• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किन आवश्यक छ– नेपाली कांग्रेसलाई १४औं महाधिवेशनमा \'सुपर डेलिगेट्स?\'

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  ०६:४०
1140x725

सुपर डेलिगेट्सको प्रचलन देश, राजनीतिक दलको आकार र संख्याअनुसार सबै लोकतान्त्रिक देशहरूमा प्रचलनमा छ। 

अमेरिकाको डेमोक्रेटिक पार्टीमा १८ देखि २१ प्रतिशतसम्म रिप्पब्लिकन पार्टीमा २३ देखि २७ प्रतिशतसम्म सुपर डेलिगेट्सको व्यवस्था छ। भारतका सबै दल, फिनल्याण्ड, जापानका बंगलादेश, श्रीलंका, सिंगापुर लगायतका देशहरूमा यस्तो व्यवस्था छ। 

लोकतान्त्रिक व्यवस्था भएका सबै देशमा राजनीतिक दलको संख्या, स्वरुप फरक फरक हुनसक्छ तर सुपर डेलिगेट्सको व्यवस्था लागू गरिएको छ।

नेपालका अधिकांश दलमा पनि उक्त व्यवस्था महत्वका साथ लागू गरिएको छ। कांग्रेसमा पनि सुपर डेलिगट्सको प्रावधान लागू गर्ने आवाज उठे पनि प्रावधान ल्याउन सकिएको छैन।

यस व्यवस्था लागू भएमा राजनीतिक व्यक्तिहरू पाखा लागे भन्ने आरोप समाप्त हुन्छ। प्रभावशाली नेताका नजिक नभएका, खर्च गर्न नसक्ने, नेताका कृपा नपाएका इमानदार कार्यकर्ताहरू बिस्तारै राजनीतिबाट पाखा लाग्दै आएका छन्। यसो हुनु दुःखदायी कुरा हो।

क्रियाशील सदस्यता वितरण गर्ने जुन परम्परा बनाइएको थियो। नेताहरूले यस व्यवस्थालाई आफू अनुकूल बनाएपछि धेरै राम्रा नेता तथा कार्यकर्ता वडा तहबाटै पराजित हुने अवस्था छ।

विकृत परम्पराको अन्त्य गर्नका लागि सुपर डेलिगेट्सको व्यवस्था नेपाली कांग्रेसमा लागू गर्न अपरिहार्य छ।

'पार्टीभित्र पैसाको चलखेल हाबी हुनसक्छ। नेताको नातेदार, कृपा भएकोले जितेको हुनसक्छ। अन्यथा उसले क्षेत्रीय अधिवेशन प्रतिनिधि हार्ने थियो,' यस्तो प्रकारको दुःखलाग्दो चर्चा पनि चल्न सक्दछ। यसले नेपाली कांग्रेस भित्रका राजनीतिक मानिसको मन दुख्छ।

Ncell 2
Ncell 2

जब जब नेपाली कांग्रेसभित्र केन्द्रीय महाधिवेशनको माहोलको सुरुवात हुन्छ, त्यसबेला कतिपय स्थानमा क्रियाशील सदस्य वितरणबाट नै झगडा सुरु हुन्छ। यो अत्यन्त दुःखद् पक्ष हो। अहिले नेपाली कांग्रेसभित्र केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्य मात्र केन्द्रीय महाधिवेशनसम्म ‘सुपर डेलिगेटस्’ हुने प्रावधान छ।

यो अत्यन्त सानो संख्याको ‘सुपर डेलिगेटस्’ हो। ‘सुपर डेलिगेटस्’ को संख्या बढाउनु पर्दछ। यसको दायरा अझ फराकिलो बनाउनु पर्दछ। 

जब वडा अधिवेशन सुरु हुन्छ, अनि देशभरि चर्चा सुरु हुन्छ कि फलानो मान्छे वडामा नै क्षेत्रीय अधिवेशनमा पराजित भयो। उसले नहारेको भए हुन्थ्यो। फलानो मान्छे क्षेत्रीय अधिवेशन प्रतिनिधि नजितेको भए हुन्थ्यो। 

'फलानो मान्छेले पैसाको बलमा जित्यो। फलानो मान्छेले यति धेरै पैसा खर्च गरेर पनि हार्यो, फलानो अर्को मान्छेले ऊ भन्दा पनि धेरै खर्च गरेर जित्यो' भन्ने खालका चर्चा देशभरि चल्न सक्दछ।

