• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'ग्रेट हल अफ द पिपुल्स\'मा सुन्दरीहरू

64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  १३:०२
1140x725

‘मैले आफ्नो हकअधिकारका लागि नारी दिवस नै कुर्नुपर्छ भन्ने छैन। म एक सक्षम नारी हुँ नि, म किन अरूमाथि निर्भर हुनुॽ’ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अंग्रेजी विभागमा कार्यरत दक्षिण अफ्रिकाकी पत्रकार पर्लले आफ्नो नारी दिवसप्रतिको अपेक्षा सुनाइन्। चीनको राजधानी बेइजिङस्थित श् चिङ शान् जिल्ला पापाओशानमा उनी र म अपार्टमेन्टको एउटै तलामा बस्छौं।

मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’मा चीनका सबै महिला सम्बन्धित संघसंस्थाहरू मिलेर महिला दिवसको भव्य कार्यक्रम आयोजना गर्दै थिए। उक्त कार्यक्रममा महिला संघसंस्थाका पदाधिकारीहरू, मानव अधिकारकारकर्मी, पत्रकार, विद्यार्थीका साथसाथै उच्च पदस्थ महिलाहरू सहभागी थिए।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विशेषज्ञका श्रीमतीहरू र अन्य पत्रकार महिलालाई लैजानको लागि रेडियो प्रांगणमा गाडी रोकिएको थियो। म त्यहाँ नपुग्दै पश्चिमी देशका महिलाहरू समयमै पुगिसकेका रहेछन्। साढे १ बजे जम्मा हुने भनिए पनि नानीदेखि लागेको बानी परेकाले होला, म चाहिँ५ मिनेट ढिलो हुन पुगेँ।

केहीबेरपछि हस्याङफस्याङ गर्दै ‘क्या ! भावीजी आपका फोन क्या हुवाॽ मैने कितनी बार फोन किया, क्यूँ फोन नहीं उठा रही होॽ’ भन्दै पाकिस्तानी साहिदा जुबेर पनि आइपुगिन्। झन् उनी मभन्दा पनि ५ मिनेट ढिलै देखापरेपछि मेरो ढिलो हुनुको संकोच केही मत्थर भयो।

कुनै औपचारिक कार्यक्रम तथा कुनै विधानसभाहरू यहाँ हुने गर्छन्। यहाँबाट नै चीनका नियमकानुन, राज्यव्यवस्थाहरू पारित गरिन्छ। चीनमा विदेशी उच्च पदाधिकारीहरू आउँदा यही भेटघाटको कार्यक्रम पनि हुन्छ।

खै, मभित्र आत्मविश्वासको कमी भएर वा माहोल नयाँ लागेर हो? कार्यक्रम स्थलसम्म एक्लै जान पनि हिम्मत आइरहेको थिएन। म कार्यक्रमस्थल जानका लागि साथी खोजिरहेकी थिएँ। कम्तीमा बोलचाल गर्न सहज हुने भएकाले पाकिस्तानी साहिदा मेरै सिटछेउमा बस्न आएपछि त मलाई ढुंगा खोज्दा देउता मिलेझैं ढुक्क भयो।

हाम्रो यात्राको तारतम्य मिलाउने अंग्रेजी बोल्ने चिनियाँ महिला वेन्डी थिइन्। जो हामीलाई गन्तव्यसम्म पुर्‍याउनका लागि खटिएकी थिइन्। गाडीभित्र बसिसकेपछि उनले निमन्त्रणापत्र थमाउँदै नियम लेखिएको एउटा कागज हेर्न लगाइन्। चीनमा दुई ठूला राजनीतिक अधिवेशन जनराजनीतिक परामर्शदात्री सम्मेलन र नेसनल पिपुल्स कांग्रेस चलिरहेका बेला सोही ग्रेट हल अफ द पिपुल्समा कार्यक्रम भइरहेकाले पनि सुरक्षाका नियम पछ्याउनुपर्थ्यो नै। निमन्त्रणापत्र, पासपोर्ट अनिवार्य बोक्नुपर्ने, ब्याग, खानेपानी तथा खाद्यपदार्थ, पावर बैंक जस्ता सामग्री बोक्न निषेध गरिएका जस्ता कुराहरू निमन्त्रणापत्रमै उल्लेख गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

