• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मार्क्सवाद भर्सेस् माल्थसवाद : कस्तो हुने राज्यदर्शन?

64x64
नेपाल लाइभ सोमबार, चैत ४, २०७५  ०७:०१
1140x725

जरा बलियो भए मात्र रुखले माटो राम्ररी पकड्न सक्छ। जरा बलियो नभएको रुखले फलको त के कुरा, शितलता पनि दिँदैन। सानो झरिका बेला पनि ठुलो विनास निम्त्याउन सक्छ, जरा बलियो नभएको रुखले। यसैगरी राज्यप्रणालीका पनि जरा बलियो हुन जरुरी छ। राज्यको जरा भनेको अंगीकार गर्ने राज्यदर्शन पनि हो। जरा बलियो नभएको रुखले विनाश निम्त्याए जस्तै राज्यदर्शन स्पष्ट र समयसापेक्षका साथै सबल नभए विनाशक बाटो तय नगर्ला भन्न सकिन्न। 

हुन त विनाशका दुई कारण हुन्छन्। पहिलो त प्राकृतिक नियमको आन्तरिक चक्रका कारण विनाश हुन्छ। यो स्वतःसंभवी प्रक्रिया हो। जीवले गरेका गलत अभ्यासका कारण पनि विनाश हुन्छ, यो दोस्रो कारण हो। तसर्थ प्रकृति अनुकूलका अभ्यास हामी सबैबाट गरिनुपर्छ। राज्यका चरित्र र प्रकृतिको धान्ने क्षमताबीचको सम्बन्ध र अस्तित्वबारे बहस भएको पनि छ। दार्शनिक थोमस रोबर्ट माल्थस (१७६६-१८३४) को मान्यता राज्यका सबै अवयवको सहसम्बन्ध र सहअस्तित्वको सम्मान गर्नुपर्छ भन्ने छ। उनी आधुनिक दिगो विकास र सुशासनका प्रणेता समेत मानिन्छन्। 

दुई विश्वयुद्ध हुनुभन्दा लगभग १ सय १० वर्षपहिले नै माल्थसको अवधारणाले पाश्चात्य मुलुकमा एक प्रकारको तरंग उत्पन्न भएको थियो। भौतिक र अध्यात्मवाद गरी शास्त्रीय दर्शनशास्त्रका दुई आधारभूत हाँगामा विभाजन भएको मानव सभ्यतामा उनको उदयपछि ठुलै उथलपुथल हुन पुगेको थियो। यो आलेखको मुख्य विषयवस्तु राज्य दर्शन कस्तो हुने भन्ने विषयमा चर्चा गर्नुअघि केही दार्शनिक पृष्ठभूमि अध्ययन गरौं।

एघारौं शताब्दीतिर सुरु भएको वाणिज्यवादी युग डार्बिनवादी सिद्धान्तको उदय हुनुअघिसम्म उत्कर्षमा पुगेको थियो। तर सोही समयमा माल्थसवादी सिद्धान्तको आलोचना भने दिनप्रतिदिन बढ्दो क्रममा थियो। 'बल, बुद्धि र विवेक हुने नै बाँच्नयोग्य छ' भन्ने विकासवादी अवधारणा डार्बिनको हो भने 'बल, विवेक र बुद्धिले मात्र हुँदैन। प्रकृतिको धान्ने क्षमताले हरेक प्रणाली र ती भित्रका उपप्रणालीहरुले जिवांशा सुरक्षित गरेको हुन्छ' भन्ने मान्यता माल्थसको थियो। यी दुई दर्शन उदाएपछि ईश्वरको अस्तित्वलाई पूर्ण रूपमा अस्वीकार गर्दै भौतिकवादी एकल विचार प्रभावशाली बन्न पुग्यो। हालसम्ममा पनि यो विचारधारा सबैभन्दा वैज्ञानिक, यथार्थपरक र निरन्तर परिस्कृत हुँदै गइरहेको विश्वास गरिँदै आएको छ। 

यसैगरी राज्यप्रणालीका पनि जरा बलियो हुन जरुरी छ। राज्यको जरा भनेको अंगीकार गर्ने राज्यदर्शन पनि हो।

माथि उल्लेख गरिएका दुबै अवधारणा दुई जना फरक व्यक्तिका अनुभवजन्य विचार (Empirical Thought)बाट विकास भएका हुन्। तथापि, यी दुबै विचारधाराको आधार भनेको द्वन्द्वात्मक भौतिकवाद नै हो। धेरैले द्वन्द्वात्मक भौतिकवादको प्रणेताका रूपमा फ्रेडरिक हेगेल र कार्ल मार्क्सलाई लिने गर्दछन्। तर यो बुझाई आंशिक मात्र सत्य हो। राजनैतिक दृष्टिकोणबाट हेर्दा केही हदसम्म सत्यता भएपनि दार्शनिक रूपले यो अवधारणा ठीक मान्न सकिन्न। 

