिन्। उनको सिपलाई एउटा खुट्टा मात्र छ भनेर कहिल्यै पनि रोकेन। 

'मलाई नाच्न खुब रहर लाग्छ,' सरिता भन्छिन्, 'एउटा खुट्टाले नाच्न गाह्रो भएतापनि मेरो आत्मविश्वासले जितिदिएको छ।' चाबहिलस्थित सुप्रिम इन्टरनेसनल स्कुलमा कक्षा ८ मा होस्टल बसेर उनी पढ्दैछिन्। 'स्टेज सो'मा निमन्त्रणा आएपछि नाच्न पुगिहाल्छिन् उनी। 

000

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिले बुधबार गरेको 'सुदिप्ता क्यान्सर सर्भाइभर्स मिट'मा लगभग २० जना क्यान्सर उपचार गराइरहेका र क्यान्सर विजेता बालबालिकाहरुको उपस्थिति थियो।

कार्यक्रमकी संयोजक तथा हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले समयमा उपचार पाए बालबालिकामा हुने क्यान्सर निको भएर जाने जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेको बताइन्। 

'सरकारले बिस्तारै क्यान्सरमा लगानी बढाउँदै लगेको छ,' वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा हस्पिटलका संस्थापक तथा कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठ भन्छन्, 'बच्चाहरुको क्यान्सर रोगका विषयमा भने राज्यले अझ थुप्रै लगानी गर्न बाँकी छ।' 

क्यान्सर रोगको राम्रो उपचार विदेशमा मात्र सम्भव छ भनेर भ्रममा नपर्न उनले आग्रह गरे। उनले भने, 'नेपालमै सस्तो र राम्रो उपचार पाइन्छ।’

पेडियाट्रिक अन्कोलोजिस्ट डा प्रकाशनिधि तिवारीका अनुसार ८० प्रतिशतभन्दा बढी बालबालिकाको औषधिले नै क्यान्सर निको हुने गर्दछ। जति छिटो उपचारमा ल्याउन सकियो, त्यति नै छिटो निको क्यान्सर ठिक हुने बताउँदै उनी भन्छन्, ‘बालबालिकामा चौंथो स्टेजमा पनि निको भएका उदाहरण छन्।' 

क्यान्सर रोग निको भएपनि चिकित्सकको निगरानीमा हुनुपर्ने उनको सुझाव रहेको छ।

विभिन्न समयमा विभिन्न संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले नेपालमा १३ लाख बालबालिकाको जनसंख्या रहेकोमा हरेक वर्ष १३ देखि १४ सय क्यान्सरका नयाँ बिरामीहरू देखा पर्ने गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्