• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मृत्युको ५० वर्षपछि पनि किन अमर छिन् मधुबाला?

64x64
नेपाल लाइभ बुधबार, फागुन २९, २०७५  १२:५२
1140x725

मधुबालाको निधन भएको ५० वर्ष भइसक्यो। ५० वर्ष अर्थात् आधा शताब्दी। यद्यपि उनको जादुले आज पनि धेरैलाई उच्च प्रभाव पारिरहेको छ।

मिस इन्डिया, मिस एसिया, मिस वर्ल्ड अथवा मिस युनिभर्सहरु सिनेमामा प्रवेश गरी लोकप्रिय अभिनेत्रीका रुपमा विख्यात भइरहेका छन्। यस्ता अभिनेत्री पनि छन्, जसलाई अभिनयकै लागि राष्ट्रिय पुरस्कार र फिल्म फेयर जस्ता अब्बल पुरस्कार मिलिरहेको छ। पुरस्कार विजेता कतिपय अभिनेत्री अवार्ड पाएपछि गुमनाम भएका पनि छन्। 

तर, मधुबालाले न कुनै सौन्दर्य प्रतियोगिता जितिन् न त कुनै सर्वश्रेष्ठ अभिनेत्रीकै पुरस्कार पाइन्। यद्यपि भौतिक शरीर लीन भएको ५० वर्षपछि पनि उनी अमर छिन्।

अहिले भारतीय सिनेमामा एक से एक सुन्दर र योग्य अभिनेत्रीहरुको प्रवेश भइरहेको छ। तर मधुबाला जस्तो कोमल अभिनेत्री अरु छैनन्। सौन्दर्यको होस् वा अभिनयको, मधुबालाको चर्चामा आज पनि कुनै कमी छैन। कारण, मधुबालाको पालामा हामीले उनलाई जति प्रशंसा गर्थ्यौं। आज पनि उस्तै छ।

यो कुनै चमत्कारभन्दा कम छैन। जबकि ५० वर्षमा कैयौं इतिहास मेटिएर जान्छन्। ठूल्ठूला राजेतना, क्रिकेटर र स्टारहरुलाई बिर्सिइन्छन्। तर, मधुबालालाई आज पनि सबैले हृदयदेखि नै सम्झना गरिरहेका छन्।

मधुबालाको लोकप्रियता, सुन्दरता र प्रतिभाको चर्चा बलिउडमा पनि गुन्जिन थाल्यो जब सन् १९४०-५० देखि ६० को दशकमा उनी फिल्ममा सक्रिय थिइन्। मधुबालाको सौन्दर्य-चर्चापछि हलिउडले समेत त्यसबेलाकी प्रसिद्ध अभिनेत्री मर्लिन मुनरोसँग उनको तुलना गरेको थियो। 

मधुबालाभन्दा पहिले देविका रानी, दुर्गा खोटे, नूरजहाँ र सुरैया जस्ता अभिनेत्रीले आफ्नो सौन्दर्य, अभिनय र गायनमार्फत हिन्दी सिनेमामा आफ्नो राज जमाएका थिए। मधुबालाभन्दा केहीअघि र समकालीनका रुपमा नलिनी जयवन्त, कामिनकी कौशल, मीना कुमारी, नर्गिस, गीता बाली, निम्मी, वैजयन्ती माला, नूतन र वहीदा रहना जसुता जस्ता अभिनेत्री देखापरे। यी सबै भारतका लोकप्रिय र स्मरणीय अनिनेत्रीका रुपमा रहे। उनीहरुले भारतीय सिनेमाका लागि भव्य योगदान पनि गरे। तर, मीना कुमारी र नर्गिसलाई बिस्तारै मधुबालाले टक्कर दिन थालिन्। उनको सौन्दर्य र भावभंगीमासँग यी दुई महान् अभिनेत्री पनि कम देखिए।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो ४० वर्षमा यस फिल्मी दुनियाँलाई हेर्दा मैले धेरै पटक महसुस गरेको छु। जब म नयाँ अभिनेत्रीसँग आफ्नो आदर्श अभिनेत्रीको नाउँ सोध्थेँ, पहिलो पटक उनीहरूले मधुबाला र मीना कुमारीकै नाम लिए।