सबैभन्दा पहिले भौतिकवादसम्बन्धी चर्चा गर्ने दार्शनिक प्लेटो हुन्। जगत् दर्शन र प्रणालीका सन्दर्भमा सबैभन्दा व्यवहारिक प्रयोग गर्ने माल्थस र डार्बिन नै हुन् भन्ने कुरा हाल विश्वले अबलम्बन गरेको विकासवादी विचारधाराले पनि प्रमाणित गरिसकेको छ। बेलाबेला मार्क्सको द्वन्द्वात्मक भौतिकवाद अमेरिकाले अघोषित रूपमा सबैभन्दा बढी लागू गर्ने गरेको छ भन्ने गरिन्छ। तर यो कुरा सत्य होइन। बरु अमेरिकाले द्वन्द्वात्मक भौतिकवादलाई सबैभन्दा बढी उपयोग गरेको छ। तर त्यो मार्क्सले भनेजस्तो होइन, डार्बिनको विकासवादी स्वरुपको चाँहि हो। 

माल्थस र डार्बिनको सिद्धान्त किन र कसरी द्वन्द्वात्मक भौतिकवादी हुन् भन्ने प्रश्न उब्जिनु स्वभाविक हो। अब यसका कारणतर्फ बहस केन्द्रित गरौं। जसरी व्याख्या भएतापनि ईश्वरको अस्तित्व पूर्ण रूपमा अस्वीकार गर्ने सबैभन्दा शसक्त विचारधारा डार्बिनवादी सिद्धान्त नै हो। प्रणेता डार्विनका अनुसार सम्पूर्ण प्राणीको अस्तित्व सम्बन्धित प्राणीको लड्न सक्ने सामर्थ्य र उसले प्रयोग गर्ने चिन्तन प्रक्रियाको प्रतिफल नै हो। 

nimb
nimb
Ncell 2
Ncell 2

बरु अमेरिकाले द्वन्द्वात्मक भौतिकवादलाई सबैभन्दा बढी उपयोग गरेको छ। तर त्यो मार्क्सले भनेजस्तो होइन, डार्बिनको विकासवादी स्वरुपको चाँहि हो। 

डाइनोसोरस भौतिक रूपमा ठुलो हुनु उसको नियति थियो। तर उसको ज्ञानमीमांसा र बुद्धिचिन्तन सामर्थ्य कमजोर हुनु उसको लोप हुनुको कारण हो। अत: समग्र इतिहासको विकास संघर्षका माध्यमबाट हुन्छ, चाहे त्यो आन्तरिक प्रणालीगत वर्गसंघर्ष होस् वा गैर प्रणालीगत। सारमा भन्नुपर्दा उनको सिद्धान्तमा जीवांशा निरन्तरताका लागि 'निषेधको पनि निषेध'वादी चिन्तन अनिवार्य शर्त जस्तै हुन जान्छ। उनका अनुसार निषेधको निषेध कारण होइन, परिणाम हो। यदि निषेधको निषेध नहुने हो भने न त डाइनासोरस लोप हुन्थ्यो, न त मानवको उत्पत्ति। त्यसैले, प्राणीमीमांसासँगै उसको ज्ञानमीमांसा र बुद्धिचिन्तन सामर्थ्य हुनु अनिवार्य सर्तजस्तै हो। 

अब माल्थसवादी विचारधारातिर लागौं। गहिरिएर हेर्ने हो भने माल्थसको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले जीवन, प्रकृति, जगत् र सम्पूर्ण ब्रह्माण्डको चक्र निर्माणका लागि विनिर्माण र पुनर्निर्माणका साथै एक-अर्काबीच सहयोग र सद्भाव खोज्दछ। माल्थसका अनुसार प्रकृतिको गति स्वयं द्वन्द्वात्मक प्रकृतिको हुन्छ। परिवर्तन, उत्पत्ति, विकास तथा विनाश ब्रह्माण्डको अकाट्य विशेषता हो। तसर्थ निषेधवादी चिन्तन आवश्यक छैन। बरु जीवन, जीवांशा र जगतबीच सहअस्तित्व, सहकार्य, समता र प्राकृतिक न्याय आवश्यक छ। 