'पार्टीभित्र पैसाको चलखेल हाबी हुनसक्छ। नेताको नातेदार, कृपा भएकोले जितेको हुनसक्छ। अन्यथा उसले क्षेत्रीय अधिवेशन प्रतिनिधि हार्ने थियो,' यस्तो प्रकारको दुःखलाग्दो चर्चा पनि चल्न सक्दछ। यसले नेपाली कांग्रेस भित्रका राजनीतिक मानिसको मन दुख्छ। नेपाली कांग्रेसका कार्यकर्ताहरूको मात्र होइन, मतदाता र शुभेच्छुकहरूको पनि मन दुख्छ।

‘राजनीतिक व्यक्तिहरू’को पार्टीभित्र राजनीतिक हत्या हुने खालको वातावरण केही हदसम्म रोक्नको लागि पनि ‘सुपर डेलिगेटस्’ को आवश्यकता हुन्छ।

एकछिन आँखा बन्द गरेर शान्त चित्तले आफैंले वडामा नै क्षेत्रीय अधिवेशन प्रतिनिधिको निर्वाचनमा आफैंले क्रियाशील दिएको व्यक्तिबाट वा पार्टीमा भर्खरै प्रवेश गरेको व्यक्तिबाट पराजित भएको परिकल्पना गरेर सोचौं त, कस्तो महशुस हुन्छ? आफूलाई केन्द्रमा राखेर परिकल्पना गरेर सोच्दा अत्यन्त दुःख लाग्छ। 

अब यस्तो दुःखदायी वातावरण सिर्जना हुन नदिनको लागि विधानमा नै यो दुःखको कारणको निवारण हुने व्यवस्था गर्न सक्नुपर्दछ। यसैले ‘राजनीतिक व्यक्तिहरू’को पार्टीभित्र राजनीतिक हत्या हुने खालको वातावरण केही हदसम्म रोक्नको लागि पनि ‘सुपर डेलिगेटस्’ को आवश्यकता हुन्छ।

पार्टी भित्रको निर्वाचनमा प्रायः ‘राजनीतिक मतदाता’ले मात्र ‘राजनीतिक नेता चयन गर्दछ। पार्टीभित्रको राजनीतिक मतदाता, राजनीतिक नेता र निष्ठावान कार्यकर्ता मिलेर मात्र राजनीतिक दल र यसको आदर्शलाई जोगाउन, जीवन्त राख्न र गतिशील तुल्याउन सक्दछ।

पार्टीभित्रको राजनीतिक मतदाता, राजनीतिक नेता र निष्ठावान कार्यकर्तालाई संरक्षण गर्न र ऊर्जाशील बनाउनको लागि पनि ‘सुपर डेलिगेटस्’को आवश्यकता हुन्छ। 

राजनीतिक दल र यसको आदर्शलाई जोगाउन, जीवन्त राख्न र गतिशील तुल्याउन पार्टीभित्रको ‘राजनीतिक व्यक्तिहरु’ राजनीतिक मतदाता, राजनीतिक नेता र निष्ठावान कार्यकर्ताहरू, जो राजनीतिक दलको वा संगठनको वा पार्टीको ‘मुटु’ हुन्।

उनीहरूलाई संरक्षण गर्न र ऊर्जाशील बनाउनको लागि पनि ‘सुपर डेलिगेटस्’ को आवश्यकता हुन्छ।

‘सुपर डेलिगेटस्’को धारणा वा विचारधारा पनि यसै प्रकारका अनेक आवश्यकताहरुबाट गर्भाधान भएको हो।

राजनीतिमा मात्रै होइन, समाजको सबै क्षेत्रमा विवेक बिनाको बहुमतको कुनै महत्व र सुन्दर पक्ष हुँदैन। 

कतिपय मानिस आफू र आफूलाई मन पर्ने मानिस बाहेक पार्टीभित्र कै अन्य मानिसहरूलाई संगठनको निर्वाचनमा जसरी पनि पराजित गर्ने, संगठनमा भूमिका नदिने, संगठनको निर्णय प्रक्रियामा सहभागी नगराउने र संगठनमा सक्रिय हुने वातावरण नदिने प्रचलन छ। 

देशभरी नै प्रायः सबै संगठनमा बहुमत पक्षले विवेक प्रयोग नगर्दा संगठनभित्र दुःख र लगानी गरेका मानिसहरू संगठनको आन्तरिक निर्वाचनमा पराजित भएका छन् र राजनीतिबाट नै बाध्यताबस पाखा लागेका छन्। 

यस कार्यको समाज र संगठनभित्र नकारात्मक प्रभाव परिरहेको हुन्छ। राजनीतिमा मात्रै होइन, समाजको सबै क्षेत्रमा विवेक बिनाको बहुमतको कुनै महत्व र सुन्दर पक्ष हुँदैन। 

संगठनभित्रको यस्ता केही विवेकहीन र अनैतिक प्रतिस्पर्धालाई रोक्न र यसबाट संगठन र समाजमा पर्ने नकारात्मक प्रभावलाई केही हदसम्म रोक्नको लागि पनि ‘सुपर डेलिगेट्स’ को आवश्यकता हुन्छ।

‘सुपर डेलिगेट्सको क्राइटेरिया र योग्यता के हो? 

