• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेइजिङमा नेपाली चेलीको माइतीघर

64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  १३:१५
1140x725

दश महिनाअघि जब मैले बेइजिङमा पाइला टेकेकी थिएँ तब मेरो घुमाइको पहिलो गन्तव्य नै पाइथास् भयो।

नेपालमा छँदा हेटौंडाको नवोदय सेकेन्डेरी स्कूलमा प्राध्यापन पेसामा संलग्न थिएँ। कक्षा ६ को नेपाली किताबमा पाइथास् अर्थात् श्वेत चैत्यका बारेमा पढेकी थिएँ।

किताबमा पढेकाे स्थानमा पाइला टेक्न आतुर थिएँ। त्यसकारण पनि बेइजिङ आएपछि त्यहाँ पुग्नु थियाे। जब त्यहाँ पुगें, लाग्याे म आफ्नै माइतीघरमा छु। आज पनि न्यास्रो लाग्दा पटक-पटक त्यहाँ जाने गर्छु। यो पटक पनि म त्यहाँ पुगें। कारण- एक जना नेपाली साथीलाई घुमाउन लैजानु थियो।

‘१,२,३.....। एक दिनमा १ सय जना आए २ हजार हुने रहेछ,’ नजिकैबाट आवाज सुनियाे।

हिसाब गर्दै बसेका एक मित्रलाई कृति भुजुले जिज्ञासा राखिन्, ‘त्यसरी के को हिसाब गर्दै हुनुन्छ? यहाँ आउन पैसा लाग्छ र?’

उनी बेइजिङमा पिएचडी अध्ययनको क्रममा आएकी थिइन्।

पाइथास् बेइजिङको केन्द्रस्थित थ्याआनमनको नजिकै पर्ने फुछङ्मनमा अवस्थित छ। त्यहाँको प्रवेशद्वारमा गएर ‘व श् निपोअर रन्’ भन्यो भने नेपालीलाई सम्मानसाथ भित्र नि:शूल्क प्रवेश गर्न दिइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

श्वेत चैत्य नेपालका महान कलाकार अरनिकोले सन् १२७१ मा युवान राजवंशकालमा निर्माण गरेका हुन्। यो मन्दिर बनाउन उनलाई ८ वर्ष लागेको थियो।

यहाँ बुद्धका ७ हजारभन्दा बढी मूर्तिहरू छन्। मन्दिर भित्रका भित्ताहरूमा बुद्धका मूर्तिहरू छन् भने बाहिरी भित्तामा निकै कलात्मक तवरले कुँदिएकाे छ।

श्वेत चैत्यको उचाई ५० दशमलब ९ मिटर अग्लो र ५ खण्डमा विभाजित गरेर बनाइएको छ। चैत्यभित्र ३ वटा हल रहेका छन्।

गेटबाट भित्र गएपछि हामी एउटा ठूलो हलभित्र प्रवेश गर्यौं। जहाँ बुद्धका कैंयाैं तर फरक-फरक स्वरूप देख्न सकिन्छ। हलभित्र क्यामेरा लान निषेध गरिएको थियो। त्यसैले हामीले फोटो खिच्न पाएनौँ।

हलबाट बाहिर निस्कने बित्तिकै श्वेत चैत्य जाने बाटैमा अरनिकोको मूर्ति राखिएको छ। मूर्ति नजिकै ताम्रपत्रमा लेखिएका अक्षरहरू टलक्कै टल्केको देखिए। उक्त ताम्रपत्रमा चिनियाँ, अङ्ग्रेजी र नेपालीमा अरनिकोको बारेमा लेखिएको थियो।

पराइ भूमिमा आफ्नो भाषा देख्न पाउँदा कृति दङ्ग पर्दै पढ्न लागिन्। त्यहाँ यस्तो लेखिएको थियो-

सुप्रसिद्ध नेपाली कलाकार अरनिको सन् १२६० मा नेपालबाट चीनमा आउनुभएको थियो। उहाँले तत्कालीन चीनको य्वीयान राजवंशको सरकारी पदमा रही चालीस वर्षभन्दा बढी नेपाली र चिनियाँ संस्कृतिको आदानप्रदान एवम् प्रचारप्रसारका लागि काम गर्नुभएको थियो। उहाँले नेपाली कलालाई चीनमा ल्याउनुभयो र पछिका समयमा समेत महत्वपूर्ण प्रभाव छोड्न सफल ‘सुखावतीदेवस्वरूप’ कलाशैलीको प्रवर्तन गर्नुभयो। उहाँले आफ्नो जीवनकालमा ३ वटा विशाल चैत्य, ९ वटा बौद्ध विहार र अनगिन्ती चित्र तथा मूर्तिहरूको निर्माण गर्नुभएको थियो। उहाँका कलात्मक उपलब्धिहरू चीन-नेपाल दुई देशबीच सौहार्दपूर्ण आदानप्रदानको इतिहासका सबैभन्दा सुन्दर अध्याय हुन्। श्वेत चैत्य अरनिकोको सर्वोत्कृष्ट कलाकृति मात्र होइन, यो मातृभूमिको एकीकरण, जातीय एकता तथा चीन-नेपाल मैत्रीको प्रतीक पनि हो। ७ सय वर्षदेखि अरनिको र श्वेत चैत्य य्वीयान राजवंशको राजधानी तातुको स्मारकको रूपमा अहिलेसम्म रहँदै आएको छ। चीन नेपालबीचको सांस्कृतिक दूत यस महान कलाकार अरनिकोको सम्झनामा यी दुई देशका जनताबीचको मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तरता दिने उद्देश्यले सन् २००१ सालमा अरनिको समाज नेपालद्वारा बेइजिङ श्वेत चैत्य व्यवस्थापन कार्यालयलाई अरनिकोको तामाको मूर्ति उपहारस्वरूप प्रदान गरिएको हो।