मुलत: दर्शनशास्त्रको प्रयोग राज्यको उत्पत्तिसँगै राजनैतिक रूपमा प्रयोग हुने भएकोले यो आलेखको उद्देश्य राज्यसंयन्त्रले अवलम्बन गरेको दर्शनशास्त्रको विश्लेषण गर्ने नै हो। वर्तमान विश्वका सबै मुलुकले द्वन्द्वात्मक विकासवादी विचारधारा अवलम्बन गरेका छन्। चाहे त्यो माल्थसवादी स्वरुपमा होस् वा डार्बिनवादी वा मार्क्सवादी नै किन नहोस्। तर, पाश्चात्य जगतले माल्थसको नीतिलाई पूर्ण अस्वीकार गरी डार्बिनवादी र मार्क्सवादी नीति अवलम्बन गरेका छन्। यसर्थ विश्वमा शक्ति संघर्षको डरलाग्दो परिदृश्य देखा पर्दै गइरहेका छन्। बुझ्नुपर्ने आधार र देखिने प्रमाण के छन् त (?) प्रतिप्रश्न उब्जनु स्वभाविक हो। यसको लागि निम्न तीन घटनाको सन्दर्भ र सार बुझ्न आवश्यक छ।

पहिलो त आजको समाजका प्रायः सबै मुलुकले अवलम्बन गरेका विकास नीति घोषित वा अघोषित रुपमै निषेधको निषेध अवधारणाबाट प्रेरित छन्। उदाहरणका लागि चीनले गरेको विकासबाट अमेरिकाले असुरक्षित महसुस गर्नु, अमेरिकाले गरेको विकासबाट चीनले असुरक्षित महसुस गर्नु। यसैगरी, भारतको विकासले पाकिस्तान र पाकिस्तानको विकासले भारत, उत्तर कोरियाको विकासले दक्षिण कोरिया र दक्षिण कोरियाको विकासले उत्तर कोरिया असुरक्षित र आतंकित महसुस गर्नु प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। 

एकातिर विश्व शक्तिसंघर्षको खेलमा डुब्न थालेका परिदृश्य देखिन थालेका छन् भने अर्कोतिर राष्ट्रिय स्वाधीनता र सम्प्रभुतामाथि प्रहार हुन थालेको देखिन्छ। 

एक देशले गरेको विकासवादी क्रियाकलापसँग किन अर्को देश डराउनु पर्ने भन्ने चाँहि सोचनीय विषय बनेको छ। के सम्पन्नता र विकास भनेको मानव जीवनमा आतंक, आशंका र असुरक्षा फैलाउने तत्व मात्र हो? के समग्र मानव सभ्यताको विकास निषेधको निषेध दर्शनबाट मात्र सम्भव छ? हामीले विकासका नाममा गरेका क्रियाकलापबाट विश्व किन आतंकित र सशंकित भएको हो? के द्वन्द्वात्मक भौतिकवादको दार्शनिक विकल्प छैन?

दोस्रो भनेको आतंकवाद र पृथकतावादी आन्दोलनले विषय हो। राज्य, शासन, स्वसाशन, शान्ति र स्वतन्त्रताको वास्तविक पहरेदार को हो? स्वतन्त्रताको सीमा र परिधि के हो? किन विश्वमा हुने सबै प्रकारका पृथकतावादी आन्दोलन आतंकवादका स्वरुपमा प्रकट भइरहेका छन्। यो विकासवादी सिद्धान्त वा द्वन्द्वात्मक भौतिकवादी अवधारणाको असफलता हो कि होइन? 

तेस्रो भनेको विश्वले दर्शनशास्त्रको द्वन्द्वात्मक भौतिकवाद स्थानान्तरणको मार अझैं पनि थेग्न सक्छ वा सक्दैन भन्ने हो। एघारौं शताब्दीबाट सुरु भएर मार्क्स र डार्बिनसम्म आइपुग्दा कोमामा पुगेको अध्यात्मवाद, प्रणालीगत मीमांसा र ज्ञानमीमांसागत रुपमा नै प्रतिकूल थियो त? के जडतत्व वा पदार्थको स्वरुप परिवर्तनमा चेतनाको अस्तित्व स्वीकार गर्न सकिँदैन? के सम्पूर्ण ब्रह्माण्डको उत्त्पतिको कारण भौतिक वस्तुमात्र हो त?