नेपाली कांग्रेसको सन्दर्भमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएको कम्तिमा दश वर्ष पुगेको व्यक्तिहरु मध्ये पार्टीभित्रको आन्तरिक निर्वाचनमा भोट हाल्न योग्य हुन्छ। संगठनभित्रका निम्न योग्यता पुगेका क्रियाशील सदस्यहरूलाई‘सुपर डेलिगेट्स बनाउन सकिन्छ। तर,यसमा थप बहस हुनसक्दछ। 

१४ औं केन्द्रीय महाधिवेशनमा संवाद, छलफल र सहमतिको आधारमा केन्द्रीय महाधिवेशनले सर्वसम्मति वा बहुमतको आधारमा ‘सुपर डेलिगेट्सको व्यवस्था विधानमा समावेश गर्न सकिन्छ।

नेपाली कांग्रेसले आधिकारिक रुपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको हकमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा उल्लेख गरको बाहेक अन्यको बारेमा अहिले कुनै पनि निर्णय गरेको छैन। 

यो विषय अब पार्टीको आगामी १४औं महाधिवेशनमा मात्र आधिकारिक छलफल हुन सक्दछ। त्यसअघि नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म विचार निर्माणको क्रममा ‘सुपर डेलिगेटस्  विषयमा छलफल गर्न सकिन्छ।

छलफलको लागि प्रस्तुत गरिएको ‘सुपर डेलिगेट्स लागि योग्यताहरू निम्नानुसार हुन सक्दछन्: 

१. केन्द्रीय पदाधिकारीहरू र पूर्व केन्द्रीय पदाधिकारीहरू। 

२.  केन्द्रीय कार्य समितिका सदस्यहरू र पूर्व केन्द्रीय कार्य समितिका सदस्यहरू। 

३. जिल्ला कार्य समितिका सभापतिहरू र जिल्ला कार्य समितिका पूर्व सभापतिहरू। 

४.पार्टीको तर्फबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार  भएकाहरू। 

५. पार्टीका सम्पुर्ण प्रदेश समितिका सभापतिहरू र प्रदेश समितिका पूर्व सभापतिहरु।

६. पार्टीको तर्फबाट संघीय मन्त्री एवं सांसद हुनु भएकाहरु र पुर्व संघीय मन्त्रीहरु एवं पुर्व सांसदहरू। 

७. पार्टीको तर्फबाट प्रदेश सभामा मन्त्री एवं सांसद हुनु भएकाहरु र प्रदेश सभाका पुर्व मन्त्रीहरु एवं पुर्व सांसदहरु। 

८. पार्टीमा निरन्तर दुई पटक महासमिति सदस्य हुनु भएकाहरु र  दुई पटक निरन्तर महासमिति सदस्य हुनु भएका पुर्व महासमितिका सदस्यहरु। 

९. पार्टीमा लगातार दुई पटक क्षेत्रिय सभापति हुनु भएकाहरु र  दुई पटक लगातार क्षेत्रिय सभापति हुनु भएका पुर्व क्षेत्रिय सभापतिहरु। 

१०. पार्टीको भातृ संस्था एवं शुभेच्छुक संस्थाका प्रमुखहरू एवं पदाधिकारीहरू र भातृ संस्था एवं शुभेच्छुक संस्थाका पूर्व प्रमुखहरू एवं पूर्व पदाधिकारीहरू। 

११. पार्टीको बिदेश स्थित जन सम्पर्क समितिका प्रमुखहरु र  जन सम्पर्क समितिका पूर्व प्रमुखहरु। 

१२. पार्टीको तर्फबाट लोकतान्त्रिक आन्दोलनमा लागेर वा तत्कालीन माओवादी र तराईको सशस्त्र समूहले गरेको हिंसात्मक द्वन्द्वमा परि सहिद र घाइते भएका परिवारका सदस्य र घाइते मध्येबाट। 

१३. पार्टीको लोकतान्त्रिक आन्दोलनमा क्रममा ६ महिना वा सो भन्दा बढी समय जेल जीवन बिताएका वा १ वर्ष वा सो भन्दा बढी समय बाध्यताले प्रवासमा बसेका मध्येबाट। 