धेरै सिनेप्रेमीहरु विश्वास गर्छन् कि मधुबाला अझै अद्भुत लाग्छ।

पछिल्लो ५० वर्षमा यी अभिनेत्रीका अलावा मधुबाला नै थिइन्। उनीपछि नन्दा, माला सिन्हा, सायरा बानो, साधना, मुमताज, शर्मिला टैगोर, हेमा मालिनी, रेखा, जया बच्चन, स्मिता पाटिल, शबाना आजमी, जीनत अमान, श्रीदेवी, माधुरी दीक्षित, जूही चावला, उर्मिला मतोन्डकर, प्रियंका चोपडा, काजोल, ऐश्वर्या राय, करिश्मा कपूर, रवीना टन्डन, करिना, कैटरिना, प्रिटी जिन्टा, रानी मुखर्जी, विद्या बालन, कंगना र अहिले तापसी पन्नू, सारा खान लगायतका अभिनेत्रीले आफ्नो कला प्रदर्शन गरी विश्व सिनेमामा आफ्नो खास ठाउँ बनाएका छन्। यस सँगसँगै मधुबाला आज पनि सिनेमाको उच्च ठाउँमा विराजमान छिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मधुबालाको तुलना कुनै बेला माधुरी दीक्षितसँग पनि जरुर हुने गर्थ्यो। जसको मुख्य कारण थियो मोहक मुस्कान। चन्द्रमा जस्तो चेहरा। नशालु आँखा। आकर्षक नाक। सिंगमरमर जस्तो शरीर। उनको हाँसो र मुस्कुराहट त धेरैका लागि फिदा बनाउने खालको थियो। मानौं, मधुबालाको हँसिलो अनुहार देखेर नै मोती चम्किएको हो। झरनाको झरझर संगीत गुन्जिएको हो। 

यस्तै खालको सौन्दर्य र मुस्कुराहट माधुरी दीक्षितसँग पनि थियो। कहिलेकाहीँ खुलेर हाँस्दा माधुरी पनि मधुबालाझैं सुन्दर देखिन्थिन्। उनको खिलखिलाहट पनि गजबको थियो। साथै माधुरीको शरीरको बनावट पनि कहिलेकाहीँ मधुबालासँग मिल्दो प्रतीत हुन्थ्यो। माधुरी पनि सुन्दर अभिनेत्री थिइन्, तर सम्पूर्णतामा मधुबालाको तुलनामा कम।

आजको दौरानमा उच्चकोटीकी अभिनेत्री माधुरी आफ्नो तुलना मधुबालासँग हुँदा उनी आफै पनि धन्य मान्छिन्। एक पटक मैले माधुरीसँग भनेको थिएँ, 'मधुबालापछि मैले उच्च अभिनेत्रीको रुपमा तपाईंलाई नै देखेको छु।' मेरो कुरा सुनेर आफ्नो चिरपरिचित आकर्षक मुस्कान फ्याँक्दै माधुरीले भनेकी थिइन्, 'मेरो लागि योभन्दा ठूलो कुरा केही हुन सक्दैन। यदि मेरो तुलना सबैभन्दा उत्कृष्ट कलाकार मधुबालासँग हुन्छ भने।'  

मधुबाला आज पनि कति लोकप्रिय छिन्, यसको जवाफ गुगल सर्च इन्जिनले पनि बताउन सक्छ। गत १४ फेब्रुअरीमा मधुबालाको जन्मदिनमा गुगलले आफ्नो डुडलमा मधुबालाप्रति समर्पित गरेको थियो।

मधुबालाको लोकप्रियता आज पनि निकै छ। यसको प्रमाण नयाँ दिल्लीको म्याडम तुसाद संग्रहालयमा पनि मिल्छ। जहाँ पुराना सबैजसो अभिनेत्रीमध्ये केवल एक अभिनेत्रीको मैनको मूर्ति बनाइएको छ, ती हुन् मधुबाला।