निर्धारित समयभन्दा केही मिनेट ढिलो गरेर गुड्न तरखर गरिरहेको गाडीमा कूल १० जना महिला देखिए। फरकफरक देशका भएकाले आ-आफ्नो देशको संस्कृतिको कुरा गर्दै विचार आदानप्रदान गर्नु रोचक नै हुन्थ्यो।

‘माशाल्लाह! वाउ!’ भन्दै छेउमा रहेकी टर्कीकी सेदलको ध्यान मेरो नाकमा आकर्षित भयो। फुली देखाउँदै उनले आफूलाई पनि त्यस्तै लगाउने मन लागेको सुनाइन्। जिज्ञासा राखिन्, ‘किन देब्रे भागमा फुली लगाएकोॽ’ उनको प्रश्नले म झसंग नै भएँ। खासमा यसको आधिकारिक उत्तर थाहा नभएकाले झारा टार्ने जवाफ दिएँ, ‘आमैले यतै लगाइदिनुभयो, यस्तै नै होला हाम्रो संस्कार।’

कार्यक्रम १ घन्टा २० मिनेटको निर्धारण गरिएको थियो। गाडीले १ घन्टा लगाएर कार्यक्रमस्थल पुर्‍यायो।

मैले नेपालमा यस्ता कार्यक्रममा उपस्थित हुँदा प्राय: भाषण मात्र सुनेकाले होला, दिक्कलाग्दो भाषणको प्रतीक्षा थियो। अझ कि त चिनियाँ भाषामा होला, कि त अंग्रेजीमा होला भन्ने सोचेर टाउको रिंगाउन थालेको थियो। तर मेरो सोचले कोल्टो पो फेर्‍यो।

ग्रेट हल थ्यानआनमनको दक्षिणी भागमा अवस्थित छ। सन् १९५९ को सेप्टेम्बरमा बनिएको जनबृहत् सभाहलले १ लाख ७० हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ। यहाँ ३ सयभन्दा बढी मिटिङ हल छन्। प्रत्येक कार्यक्रममा हलभित्र १० हजार देखि ५ सय हजारसम्म सिट बस्नका लागि उपलब्ध छ।

कुनै औपचारिक कार्यक्रम तथा कुनै विधानसभाहरू यहाँ हुने गर्छन्। यहाँबाट नै चीनका नियमकानुन, राज्यव्यवस्थाहरू पारित गरिन्छ। चीनमा विदेशी उच्च पदाधिकारीहरू आउँदा यही भेटघाटको कार्यक्रम पनि हुन्छ। हाल चीनका दुई ठूला राजनीतिक अधिवेशन (ल्याङहुई) यही हलमा भइरहेकाले त्यहाँसम्म पुग्न पाउनु भाग्यकै कुरा भएकाले मन त्यसै त्यसै प्रफुल्ल थियो।

कुनै एउटा हलमा हामी महिलाहरूलाई लगियो। नारी दिवसको स्वाद चखाउनकै लागि हुनुपर्छ, टेबुल-टेबुलमा खानेकुरा थुप्रिएका थिए। यो त कास्टिङ मात्रै थियो, स्वाद लाग्ने कुरा त देख्नै बाँकी थियो। विशाल हल फूलैफूलको बगैंचाले सजिसजाउ थियो। कतिपय उपस्थित महिलाहरू राष्ट्रिय पोसाकमा सजिएर आएका थिए। यस्तो लाग्थ्यो कि यो पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएको इन्द्रको स्वर्ग हो। यति विशाल हल, सफा, छुँदा पनि दाग लाग्ला जस्तो। हलमा पुगेपछि निर्देशन अनुसार आ-आफ्नो टेबलमा बस्यौं। प्रत्येक टेबुलमा ग्रीन टी, पेस्ट्रिज, चिनियाँ परिकार र कार्यक्रम निर्देशिका राखिएको थियो। अझै स्वादिष्ट त त्यहाँ ९ वटा कार्यक्रम उल्लेख गरिएको थियो, जसको पर्दाफास हुनै बाँकी थियो।

मैले नेपालमा यस्ता कार्यक्रममा उपस्थित हुँदा प्राय: भाषण मात्र सुनेकाले होला, दिक्कलाग्दो भाषणको प्रतीक्षा थियो। अझ कि त चिनियाँ भाषामा होला, कि त अंग्रेजीमा होला भन्ने सोचेर टाउको रिंगाउन थालेको थियो। तर मेरो सोचले कोल्टो पो फेर्‍यो। बरू सबै कार्यक्रमहरू गीतसंगीत, नाचगानबाट रोचक भयो।