हाल विश्वभर नै २१औं शताब्दी सुहाउँदो नयाँ दर्शनको खोजी गरिनुपर्ने नवजागरणमुखी चेतना प्रकट भैरहेको देखिन्छ। मुलतः द्वन्द्वात्मक भौतिकवादी वा विकासवादी दर्शनशास्त्रको उपजको रूपमा आएको प्रविधिको विकासले एकातिर विश्व शक्तिसंघर्षको खेलमा डुब्न थालेका परिदृश्य देखिन थालेका छन् भने अर्कोतिर राष्ट्रिय स्वाधीनता र सम्प्रभुतामाथि प्रहार हुन थालेको देखिन्छ। 

यी र यस्तै परिवेशमा नेपालको सन्दर्भमा हामीले अँगालेको राज्य दर्शनशास्त्र वा अवधारणा के हो त भन्ने प्रश्न उठ्नु स्वभाविकै हो। तथापि, दु:खका साथ भन्नुपर्छ माथिका विषयमा हाम्रो राज्यले अँगालेको दर्शन कमजोर छ। हाम्रो संविधानले अँगालेका दार्शनिक सिद्धान्तको कारकतत्व भनेको राज्यका कानुन र राज्यप्रणाली तथा राज्यले जनताप्रति गर्ने व्यवहार नै हो। योभन्दा पनि महत्त्वपूर्ण कुरा के भने हामीले अँगालेको सामाजिक र राजनीतिक संस्कार तथा सामाजिकीकरणमा राज्यको योगदानबाट प्रतिबिम्बित हुने व्यवहार नै हो। 

राज्यले अंगीकार गर्ने दर्शनशास्त्रीय अवधारणा (मान्यता) के हो र केमा आधारित हुनुपर्छ भन्ने कुरामा कुनै बहस, विमर्श र चिन्तन गरेकै छैनौं।

रुखको जरा बलियो भए पो माटो (भुमि)लाई बलियो गरी समात्न सक्छ भन्ने कुरा माथि पनि उल्लेख भइसकेको छ। यसलाई अलिकति विस्तृत गरी वर्तमान राज्यप्रणालीसँग जोडियो भने नेपालको संविधान र यसले अबलम्बन गरेका प्रणालीको पनि विश्लेषण गर्न सकिन्छ। 

विकास र समृद्धिका लागि हामी संघीयतामा गएका हौं। हरेक नागरिकाको स्वतन्त्रताका लागि धर्मनिरपेक्षतामा गएका हौं। जनताले जनताको लागि जनताद्वारा शासन गर्न पाँउने हककै लागि गणतन्त्रमा गएका हौं। तर, विडम्बना हाम्रो राज्यले अंगीकार गर्ने दर्शनशास्त्रीय अवधारणा (मान्यता) के हो र केमा आधारित हुनुपर्छ भन्ने कुरामा कुनै बहस, विमर्श र चिन्तन गरेकै छैनौं। न त अझसम्म कुनै चिन्ता र चासो नै प्रकट गरेका छौं। परिणामस्वरूप आज देश कता तर्फ जानुपर्ने हो निर्क्यौल गर्न नसकेर भुमरीमा फस्दै गइरहेको देखिएको छ। 

राज्यका हरेकजसो संयन्त्र सफलता विमुख देखिन्छन्। पृथकतावादी र पहिचानको मुद्दा समाजमा भुसको आगो दन्किए जसरी दन्किरहेको छ। हुँदा खाने र हुँने खानेबीचको खाडल भयावह रुपमा बढ्दै गएको छ। जुनसुकै बेला पनि यसले विस्फोटको रुप लिनसक्ने खतरा छ। शासन, शासक र जनताबीचको विश्वास निरन्तर ओरालो लाग्दो छ। आर्थिक सूचकांकहरू प्रायः नकारात्मकोन्मुख छन्। संगठित अपराधका बहुरुपी आयाम नियन्त्रण बाहिर जाँदैछन्।

अब पनि राज्यका दार्शनिक अवधारणामा स्पष्ट हुन सकेनौं र एकत्रित भएनौं भने आगामी दिनका राज्यका जिम्मेवारी र क्रियाकलाप झन् धुमिल हुनेछन्। शासन सञ्चालनको आधार भनेको राज्य प्रणालीले अवलम्बन गर्ने दर्शन नै हो। अन्तर्राष्ट्रिय परिवेशमा देखिएको बदलिँदो दार्शनिक परिवर्तन र हाम्रा मौलिक विचारधारा समायोजन गरी राष्ट्रिय जीवनलाई विकास र समृद्धिको मार्गमा सूत्रबद्ध गर्ने राज्य प्रणालीले अवलम्बन गर्ने दार्शनिक पक्षको उजागर गर्नु आजको आवश्यकता हो। भोलिका लागि मार्गदर्शक बन्न सक्ने गरी कार्यन्नवयन त्यसपछिको काम हो। यसका लागि संविधान नै संशोधन गर्नु परे त्यो पनि गर्न तयार हुनुपर्छ। तर स्पष्ट मूल्य सहितको राज्यले अवल्मबन गर्ने दार्शनिक अवधारणामा निर्माण नगरे राज्य चरित्र घुमिल नै हुनेछ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्