यो संग्रहालयमा केही समयअघि मधुबालाको मूर्ति बनेपछि मर्लिन इन्टरटेन्मेन्ट इन्डियाका निर्देशक एवं महाप्रबन्धकले भनेका थिए, 'म्याडम तुसादले दिल्लीमा मधुबालाको मूर्ति बनाएकोमा हामी निकै खुसी छौं। मधुबालाको आज पनि देश दुनियाँमा अर्बौं प्रशंसक छन्। आज पनि जब कुनै मानिस उनको यो मूर्ति हेर्नका लागि यहाँ आउँछन् भने उनको साथ सेल्फी लिनका लागि मोबाइल उठाउनेछन्।'

सुपरहिट २० फिल्म
मधुबालाले सन् १९४२ देखि १९६२ सम्म आफ्नो दुई दशक करिअरमा कुल ७० फिल्ममा काम गरिन्। तर यीमध्ये २० वटाजति मात्रै हिट सुपरहिट भए। बाँकी फिल्म कि औसत रहे कि त फ्लप। यद्यपि आफ्ना २० फिल्मको कारण मधुबाला आज पनि करौडौं मनमा रानी बनेर राज गरिरहेकी छन्। देशकै सर्वोत्कृष्ट अभिनेत्री बनिन्।

दिल्लीमा १९३३ फेब्रुअरी १४ मा जन्मिएकी मधुबालाको असली नाम मुमताज जहाँ देहलवी थियो। आफ्ना बाउ अताउललाह खान र आमा आयशा बेगमका ११ सन्तानमध्ये मधुबाला पाचौं सन्तान थिइन्। बच्ची मुमताज बाल्यकालमै पनि औधी सुन्दर थिइन्। गीत-संगीतमा पनि उनको निकै रुचि थियो।

मुमताज मात्र ९ वर्षकी थिइन्। जतिबेला उनले फिल्म 'वसन्त'मा अभिनय गर्ने मौका पाइन्। नायिकाकी छोरीको भूमिका उनका लागि मिलेको थियो। मुमताजको नामबाटै केही फिल्ममा काम गरिसकेपछि उनको चुम्बकीय सुन्दरता देखेर देविका रानीले उनको नाम मधुबाला राखिदिइन्।

त्यसपछि देविका रानीले 'ज्वारभाटा' फिल्ममा मधुबालालाई अनुबन्ध गर्न चाहेकी थिइन्। तर यस्तो अवस्था आइलाग्यो कि केदार शर्माले सन् १९४६ मा आफ्नो फिल्म 'नील कमल'मा यिनै अभिनेत्रीलाई राज कपूरका साथ प्रस्तुत गरिदिए। तर उक्त फिल्म चलेन। तर, मधुबालाको काम र रुप देखेर उनले त्यस समयका सबै नायकका साथ काम गराउन थाले। जब १९४९ मा कमाल अमरोहीको फिल्म 'महल' प्रदर्शनमा आयो, मधुबालालाई यही फिल्मले स्टार बनाइदियो।

मधुबालाले अशोक कुमार, राज कपूर, महिपाल, जयराज, रहमान, मोतीलाल, सुरेन्द्र, करण दीवान, प्रदीप कुमार, भारत भूषण, देव आनन्द, प्रेमनाथ, सुनिल दत्त, शम्मी कपूर, किशोर कुमार र दिलीप कुमारसँग पनि काम गरिन्।

दिलीप कुमारसँग त मधुबाला लामो समयसम्म प्रेम सम्बन्धमा रहिन्। दिलीप कुमारले यो सम्बन्धलाई खुला हृदयले स्विकारेका छन्। जबकि दिलीप कुमारसँग मधुबालाको विवाह हुन पाएन। जसको सबैभन्दा ठूलो कारण थियो- मधुबालाका बाबुको विरोध। पछि उनले सन् १९६० मा किशोर कुमारसँग विवाह गरिन्।