१४. पार्टीको तर्फबाट महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र गाउँपालिकामा उम्मेदवार भई  निर्वाचित भएका मेयर, उपमेयर तथा प्रमुख, उपप्रमुखमा निर्वाचित हुनु भएकाहरू। 

१५. पार्टीको तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा उम्मेदवार भई निर्वाचित भएका जिल्ला समन्वय समितिका संयोजकहरू, पूर्व संयोजकहरू एवं जिल्ला विकास समितिका पुर्व सभापतिहरू। 

१६.महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाको नगर कार्य समितिका लगातार दुई पटक भएका सभापतिहरू र लगातार दुई पटक सभापति भएका पूर्व सभापतिहरू एवं गाउँपालिकाहरूमा गाउँपालिका कार्य समितको लगातार दुई पटक भएका सभापतिहरू र लगातार दुई पटक सभापति भएका पूर्व सभापतिहरू।

जसले नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएको १० वर्ष पुगिसकेको छ। उनीहरूलाई पार्टीको केन्द्रीय महाधिवेशनमा मतदान गर्न र उम्मेदवार हुन पाउने दुवै अधिकार सहितको स्वतः विशेष स्थायी महाधिवेशन प्रतिनिधि ‘सुपर डेलिगेटस्’ को व्यवस्था विधानमा गर्न सकिन्छ। 

माथि उल्लेखित योग्यताहरूमा अन्य केही योग्यताहरू थप गर्न सकिन्छ कि वा यसमा योग्यताहरू घटाउन सकिन्छ कि? यसको लागि तीव्र र घनिभुत संवाद, छलफल र बहसको आवश्यकता छ। 

यसैगरी विधानमा केही व्यवस्थाहरू गर्दा पार्टीलाई राम्रो हुन सक्दछ: 

(क) पार्टीको भातृ संस्था एवं शुभेच्छुक संस्थाका जिल्ला सभापतिहरू एवं पूर्व जिल्ला सभापतिहरूलाई वडा तहबाट स्वतः क्षेत्रीय अधिवेशन प्रतिनिधि आउने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन सक्दछ। यसो गर्दा बढी भन्दा बढी मानिसलाई क्षेत्रीय अधिवेशन प्रतिनिधिको रुपमा संगठनभित्र समेट्न सकिन्छ। 

(ख) पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्म र सबै समूहहरूमा ‘एक व्यक्ति, एक पद, एक पटकको लागि मात्र’ हुन सक्ने व्यवस्था विधानमा थप गर्दा राम्रो हुन सक्दछ।

(ग) पार्टी सरकारमा हुँदा दिन सकिने मन्त्रीहरू, राजनीतिक नियुक्क्तिहरू, व्यक्तिगत स्वकीय सचिवहरू र लाभको पदहरू लगायतका पदहरूमा पनि  ‘एक व्यक्ति, एक पद, एक पटकको लागि मात्र’ हुन सक्ने व्यवस्था विधानमा थप गर्दा राम्रो हुन सक्दछ। 

(घ) केन्द्रीय कार्य समितिको निर्वाचनमा पार्टीका जिल्ला कार्य समितिका सभापतिहरू र जिल्ला

कार्य समितिका पूर्व जिल्ला सभापतिहरूले मात्र उम्मेदवार हुन पाउने र सबै महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने गरी केन्द्रीय सदस्य पदमा कम्तिमा चार जना महिलासहित जम्मा १० जना केन्द्रीय सदस्यहरू निर्वाचित हुन सक्ने व्यवस्था विधानमा गर्दा राम्रो हुन्छ। 

नेपाली कांग्रेसको भर्खरै केन्द्रीय कार्य समितिबाट पास गरिएको विधान १४औं महाधिवेशनसम्म लागू हुने देखिन्छ। अब १४औं महाधिवेशन अगाडिसम्म वर्तमान विधानमा के कस्ता संशोधन आवश्यक हुन सक्दछन् भन्ने विषयमा संवाद, छलफल र बहस गर्न सकिन्छ।

‘सुपर डेलिगेटस् रहने व्यवस्था विधानमा लागू भएमा हरेक महाधिवेशनको समयमा कम्तिमा २० प्रतिशत नयाँ मानिसहरू केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने सम्भावना बढेर जान्छ।

पार्टीभित्रको महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि पार्टीअनुसार फरक-फरक हुन सक्दछ र सबैको आ–आफ्नै तरिका पनि हुन सक्दछ। यो स्वभाविक विषय हो, यसमा कुनै अनौठो र आश्चर्य मान्नु पर्दैन। सबै विधिहरूको आ–आफ्नो गुण र अवगुण हुन सक्दछन्। 

