• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिरामी भएर साउदीबाट फर्किएका रनबहादुर घर पुग्नै पाएनन्

खममायालाई साहुको ऋण तिरेर छोराछोरी हुर्काउने चिन्ता  
64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १६:०३
1140x725

काठमाडौं– बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको दोस्रो तल्लामा सानी छोरी काखमा च्यापेर बसिरहेकी छन्, खममाया रोका। कुर्सीमा बसिरहेकी बाग्लुङ तमान खोला गाउँपालिका १ की खममायाका गहभरि आँसु टिलपिलाइरहेका छन्।

उनीसँगै रहेका ४ वर्षीय छोरा पनि रोइरहेका छन्। ‘किन रोएको? पानी खान्छस् ? खा,’ खममायाले छोरालाई पानीको बोत्तल दिँदै भनिन्। 

बोत्तल समातेर उनले घुटुघुटु पानी पिए। 

OOO

पसिनासँग खुसी साटेर ल्याउन साउदी गएका खममायाका श्रीमान् रनबहादुर रोका बिरामी भए। एक वर्ष नपुग्दै बिरामी भई फर्किए। तर, उनको मृत्यु भयो। त्यसपछि आर्थिक सहायताका लागि छोराछोरी च्यापेर खममाया काठमाडौं आइपुगिन्। उनलाई आडभरोसा दिन बुबा सिरे रोका र मामा प्रेमबहादुर रोका पनि साथमै छन्।

‘छोरीको सानै उमेरमा विवाह गरियो, कमाउन विदेश गएका ज्वाइँ बिरामी भएर फर्किए,' खममायाका बुवा भावुक हुँदै भन्छन्, 'अस्पतालमै ज्वाइँको पनि मृत्यु भएपछि छोरी र नातिनातिनाको अवस्था निकै बिजोग भयो।'

बुबा र मामाका साथमा खममाया

खममायाको २०७० सालमा १८ वर्षकै उमेरमा रनबहादुरसँग विवाह भयो। त्यसको एक वर्षमै छोरा जन्माइन्। अर्को साल छोरी।

‘घर बसेर के गर्नु, परदेश जान पाए थोरै भए पनि कमाएर ल्याउँछु भनेर उहाँ जानुभएको थियो,’ विगत सम्झिँदा खममायाका आँसु रोकिन्नन्।'

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंको मनास्लु इन्टरनेसनल ओभर्सिस प्रालि मार्फत साउदीको स्पेसलाइज्ड इन्डस्ट्रियल सर्भिसेस कम्पनीमा स्काफ फोल्डरका लागि २०७३ साउन २० गते उनी साउदीका लागि उडे। 

विदेश जानका लागि रनबहादुरले साहुबाट डेढ लाख ऋण लिएका थिए। तर, साउदी पुगेको केही महिनादेखि नै उनी बिरामी परे। 

‘कहिले काम, कहिले हस्पिटल गर्दा भएको पैसा पनि उतै सकाउनुभएछ,' खममायाका मामा प्रेम रोका भन्छन्।

खममायाका अनुसार विदेश गएपछि रनबहादुरले एकचोटि मात्रै पैसा पठाएका थिए, ४२ हजार।

सिकिस्त भएपछि उनले काम गर्न सकेनन्। कम्पनीले नेपाल फर्काइदियो। ०७४ सालमा फर्किएका उनलाई घरै नपुर्‍याई पाल्पाको मिसन अस्पताल भर्ना गरियो। अस्पतालको रिपोर्ट अनुसार उनको दुवै मिर्गौला फेल भइसकेको रहेछ।

रनबहादुर परदेश जाँदाको ऋणमाथि अस्पतालको ऋण पनि थपियो तर उनी निको भएन। केही दिनमै उनी सधैंका लागि बिदा भए।

घरमा रनबहादुरका वृद्ध आमाबुबा पनि छन्। 

‘ज्वाइँ विदेश गएको ऋण बाँकी नै छ। सम्धीले एकातिरको साहुको कचकच सुन्न नसकेर अर्कोतिर सापटी मागेर ऋण तिरेँ भन्नुहुन्थ्यो,’ खममायाका बुबाले भने। 

