‘मैले आफ्नो हकअधिकारका लागि नारी दिवस नै कुर्नुपर्छ भन्ने छैन। म एक सक्षम नारी हुँ नि, म किन अरूमाथि निर्भर हुनुॽ’ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अंग्रेजी विभागमा कार्यरत दक्षिण अफ्रिकाकी पत्रकार पर्लले आफ्नो नारी दिवसप्रतिको अपेक्षा सुनाइन्। चीनको राजधानी बेइजिङस्थित श् चिङ शान् जिल्ला पापाओशानमा उनी र म अपार्टमेन्टको एउटै तलामा बस्छौं।
मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’मा चीनका सबै महिला सम्बन्धित संघसंस्थाहरू मिलेर महिला दिवसको भव्य कार्यक्रम आयोजना गर्दै थिए। उक्त कार्यक्रममा महिला संघसंस्थाका पदाधिकारीहरू, मानव अधिकारकारकर्मी, पत्रकार, विद्यार्थीका साथसाथै उच्च पदस्थ महिलाहरू सहभागी थिए।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विशेषज्ञका श्रीमतीहरू र अन्य पत्रकार महिलालाई लैजानको लागि रेडियो प्रांगणमा गाडी रोकिएको थियो। म त्यहाँ नपुग्दै पश्चिमी देशका महिलाहरू समयमै पुगिसकेका रहेछन्। साढे १ बजे जम्मा हुने भनिए पनि नानीदेखि लागेको बानी परेकाले होला, म चाहिँ५ मिनेट ढिलो हुन पुगेँ।
केहीबेरपछि हस्याङफस्याङ गर्दै ‘क्या ! भावीजी आपका फोन क्या हुवाॽ मैने कितनी बार फोन किया, क्यूँ फोन नहीं उठा रही होॽ’ भन्दै पाकिस्तानी साहिदा जुबेर पनि आइपुगिन्। झन् उनी मभन्दा पनि ५ मिनेट ढिलै देखापरेपछि मेरो ढिलो हुनुको संकोच केही मत्थर भयो।
कुनै औपचारिक कार्यक्रम तथा कुनै विधानसभाहरू यहाँ हुने गर्छन्। यहाँबाट नै चीनका नियमकानुन, राज्यव्यवस्थाहरू पारित गरिन्छ। चीनमा विदेशी उच्च पदाधिकारीहरू आउँदा यही भेटघाटको कार्यक्रम पनि हुन्छ।

खै, मभित्र आत्मविश्वासको कमी भएर वा माहोल नयाँ लागेर हो? कार्यक्रम स्थलसम्म एक्लै जान पनि हिम्मत आइरहेको थिएन। म कार्यक्रमस्थल जानका लागि साथी खोजिरहेकी थिएँ। कम्तीमा बोलचाल गर्न सहज हुने भएकाले पाकिस्तानी साहिदा मेरै सिटछेउमा बस्न आएपछि त मलाई ढुंगा खोज्दा देउता मिलेझैं ढुक्क भयो।
हाम्रो यात्राको तारतम्य मिलाउने अंग्रेजी बोल्ने चिनियाँ महिला वेन्डी थिइन्। जो हामीलाई गन्तव्यसम्म पुर्याउनका लागि खटिएकी थिइन्। गाडीभित्र बसिसकेपछि उनले निमन्त्रणापत्र थमाउँदै नियम लेखिएको एउटा कागज हेर्न लगाइन्। चीनमा दुई ठूला राजनीतिक अधिवेशन जनराजनीतिक परामर्शदात्री सम्मेलन र नेसनल पिपुल्स कांग्रेस चलिरहेका बेला सोही ग्रेट हल अफ द पिपुल्समा कार्यक्रम भइरहेकाले पनि सुरक्षाका नियम पछ्याउनुपर्थ्यो नै। निमन्त्रणापत्र, पासपोर्ट अनिवार्य बोक्नुपर्ने, ब्याग, खानेपानी तथा खाद्यपदार्थ, पावर बैंक जस्ता सामग्री बोक्न निषेध गरिएका जस्ता कुराहरू निमन्त्रणापत्रमै उल्लेख गरिएको थियो।