प्रत्येक प्रस्तुतिमा महिला सचेतना, राष्ट्र विकासको भावना, चिनियाँ परम्परा र संस्कृति, विश्व महिला एकता, बेल्ट एन्ड रोडको भावना समेटिएको थियो। मनोरन्जनका साथसाथै शिक्षा हासिल गराउने उनीहरूको यो शैली साह्रै नै लोभलाग्दो थियो। १०९औं महिला श्रमिक दिवस संसारभर मनाइयो। महिला दिवस मनाइँरहदा क्लारा जेटिकिन र उनको योगदानलाई भुल्न सकिँदैन। उनी महिला मुक्ति आन्दोलनकी अगुवा हुन्।

चीनमा अहिले महिलाहरू निकै सक्षम देखिन्छन्। यहाँका महिलाहरू षुरूषमाथि आश्रित कमै छन्। धेरैजसो पेसामा महिलाको सहभागिता छ। हाम्रो देशका सहरी क्षेत्रका महिलाहरू शिक्षाका कारण सचेत भइसके तर विकट भेगका महिलाहरूको अवस्था अझै ज्यूँका त्यूँ छ।

यस दिनमा महिलाहरूलाई सम्मान गर्दै नेपालमा एक दिन र चीनमा आधा दिन सार्वजनिक बिदा पनि दिइयो। नारी हक अधिकारका लागि विश्वमा धेरै महिला आन्दोलनमा होमिए। हालसालै संयुक्त राष्ट्रसंघले गरेको एउटा अनुसन्धानमा अहिले विश्वका १६ देशका नारीहरू हरेक क्षेत्रमा अगाडि रहेको उल्लेख गरिएको छ।

‘नारी र पुरूष एक रथका दुई पांग्रा’ भन्दै नेपालमा पनि क्रमशः परिवर्तन देखिँदै गएको छ। हरेकजसो क्षेत्रमा महिला सहभागिताको कुरा उठ्न थालेको छ। राष्ट्रपति जस्तो देशकै उच्च पदमा महिला पुग्नु पनि महिला आन्दोलनकै ठूलो उपलब्धि हो। पासाङ ल्हामु शेर्पा जसले सगरमाथाको आरोहण गरेर पुरूषहरूलाई चुनौती दिन सफल भइन्। यस्ता कैयन् महिला छन्, जसले नेपालको नारी आन्दोलनमा अग्रणी भूमिका खेलेका छन्। तर ती औंलामा मात्रै गन्न सकिने भएकाले बृहत्तर सहभागिताको खाँचो छ। 

चीनमा अहिले महिलाहरू निकै सक्षम देखिन्छन्। यहाँका महिलाहरू षुरूषमाथि आश्रित कमै छन्। धेरैजसो पेसामा महिलाको सहभागिता छ। हाम्रो देशका सहरी क्षेत्रका महिलाहरू शिक्षाका कारण सचेत भइसके तर विकट भेगका महिलाहरूको अवस्था अझै ज्यूँका त्यूँ छ। जति नारा जुलुस लगाए पनि भनेको जस्तो नतिजा आइसकेको छैन। 

किन नारी आन्दोलनले सही गन्तव्य पहिल्याउन सकिरहेको छैनॽ के नारी आन्दोलनको मर्म सरोकारवालाहरूले नसुनेकै हुन्ॽ आगामी नारी आन्दोलन, आन्दोलनमा मात्र सीमित नभएर गन्तव्य पहिल्याउन उन्मुख होओस्। मैले यसो भनिरहँदा उनै साथी पर्लको अभिव्यक्ति पुनः एकपटक सम्झिन थालेँ। दक्षिण अफ्रिका जस्तो एक विकासोन्मुख मुलुकको सक्षम नारी उनी। म अति कम विकसित मुलुकको नारी हुँदाको हीनताबोध त जागेको होइन ममा? कतै मुलुकको समृद्धिले पनि नागरिकको सोचको स्तरमा घटबढ ल्याउने त हैन?

(अधिकारी हाल बेइजिङमा छिन्।)
 

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्