छोराछोरीलाई पढाउने चिन्ता 
दुई छोराछोरीकी आमा खममाया उमेरले भने बल्ल २४ वर्षकी भइन्। श्रीमान् बितेपछि छोराछोरी हुर्काउने र पढाउने जिम्मेवारी उनकै काँधमा आइलागेको छ। त्यहीँमाथि ३ वर्षकी छोरी दृश्मा रोका अपांग छिन्। 

जन्मिएको ६ महिनापछि पोलियो रोग विरुद्धको खोप लगाएर ल्याउँदा तिघ्रामा घाउ जस्तो देखियो। त्यसपछि उनको बायाँ खुट्टामा ठूलो समस्या देखिएको खममाया सुनाउँछिन्।

‘उपचार गर्न पैसा पनि भएन। छोरी अपांग छे,' उनी बिलौना गर्छिन्, 'पूरै आफै हेरचाह गर्नुपर्छ। हिड्न पनि सक्दिन। उता छोरालाई चाहिँ कसरी पढाउने भन्ने चिन्ता छ।’

सहायताबारे थाहा पाएपछि काठमाडौं
रनबहादुर बितेको एक वर्ष पुग्नै लाग्दा बल्ल खममाया र उनका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका पाइन्छ भन्ने थाहा भयो। त्यसपछि उनीहरु काठमाडौं आए। 

आर्थिक सहायताका लागि विभाग र बोर्डसम्म आएका खममाया र उनका आफन्तले वैदेशिक रोजगार बोर्डबाट ७ लाख आर्थिक सहायता पाइन्छ भन्ने सुनेका थिए। 

खममायाका मामा प्रेमबहादुरले सोधे, ‘बोर्डबाट ७ लाख पाइन्छ नि है?, अनि इन्सुरेन्सबाट पनि कति पो पाइन्छ?’ 

बोर्ड र बिमाबाट आर्थिक सहायता पाइन्छ भन्नेमा ढुक्क रहेका उनीहरु पाएको सहायताले केके गर्ने भन्नेसम्म पनि बाटोमा हिँड्दा छलफल गर्दै थिए। 

के भन्छ बोर्ड?
वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधि र करार अवधि समाप्त भएको एक वर्षसम्मको अवधिभित्र कुनै कारणले कामदारको मृत्यु भएमा मृतक कामदारको परिवार वा नजिकको हकवालाले मृत्यु भएको र शव बुझेको प्रमाणसहित आर्थिक सहायताका लागि आवेदन पेस गरेपछि आर्थिक सहायता स्वरुप ७ लाखसम्म पाउने व्यवस्था छ। 

वैदेशिक रोजगारमा गएका तर नेपाल फर्किएर मृत्यु भएका कामदारको हकमा भने बोर्डले अहिलेसम्म कुनै प्रकारको आर्थिक सहायता प्रदान गरेको छैन। वैदेशिक रोजगारमा गएका तर नेपालमै आएर मृत्यु भएका २ सयभन्दा बढी व्यक्तिका परिवारले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिएको बोर्डले जनाएको छ।

बोर्डको बैठक बसी छलफल गर्न नसक्दा मृतकका परिवारले कुनै पनि आर्थिक सहायता पाउन सकेका छैनन्। 

‘वैदेशिक रोजगारमा गएका तर स्वदेश फर्किएर मृत्यु भएका थुप्रै कामदारका आफन्तबाट आर्थिक सहायताका लागि आवेदन आएको छ,' बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी भन्छन्, 'अहिलेसम्म बोर्डले कति आर्थिक सहायता दिने वा नदिने कुनै निर्णय गरेको छैन। यसबारेमा बोर्डको बैठकपछि निर्णय हुन्छ।’
 
बोर्डबाट ७ लाख आर्थिक सहायता लिएका मृतकका छोराछोरीका लागि समेत बोर्डले शैक्षिक सहायता उपलब्ध गराउँदै आएको छ।

आर्थिक सहायताका लागि साना छोराछोरी बोकेर बाग्लुङदेखि धाएकी खममायाले पनि तत्काल बोर्डबाट आर्थिक सहायता पाउने अवस्था देखिँदैन। खममायाले आर्थिक सहायता पाउने कि नपाउने, आर्थिक सहायता पाए कतिसम्म पाउने भन्नेबारे बोर्डको बैठकपछि निर्णय गरिने जनाइएको छ। 

बिमा कम्पनीबाट भने मृतकका परिवारलाई २० लाखसम्म सहायता दिने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्