निर्धारित समयभन्दा केही मिनेट ढिलो गरेर गुड्न तरखर गरिरहेको गाडीमा कूल १० जना महिला देखिए। फरकफरक देशका भएकाले आ-आफ्नो देशको संस्कृतिको कुरा गर्दै विचार आदानप्रदान गर्नु रोचक नै हुन्थ्यो।
‘माशाल्लाह! वाउ!’ भन्दै छेउमा रहेकी टर्कीकी सेदलको ध्यान मेरो नाकमा आकर्षित भयो। फुली देखाउँदै उनले आफूलाई पनि त्यस्तै लगाउने मन लागेको सुनाइन्। जिज्ञासा राखिन्, ‘किन देब्रे भागमा फुली लगाएकोॽ’ उनको प्रश्नले म झसंग नै भएँ। खासमा यसको आधिकारिक उत्तर थाहा नभएकाले झारा टार्ने जवाफ दिएँ, ‘आमैले यतै लगाइदिनुभयो, यस्तै नै होला हाम्रो संस्कार।’
कार्यक्रम १ घन्टा २० मिनेटको निर्धारण गरिएको थियो। गाडीले १ घन्टा लगाएर कार्यक्रमस्थल पुर्यायो।
मैले नेपालमा यस्ता कार्यक्रममा उपस्थित हुँदा प्राय: भाषण मात्र सुनेकाले होला, दिक्कलाग्दो भाषणको प्रतीक्षा थियो। अझ कि त चिनियाँ भाषामा होला, कि त अंग्रेजीमा होला भन्ने सोचेर टाउको रिंगाउन थालेको थियो। तर मेरो सोचले कोल्टो पो फेर्यो।
ग्रेट हल थ्यानआनमनको दक्षिणी भागमा अवस्थित छ। सन् १९५९ को सेप्टेम्बरमा बनिएको जनबृहत् सभाहलले १ लाख ७० हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ। यहाँ ३ सयभन्दा बढी मिटिङ हल छन्। प्रत्येक कार्यक्रममा हलभित्र १० हजार देखि ५ सय हजारसम्म सिट बस्नका लागि उपलब्ध छ।

कुनै औपचारिक कार्यक्रम तथा कुनै विधानसभाहरू यहाँ हुने गर्छन्। यहाँबाट नै चीनका नियमकानुन, राज्यव्यवस्थाहरू पारित गरिन्छ। चीनमा विदेशी उच्च पदाधिकारीहरू आउँदा यही भेटघाटको कार्यक्रम पनि हुन्छ। हाल चीनका दुई ठूला राजनीतिक अधिवेशन (ल्याङहुई) यही हलमा भइरहेकाले त्यहाँसम्म पुग्न पाउनु भाग्यकै कुरा भएकाले मन त्यसै त्यसै प्रफुल्ल थियो।
कुनै एउटा हलमा हामी महिलाहरूलाई लगियो। नारी दिवसको स्वाद चखाउनकै लागि हुनुपर्छ, टेबुल-टेबुलमा खानेकुरा थुप्रिएका थिए। यो त कास्टिङ मात्रै थियो, स्वाद लाग्ने कुरा त देख्नै बाँकी थियो। विशाल हल फूलैफूलको बगैंचाले सजिसजाउ थियो। कतिपय उपस्थित महिलाहरू राष्ट्रिय पोसाकमा सजिएर आएका थिए। यस्तो लाग्थ्यो कि यो पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएको इन्द्रको स्वर्ग हो। यति विशाल हल, सफा, छुँदा पनि दाग लाग्ला जस्तो। हलमा पुगेपछि निर्देशन अनुसार आ-आफ्नो टेबलमा बस्यौं। प्रत्येक टेबुलमा ग्रीन टी, पेस्ट्रिज, चिनियाँ परिकार र कार्यक्रम निर्देशिका राखिएको थियो। अझै स्वादिष्ट त त्यहाँ ९ वटा कार्यक्रम उल्लेख गरिएको थियो, जसको पर्दाफास हुनै बाँकी थियो।
मैले नेपालमा यस्ता कार्यक्रममा उपस्थित हुँदा प्राय: भाषण मात्र सुनेकाले होला, दिक्कलाग्दो भाषणको प्रतीक्षा थियो। अझ कि त चिनियाँ भाषामा होला, कि त अंग्रेजीमा होला भन्ने सोचेर टाउको रिंगाउन थालेको थियो। तर मेरो सोचले कोल्टो पो फेर्यो। बरू सबै कार्यक्रमहरू गीतसंगीत, नाचगानबाट रोचक भयो।