हामीले त्यहाँ ताम्रपत्रमा पढिरहेको देखेर एकजना चिनियाँ नजिकै आएर हाम्राबारे जान्न रूचि देखाए। त्यहाँ नेपाली शिल्पकला हेरेर बसेका चिनियाँ र अरू पर्यटकको अगाडि सँगैको साथीले नम्र भावमा भन्यो, ‘हजुर हामी नेपाली हौं। अरनिको पनि नेपाली नै हुन्।’

अरनिकोको शालिक नजिकै उभिरहेकी मलाई चाहिं अझै ठूलो स्वरले चिच्याएर भन्न मन लागेको थियो, ‘हो हामी नेपाली हौं। अरनिकोको सन्तति हौं।’

श्वेत चैत्यकै वरिपरि घुमिरहँदा अधबैंसे एउटी महिला दुई हात जोडेर भुँइमा घोप्टो पर्दै ढोगिरहेकी थिइन्। उनकै नजिकबाट अर्की महिला कुनै धार्मिक पुस्तिका पढ्दै मन्त्र जप्दै हातमा रूद्राक्ष लिएर हिँडिरहँदा मेरो मन भरियो। मलाई आफ्नै देशमा भएको आभाष भयो। त्यही समयमा घन्टीको टिनिनि..... आवाज सुन्दा म नेपालमै त छैन? भनेर एक निमेष झस्किएँ पनि।

परिसरमा हावा चल्दा ध्वजाहरू फर्फराइरहेका थिए। नजिकै एउटा विशाल घन्टी राखिएको थियो। पहिले जाँदा त्यहाँको संग्रहालय हेर्ने अवसर पाएको थिइन। यो पटक भने साइत जुर्‍याे।

संग्रहालय भित्र अरनिकोले पुस्तक समातेर चित्र कोर्न लागेको शालिक राखिएको रहेछ। क्रमश: हेर्दै जाँदा त्यहाँ स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्या, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, प्रचण्ड, हिसिला यमी, संस्कृतिविद् सत्यमोहन जोशी, चीनका लागि पूर्व तथा वर्तमान नेपाली राजदूतहरूको तस्वीर राखिएको रहेछ।

बेइजिङमा आफ्नो देशका नाम चलेका व्यत्तिहरूले श्वेत चैत्य घुमेको बेला खिचिएका तस्वीरहरू संग्रहालयमा सजाइएको देख्दा खुसीको सीमा नै रहेन। साँच्च नै अरनिकोले आफ्नो कलामार्फत् नेपालको शानलाई जिवन्त राखेका रहेछन्। उनी हामी माझ नरहे पनि उनको कलाले नेपालको पहिचान दिलाएको छ। उनको योगदानको जति बयान गरे पनि फिक्का नै हुन्छ जस्तो लाग्छ। 

आएको यतिका दिनसम्म बेइजिङका अनेक ठाउँठाउँमा घुमें। तर, मलाई आत्मीय लागेको ठाउँ भनेको श्वेत चैत्य नै हो। बिहे गरेका चेलीलाई माइतीको बिछ्ट्टै माया लाग्ने रहेछ।

बिहेपछिको १ वर्ष भइसक्दा पनि माइतीघर पुग्न पाएकी छैन। त्यसैले पनि यो बिरानो ठाउँमा अरनिकोको आँगनमा पुग्दा मलाई आफ्नै माइतीमा पुगेको जस्तो अनुभूति हुन्छ। मलाई लाग्छ कि यस ठाउँमा पुग्ने जो कोही नेपालीले त्यहाँ स्वदेशको झझल्को पाउनेछ।

त्यसैले त खुसी हुँदै मेरी साथीले भनिन्, ‘कस्तो मिनि नेपालमै आएजस्तो लाग्यो।’

अरनिकोले गर्दा नै हो, हामी पाइथास‍्‍मा छाती फुलाउँदै ‘वमन श् निपोअर रन्! (हामी नेपाली हौं)’ भन्न सकेका छौं। धन्य अरनिको अनि तिम्रो कला!

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्