आफ्नो करिअरको सबैभन्दा सुपरहिट फिल्ममा काम गर्दा मधुबाला दिलीप कुमार र किशोर कुमारकै साथमा देखिएकी थिइन्। जसमा 'मुगल ए आजम' त उत्कृष्ट फिल्म बन्न पुग्यो। जसमा मधुबाला उत्कृष्ट अभिनेत्री ठहरिन्। यसका अलावा 'इनकी तराना', 'अमर' र 'संगदिल' जस्ता फिल्ममा पनि मधुबालाको जोडीमा दिलीप कुमार छन्।

उता किशोर कुमारका साथ 'गाडी', 'महलों के ख्वाब', 'झुमरु' र 'हाफ टिकट' जस्ता फिल्ममा पनि मधुबालाले आजसम्म प्रभाव छोडिरहेकी छन्।

मधुबालाका अन्य सम्झनयोग्य फिल्ममा 'हावड़ा ब्रिज', 'बरसात की रात', 'गेट वे अफ इन्डिया', 'मिस्टर या मिसेज', 'शीरी फरिहाद', 'यहूदी की लड़की', 'काला पानी', 'जाली नोट', 'पासपोर्ट', 'कल हमारा है', 'इन्सान जाग उठा', 'दो उस्ताद' र 'फाल्गुन' मुख्य छन्।

जब मुटुले धोका दियो
मधुबालाको जीवनमा स्वर्णिम यात्रामा सबैभन्दा त्रासदीका रुपमा उनको कोमल मुटु बन्न पुग्यो। उनको मुटु त निकै कोमल र सुन्दर थियो। जस्तो कि चन्द्रमामा पनि दाग हुन्छ, मधुबालाको चन्द्रमा जस्तो मुटुमा पनि एउटा दाग देखापर्‍यो। जहाँ एउटा प्वाल देखियो। 'मुगल ए आजम' फिल्म सुटिङका क्रममा १९५० मा मात्र यो कुरा थाहा भयो।

तर, उनले आफ्नै ठूलो परिवारको आर्थिक जिम्मेवारी लिनुपर्ने भएकाले यो गम्भीर बिरामको बेवास्ता गरिन्। यही कारण उनको रोग झन् जटिल बन्दै गयो। 

उता प्रेमनाथ, दिलीप कुमार र किशोर कुमारसम्म ज-जसले प्रेम गरे, अन्तत: मधुबालाका लागि निराशा सिवाय अरु मिलेन। सबैले उनलाई धौकेधोका दिए।

किशोर कुमारले विवाह त गरे तर जब रोगले मधुबाला थलिइरहेकी थिइन्, त्यसैबेला उनले बेवास्ता गर्दै उनलाई अलग्गै राखिदिए। यहाँसम्म कि उनको अवस्था बुझ्न किशोर कुमार दुई-चार महिनामा एकपटक पुग्थे। यस्तो अवस्थामा मधुबालालाई किशोरकुमारको साथ निकै महत्वपूर्ण थियो। यिनै बेवास्ता र निराशाका कारण उनी विचलित हुँदै गइन् र जीवनदेखि बिस्तारै गल्न थालिन्।

फिल्ममा काम गर्नका लागि अब उनीसँग कुनै शक्ति बाँकी रहेन। यस्तो अवस्थामा विवाहको ९ वर्षसम्म उनी जिउँदो त रहिन् तर अन्तिम वर्षमा ताजमहलभन्दा सुन्दर मधुबाला खण्डहर जस्तै बन्न पुगिन्। उनको शरीरमा हड्डी सिवाय केही देखिन्नथ्यो। यही हालतका बीच सौन्दर्यकी देवीले २३ फेब्रुअरी १९६९ मा ३६ वर्षकै उमेरमा अन्तिम स्वास फेरिन्। 

तर, पनि यो उही मधुबालाको शक्ति हो। रुप र अभिनयको करिश्माकै कारण उनको नाम र कामको जादु  आज पनि हरेकको सम्झनामा रहिरहेकै छ।

(बिबिसी हिन्दीका लागि वरिष्ठ पत्रकार एवं फिल्म समीक्षक प्रदीप सरदानाको यो लेख भावानुवाद गरिएको हो।)

प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्