प्रत्येक प्रस्तुतिमा महिला सचेतना, राष्ट्र विकासको भावना, चिनियाँ परम्परा र संस्कृति, विश्व महिला एकता, बेल्ट एन्ड रोडको भावना समेटिएको थियो। मनोरन्जनका साथसाथै शिक्षा हासिल गराउने उनीहरूको यो शैली साह्रै नै लोभलाग्दो थियो। १०९औं महिला श्रमिक दिवस संसारभर मनाइयो। महिला दिवस मनाइँरहदा क्लारा जेटिकिन र उनको योगदानलाई भुल्न सकिँदैन। उनी महिला मुक्ति आन्दोलनकी अगुवा हुन्।
चीनमा अहिले महिलाहरू निकै सक्षम देखिन्छन्। यहाँका महिलाहरू षुरूषमाथि आश्रित कमै छन्। धेरैजसो पेसामा महिलाको सहभागिता छ। हाम्रो देशका सहरी क्षेत्रका महिलाहरू शिक्षाका कारण सचेत भइसके तर विकट भेगका महिलाहरूको अवस्था अझै ज्यूँका त्यूँ छ।
यस दिनमा महिलाहरूलाई सम्मान गर्दै नेपालमा एक दिन र चीनमा आधा दिन सार्वजनिक बिदा पनि दिइयो। नारी हक अधिकारका लागि विश्वमा धेरै महिला आन्दोलनमा होमिए। हालसालै संयुक्त राष्ट्रसंघले गरेको एउटा अनुसन्धानमा अहिले विश्वका १६ देशका नारीहरू हरेक क्षेत्रमा अगाडि रहेको उल्लेख गरिएको छ।

‘नारी र पुरूष एक रथका दुई पांग्रा’ भन्दै नेपालमा पनि क्रमशः परिवर्तन देखिँदै गएको छ। हरेकजसो क्षेत्रमा महिला सहभागिताको कुरा उठ्न थालेको छ। राष्ट्रपति जस्तो देशकै उच्च पदमा महिला पुग्नु पनि महिला आन्दोलनकै ठूलो उपलब्धि हो। पासाङ ल्हामु शेर्पा जसले सगरमाथाको आरोहण गरेर पुरूषहरूलाई चुनौती दिन सफल भइन्। यस्ता कैयन् महिला छन्, जसले नेपालको नारी आन्दोलनमा अग्रणी भूमिका खेलेका छन्। तर ती औंलामा मात्रै गन्न सकिने भएकाले बृहत्तर सहभागिताको खाँचो छ।
चीनमा अहिले महिलाहरू निकै सक्षम देखिन्छन्। यहाँका महिलाहरू षुरूषमाथि आश्रित कमै छन्। धेरैजसो पेसामा महिलाको सहभागिता छ। हाम्रो देशका सहरी क्षेत्रका महिलाहरू शिक्षाका कारण सचेत भइसके तर विकट भेगका महिलाहरूको अवस्था अझै ज्यूँका त्यूँ छ। जति नारा जुलुस लगाए पनि भनेको जस्तो नतिजा आइसकेको छैन।
किन नारी आन्दोलनले सही गन्तव्य पहिल्याउन सकिरहेको छैनॽ के नारी आन्दोलनको मर्म सरोकारवालाहरूले नसुनेकै हुन्ॽ आगामी नारी आन्दोलन, आन्दोलनमा मात्र सीमित नभएर गन्तव्य पहिल्याउन उन्मुख होओस्। मैले यसो भनिरहँदा उनै साथी पर्लको अभिव्यक्ति पुनः एकपटक सम्झिन थालेँ। दक्षिण अफ्रिका जस्तो एक विकासोन्मुख मुलुकको सक्षम नारी उनी। म अति कम विकसित मुलुकको नारी हुँदाको हीनताबोध त जागेको होइन ममा? कतै मुलुकको समृद्धिले पनि नागरिकको सोचको स्तरमा घटबढ ल्याउने त हैन?
(अधिकारी हाल बेइजिङमा छिन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।