विधानमा नै ‘सुपर डेलिगेटस्’ रहने व्यवस्थाको पनि गुण र अवगुणहरू हुन सक्दछन्। यसैले यस विषयमा पनि गम्भीर, तार्किक, वस्तुगत र तथ्यगत बहस, छलफल र संवाद हुनु आवश्यक हुन सक्दछ। 

नेपाली कांग्रेसको विधानमा अन्य के–के विषयमा छलफल गर्न आवश्यक छ, सो विषयमा पनि गम्भीर बहस र छलफल हुन आवश्यक हुन सक्दछ। 

माथि उल्लेखित योग्यता अनुसारको ‘सुपर डेलिगेटस् रहने व्यवस्था विधानमा लागू भएमा हरेक महाधिवेशनको समयमा कम्तिमा २० प्रतिशत नयाँ मानिसहरू केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने सम्भावना बढेर जान्छ।  

यदि, ‘सुपर डेलिगेटस् ’ रहने व्यवस्था विधानमा नरहने र सबैले वडा तहबाट नै क्षेत्रीय अधिवेशन प्रतिनिधिको चुनावमा प्रतिष्पर्धा गरेर आउनुपर्ने व्यवस्था विधानमा भयो भने प्रत्येक महाधिवेशनमा पुरानै मानिस दोहोरिरहने र नयाँ मानिसले कम मात्र केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पाउने सम्भावना रहन सक्दछ।

यस्तो व्यवस्था भएमा हरेक महाधिवेशनमा मुश्किलले १ जना वा २ जना नयाँ मानिस महाधिवेशन प्रतिनिधि हुने सम्भावना अर्थात् ५ देखि १० प्रतिशतको हाराहारीमा मात्र नयाँ मानिस आउने सम्भावना रहन्छ।

सधैँ नयाँ पुस्ताले केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन नपाउने र अन्य अवसर प्राप्त गर्ने सम्भावना कम हुने हो भने पार्टी गतिशील हुन सक्दैन। पुराना नेता/कार्यकर्ताहरूलाई अवसर दिने नाममा नयाँलाई अवसर दिने ढोका पनि बन्द गर्नु हुँदैन। 

यो तीतो यथार्थ हो। सधैँ नयाँ पुस्ताले केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन नपाउने र अन्य अवसर प्राप्त गर्ने सम्भावना कम हुने हो भने पार्टी गतिशील हुन सक्दैन। विस्तारै कमजोर बन्दै जान्छ।

पार्टीमा नयाँलाई अवसर दिने नाममा पार्टीका पुराना नेता/कार्यकर्ताहरूलाई पाखा लागाउनु पनि हुँदैन। पुराना नेता/कार्यकर्ताहरूलाई अवसर दिने नाममा नयाँलाई अवसर दिने ढोका पनि बन्द गर्नु हुँदैन। 

विधानमा नै ‘सुपर डेलिगेटस्  रहने व्यवस्थाले अधिकांश पुराना पुस्ताका मानिसहरू प्रायः स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्छन्। 

एउटा निर्वाचन क्षेत्रबाट कम्तिमा ५ जना अर्थात् २० प्रतिशत नयाँ मानिसहरूको आगमन केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुन सक्यो भने ८ सय २५ जना नयाँको आगमन हुन्छ। जनसम्पर्क समिति र भातृ एवं शुभेच्छुक संस्थाहरू लगायत सबैको जोड्ने हो भने करिब ९ सय जनाको हाराहारीमा हरेक महाधिवेशनमा नयाँ पुस्ता आउन सक्ने सुनिश्चित हुन्छ।

यी धारणाहरू कुनै अन्तिम निष्कर्षहरू होइनन्, यी केवल सुझाव मात्र हुन्। यिनमा आवश्यताअनुसार परिमार्जन गर्न सकिन्छ र यसको संख्या, स्वरुप, काम, कर्तब्य र अधिकार सम्बन्धी विषयको व्यवस्थाको लागि प्रशस्त अध्ययन र गृहकार्य आवश्यक रहेको हुन सक्दछ। 

विधानमा नै अझ फराकिलो दायरामा ‘सुपर डेलिगेटस् रहने व्यवस्था गर्ने हो भने यसले पार्टीलाई निरन्तर अझ गतिशील, सुदृढ र संगठित बनाउँदै लाने कार्यमा सशक्तरुपले मदत गर्न सक्दछ।

 (गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।)

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा बिहीबार, फागुन २१, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं बिहीबार, फागुन २१, २०८२
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्